राजनीति

राष्ट्रिय सभा बैठक स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, फागुन काठमाडौं । राष्ट्रिय सभाको बैठक चार दिनपछि बस्ने गरी स्थगित भएको छ ।  आइतबार बसेको बैठकमा शून्य समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । गृहमन्त्री रमेश लेखकले संसदमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । साथै, राष्ट्रिय सभाले संविधानसभा सदस्य बिदुर प्रसाद सापकोटाको निधनप्रति शोक व्यक्त गरेको छ । आइतबार प्रतिनिधि सभाबाट पारित भएर गएका विभिन्न विधेयकलाई राष्ट्रिय सभाले समेत पारित गरेर अगाडि बढाएको छ । यी कार्यसूची सकाएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अर्को बैठक यही फागुन २२ गते दिउँसो सवा १ बजे बस्नेगरी स्थगित गरे ।...
मैले नेतृत्व गरेँ भने काँग्रेसलाई संस्थागत र मजबुत बनाउँछु : प्रकाशमान सिंह

मैले नेतृत्व गरेँ भने काँग्रेसलाई संस्थागत र मजबुत बनाउँछु : प्रकाशमान सिंह

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१८, फागुन सुर्खेत । नेपाली काँग्रेसका नेता तथा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीको महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको बताएका छन्। आइतबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीभित्र आन्तरिक छलफल चलिरहेको र विधानअनुसार महाधिवेशन सम्पन्न गरिने बताएका हुन्। पार्टीको आन्तरिक संरचना मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री सिंहले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि हामीले राजनीतिक स्थायित्वका लागि विभिन्न चुनौती सामना गरिरहेका छौँ । अहिले सरकारको काम मूल्यांकन गर्ने प्रक्रिया अघि बढिरहेको छ, जसमा मन्त्रालयहरूले कत्तिको प्रभावकारी रूपमा काम गरेका छन् भन्ने अध्ययन भइरहेको छ।’ उनले हालै सरकारले सार्वजनिक गरेको बजेट अनुसारका विकास योजनाहरूलाई तीव्र गतिमा कार्यान्वयन गरिनुपर्ने बताए । ‘काम चमत्कारिक र द्रुत रूपमा सम्पन्न गर्नुपर...
‘शिक्षक र अभिभावको संयुक्त प्रयासले असल नागरिक उत्पादन हुने’

‘शिक्षक र अभिभावको संयुक्त प्रयासले असल नागरिक उत्पादन हुने’

ताजा अपडेट, राजनीति, समाचार
१८, फागुन काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले शिक्षक र अभिभावको संयुक्त प्रयासले मात्र मुलुकमा असल नागरिक उत्पादन हुने धारणा राखेकी छन् । हिजो आयोजित साइरियस अङ्ग्रेजी माध्यमिक विद्यालयको ३०औँ वार्षिकोत्सव कार्यक्रममा उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि समय समयमा शिक्षकलाई तालिम र भ्रमणको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । “मसँग विश्वविद्यालय कारागार जस्तै रहेको अनुभव छ । अधिकांश समय कारागार र समुदायमा बिताएकाले मेरा कारागार नै विश्वविद्यालय हो”, उपसभामुख रानाले भनिन् । अझै पनि तराईका कतिपय विद्यालयमा अध्ययन अध्यापन गर्नेरगराउने वातावरण नभएको गुनासोहरू आइरहेको भन्दै उनले त्यसतर्फ सम्बन्धित निकायले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिइन् । शिक्षक, अभिभावक र विद्यार्थीबीच समन्वय आवश्यक पर्ने बताउँदै उपसभामुख रानाले विद्यालयले आधारभूत विषयमा ध्यान दिन नसक्दा समस्या उत्पन्न भएका...
अस्थिरता चाहनेले सरकारको आयुबारे हल्ला चलाए : महासचिव पोखरेल

अस्थिरता चाहनेले सरकारको आयुबारे हल्ला चलाए : महासचिव पोखरेल

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१७, फागुन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताएका छन् । नेपाल राष्ट्रिय होटल व्यवसायी संघको आज शनिबार काठमाडौंमा भएको प्रथम अधिवेशन  उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले सरकारको आयु कति होला भनेर हल्ला चलाउनेहरू मुलुकको अस्थिरतामा रम्न चाहनेहरूको सपना मात्र रहेको बताए । “कहिलेकाहीँ यो सरकारको आयु कहिले होला भनेर हल्ला चलाउने गरिन्छ । एक–एक महिनामा एउटा–एउटा हल्ला चलाउने गरिन्छ, अब सरकारको आयु सकियो भन्ने कुरा गरिन्छ”, उनले भने, “त्यो हल्ला नेपालमा अस्थिरतामा रम्न चाहनेको सपना मात्र हो । त्यो हल्लाले अहिलेको सरकारलाई कुनै प्रकारको प्रभाव पार्दैन ।” महासचिव पोखरेलले सरकारको निश्चित उद्देश्य रहेको उल्लेख गर्दै आगामी निर्वाचनसम्म एमाले र नेपाली काँग्रेसबिचको सहकार्य निरन्तर रहने बताए...
राष्ट्रपतिद्वारा राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल

राष्ट्रपतिद्वारा राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१७, फागुन गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर देश र जनताका लागि हामीले अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोटसहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गरेका छन् । कास्कीको पोखरा महानगरपालिका-१८ सराङकोटमा आयोजित श्रीमद्भगवत् ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव २०८१ एवं देवालय सराङकोटधामको समुदघाट्न समारोहलाई आज सम्बोधन गर्दै उनले जनताको लामो संघर्ष, त्याग र बलिदानबाट हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताउँदै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि मुलुकको आर्थिक विकास भएको स्पष्ट पारे । राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय भएको भन्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबैलाई गम्भीर बन्न आग्रह गरे । उनले भने, “युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय हो । यो ...
नयाँ शिक्षा ऐन चाँडै आउँदैछ : मन्त्री भण्डारी

