राजनीति

शिक्षा विधेयक विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्छौं : गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, फागुन काठमाडौं । गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गरिने बताएका छन् ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  शिक्षा विधेयक संघीय संसदमा रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताए ।उनले कानुनी र नीतिगत सुधार सरकारको प्राथमिकता रहेको उल्लेख गरे  संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरूलाई आवश्यक कानुन नीति,निर्माण गरेर संविधानका व्यवस्थाहरूलाई जनतासम्म पुर्‍याउने काममा सरकार लागिरहेको पनि बताए । गृहमन्त्री लेखकले संघीय संसदमा विधायनको काम ढिलो भएकाले निश्चित सीमा अवधिभित्र विधायनको कामलाई सक्नैपर्ने व्यवस्था गरेर कानुन निर्माण गर्ने काममा सरकार लागिरहेको उल्लेख गरे ।...
आइतबारदेखि मौसममा क्रमिक रूपमा सुधार हुने

आइतबारदेखि मौसममा क्रमिक रूपमा सुधार हुने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१६, फागुन काठमाडौं । तराईका केही स्थानमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हुस्सुका कारण हवाई यातायात समेत प्रभावित भएको थियो । महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले मध्याह्नपछि अधिकांश स्थानमा हुस्सु हटिसकेको  र आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने जानकारी दिए । “हुस्सुको प्रभावले तराई भूभागको जनजीवन,स्वास्थ्य,सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन हामीले अनुरोध समेत गरेका थियौँ । आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुन्छ ।” उनले भने। “हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ”।उनले भने, “सुदूरपश्चिम प्रद...
नेपाल–जापान फ्रेन्डसिप समिटबाट दुई देशबिचको सम्बन्ध थप विस्तार गर्न टेवा पुगेको छ : प्रधानमन्त्री

नेपाल–जापान फ्रेन्डसिप समिटबाट दुई देशबिचको सम्बन्ध थप विस्तार गर्न टेवा पुगेको छ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१६, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल–जापान फ्रेन्डसिप समिट ’ बाट दुई देशबिचको सम्बन्ध थप विस्तार गर्न टेवा पुगेको बताएका छन् ।  प्रधानमन्त्री  ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबिचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका हुन् । समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबिच सरकार–सरकार र जनता–जनतासबिचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको बताए । “नेपालीहरु राम्रो रोजगारीका लागि जापान पनि गएका छन् । नेपालको फापर जापान पुुगेको छ । जापानबाट गोल्डेन ट्राउड नेपाल भित्रिएको छ । जनस्तरका यस्ता अशल सम्बन्धका अनेक आयामहरु छन् ।’’, प्रधानमन्त्री ओलीले भने, “हामीबिचको मित्रता अब्बल छ । खाली मित्रताबाहेक अरु केही छैन ...
परराष्ट्रमन्त्री राणा चढेको विमान काठमाडौं अवतरण हुन सकेन, कलकत्ता डाइभर्ट

परराष्ट्रमन्त्री राणा चढेको विमान काठमाडौं अवतरण हुन सकेन, कलकत्ता डाइभर्ट

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६, फागुन काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ । खराब मौसमका कारण राणा सवार जहाज अवतरण हुन नसकेको हो । उनी कतार एयरलान्सबाट काठमाडौं आउँदै थिईन् । खराब मौसमका कारण हालसम्म नेपाल एयरलाइन्स, सिचुवान एयरलाइन्स र कतार एयरवेजको जहाज डाइभर्ट भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज भारतको नयाँ दिल्लीमा डाइभर्ट भएको छ। त्यस्तै, तियाङफुबाट आएको सिचुवान एयरको विमान ल्हासा र दोहाबाट आएको कतार एयरवेजको जहाज भारतको कलकत्ता डाइभर्ट गरिएको छ ।...
पर्वले सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति

पर्वले सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६, फागुन काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले सिङ्गो देश र समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्ने उल्लेख गरेका छन् ।  शेर्पा समुदायको महान् पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसारको अवसरमा देश र विदेशमा रहेका शेर्पा समुदायमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उनले पर्वलाई समाजमा सौहार्द, एकता, समझदारी, मित्रता र सहकार्यको भावना अभिवृद्धि गर्ने अवसरका रूपमा लिन सक्नुपर्ने बताएको छ । उपराष्ट्रपति यादवले पर्वका अवसरमा परिवार, साथीहरू र समुदायबीचमा भेटघाट, भोज, नृत्य र संगीतका कार्यक्रमहरू आयोजना हुनुले समाजमा परस्पर मेलमिलाप, स्नेह र समरसता बढाउनमा सघाउँने उल्लेख गरेका छन् ।छ । यो पर्व नेपालको हिमाली भूभागमा बसोबास गर्ने आदिवासी जनजातिहरू शेर्पा, तिब्बती र योल्मो समुदायले मनाउने गरे पनि नेपालको विविधतायुक्त समाजम...
संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : अध्यक्ष नेपाल

संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : अध्यक्ष नेपाल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, फागुन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रचलित सबै जाति तथा समुदायका मौलिक पर्वले सामाजिक सद्भाव एवं राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण योगदान गर्ने बताएका छन् । शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सबै नेपालीबीच विविधतामा एकता, सद्भाव, बन्धुत्व एवं सम्मान कायम गरी राष्ट्र निर्माणमा अग्रसर हुनुपर्ने बताए । । बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशका विभिन्न समुदायका रीति, परम्परा र संस्कृति हाम्रा मौलिक पहिचान र बहुमूल्य सम्पत्ति हुन् भन्दै उनले सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको सन्देशमा उल्लेख गरे ।...
नेमकिपाको आठौँ महाधिवेशन आजदेखि सुरू,होला त नेतृत्व हस्तान्तरण !

नेमकिपाको आठौँ महाधिवेशन आजदेखि सुरू,होला त नेतृत्व हस्तान्तरण !

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६ फगुन,काठमाडौं ।नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन आजदेखि सुरू हुँदैछ। आज बिहान १० बजे कमलविनायकको लान्चा फल्चा,मध्यपुरथिमिको बोडेलगायत ठाउँमा बाजागाजा,झाँकीसहित सांस्कृतिक कार्यक्रम गर्दै दिउँंसो १ बजे सल्लाघारीमा पुगेर उद्घाटनसत्रमा परिणत हुने जनाइएको छ। नेमकिपाको आठौं महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा केन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेण्डा पारित गर्ने एक नेताले बताएका छन्।काठमाडौँ,भक्तपुर,ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि,पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने जनाइएको छ। अध्यक्ष नारायणमान विजुक्छेँ रोहितको नेतृत्वमा विसं २०३१ माघ १०गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो। पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष बिजुक्छेँ नै सर्वसम्मत अध्यक्ष चुनिदैँ आएका छन्। यस वर्ष महाधिवेशनले बिजुक्छेँलाई नै...
ग्याल्पो ल्होसार जस्ता चाडपर्वले सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्न सघाउँछन् : राष्ट्रपति

ग्याल्पो ल्होसार जस्ता चाडपर्वले सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्न सघाउँछन् : राष्ट्रपति

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१६, फागुन काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबिच एकता, सामाजिक,सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् ।  शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख,शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै उनले यस पर्वबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।   नेपालको हिमालीलगायत विभिन्न क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ । पारिवारिक जमघट, आफन्त भेटघाट तथा गुथुक खाप्सेलगायतका परिकार खाएर हर्षोल्लासका साथ मनाइने यस पर्वले शेर्पा जातिको पहिचान र विशेषतालाई झल्काउने उनले उ...
महिलाविरुद्ध हुने सबै प्रकारका विभेद हटाउन सरकार प्रतिबद्ध छ : मन्त्री सुडी

महिलाविरुद्ध हुने सबै प्रकारका विभेद हटाउन सरकार प्रतिबद्ध छ : मन्त्री सुडी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५, फागुन काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद हटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । साथै उनले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि सिड कमिटीमा नेपाल सरकारले प्रस्तुत गरेको सातौँ आवधिक प्रतिवेदन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बताए । ‘नेपाल सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको कार्यान्वयनका लागि सधैँ तत्पर छ र जबाफदेही पनि छ । महिला समानता र विकाससम्बन्धी सबै पक्षहरू समेटी संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको महिला महासन्धि, महिलाको मानव अधिकारलाई वैधानिक मान्यता दिएको एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय दस्तावेज हो । सिड महासन्धिको पूर्ण कार्यान्वयन गर्न मन्त्रालय सधैँ क्रियाशील छ’ उनले भने, ‘सरकारलाई सिड समितिले दिएको निष्कर्ष सुझावहरू कार्यान्वयन गर्न सरक...
भूकम्पपछिको पुनर्निर्माण : तीन जिल्लामा अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना हुने

भूकम्पपछिको पुनर्निर्माण : तीन जिल्लामा अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना हुने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५, फागुन काठमाडों । पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्याङ्कन र पुनर्निर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको बैठकबाट उक्त निर्णय गरिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरुमा भएको क्षतिको आँकलन गर्ने काम द्रुतगतिमा अगाडि बढेको दाबी गरेका छन् । उनले डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको डिडिए भइसकेको पुनर्निर्माण अघि बढाउने र हुन बाँकीको डिडिए गर्न जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने बताए । सम्पर्क समन्वय कार्यालय यसै महिनाभित्र स्थापना गर्ने पनि उनले बताए । ...