नयाँ शिक्षा ऐन चाँडै आउँदैछ : मन्त्री भण्डारी

ताजा अपडेट, राजनीति, समाचार
१७, फागुन काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ शिक्षा ऐन चाँडै आउने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको १८ औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन ल्याउनेतर्फ सरकार लागिरहेको बताए। क्षा ऐनमा सबै शिक्षकका मागहरुलाई अधिकतम रुपमा सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने हिसाबले सरकारले ऐन ल्याउन लागेको जानकारी उनले दिए। शिक्षकहरुका तर्फबाट व्यक्त भएका मागहरुलाई ऐनले सम्बोधन गर्ने उनले भने , ‘‘नयाँ व्यवस्था अनुसार नयाँ शिक्षा ऐन आवश्यक छ । यसका लागि सरकार लागिपरेको छ । शिक्षा क्षेत्रलाई सुधार गर्ने गरी नयाँ शिक्षा ऐन आउँदैछ ।’’ अहिले नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर राष्ट्रिय आवश्यकताका आधारमा सरकार निर्माण गरिएको मन्त्री भण्डारीले बताए। सरकारले अध्यादेशमार्फत ल्या...
भ्रष्टाचार गर्ने कसैलाई पनि अब एमालेले छुट दिदैन : ईश्वर पोखरेल

भ्रष्टाचार गर्ने कसैलाई पनि अब एमालेले छुट दिदैन : ईश्वर पोखरेल

ताजा अपडेट, राजनीति, समाचार
१७ फागुन,काठमाडौं ।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने कसैलाई पनि अब एमालेले छुट नदिने बताएका छन्। नेकपा एमाले जिल्ला कमिटि पाल्पाले शुक्रबार पाल्पाको तानसेनमा आयोजना गरेको वडा केन्द्रित पार्टी निर्माण अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रममा उनले भ्रष्टाचार गर्ने जो कोही ढिलो चाँडो एमाले नरहने पनि जिकिर गरे । उनले भने, ‘ एमालेको टोपी लगाउने।म एमाले हुँ भन्ने र भ्रष्टाचार गर्ने नेता तथा कार्यकर्ता ढिलो चाँडो एमाले रहने छैनन् ।आफ्नो स्वार्थलाई त्यागेर जनतासँग एकाकार भएर काम गर्नुपर्ने हुन्छ,तब एमाले भइन्छ ।’  एमालेलाई श्रेष्ठता हासिल गर्नेगरी काम गर्न पनि उनले माताहतका तल्ला कमिटीका सबैलाई निर्देशन दिए। श्रेष्ठ बन्नका लागि सक्रियता,पहलकदमी र जनसेवा अति अवश्यक पर्ने पनि उनले स्पष्ट पारे । भष्टाचार निमूल गरि शुसासन कायम गर्ने,विकास निर्माणका काम देखिने गरी ...

शिक्षा विधेयक विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्छौं : गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, फागुन काठमाडौं । गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गरिने बताएका छन् ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  शिक्षा विधेयक संघीय संसदमा रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताए ।उनले कानुनी र नीतिगत सुधार सरकारको प्राथमिकता रहेको उल्लेख गरे  संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरूलाई आवश्यक कानुन नीति,निर्माण गरेर संविधानका व्यवस्थाहरूलाई जनतासम्म पुर्‍याउने काममा सरकार लागिरहेको पनि बताए । गृहमन्त्री लेखकले संघीय संसदमा विधायनको काम ढिलो भएकाले निश्चित सीमा अवधिभित्र विधायनको कामलाई सक्नैपर्ने व्यवस्था गरेर कानुन निर्माण गर्ने काममा सरकार लागिरहेको उल्लेख गरे ।...
आइतबारदेखि मौसममा क्रमिक रूपमा सुधार हुने

आइतबारदेखि मौसममा क्रमिक रूपमा सुधार हुने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१६, फागुन काठमाडौं । तराईका केही स्थानमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हुस्सुका कारण हवाई यातायात समेत प्रभावित भएको थियो । महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले मध्याह्नपछि अधिकांश स्थानमा हुस्सु हटिसकेको  र आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने जानकारी दिए । “हुस्सुको प्रभावले तराई भूभागको जनजीवन,स्वास्थ्य,सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन हामीले अनुरोध समेत गरेका थियौँ । आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुन्छ ।” उनले भने। “हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ”।उनले भने, “सुदूरपश्चिम प्रद...
नेपाल–जापान फ्रेन्डसिप समिटबाट दुई देशबिचको सम्बन्ध थप विस्तार गर्न टेवा पुगेको छ : प्रधानमन्त्री

नेपाल–जापान फ्रेन्डसिप समिटबाट दुई देशबिचको सम्बन्ध थप विस्तार गर्न टेवा पुगेको छ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१६, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल–जापान फ्रेन्डसिप समिट ’ बाट दुई देशबिचको सम्बन्ध थप विस्तार गर्न टेवा पुगेको बताएका छन् ।  प्रधानमन्त्री  ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबिचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका हुन् । समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबिच सरकार–सरकार र जनता–जनतासबिचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको बताए । “नेपालीहरु राम्रो रोजगारीका लागि जापान पनि गएका छन् । नेपालको फापर जापान पुुगेको छ । जापानबाट गोल्डेन ट्राउड नेपाल भित्रिएको छ । जनस्तरका यस्ता अशल सम्बन्धका अनेक आयामहरु छन् ।’’, प्रधानमन्त्री ओलीले भने, “हामीबिचको मित्रता अब्बल छ । खाली मित्रताबाहेक अरु केही छैन ...