काठमाडौंमा सुरु भयो डिजिटल अपराध नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
१५, फागुन काठमाडौं । काठमाडौंमा डिजिटल अपराध नियन्त्रण सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ ।
महान्यायाधिवक्ता कार्यालयको आयोजनामा बिहीबारदेखि सुरु भएको सम्मेलनमा १३ देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलनको बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
सम्मेलनमा सर्वोच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्लले डिजिटलको माध्यमबाट हुने सबै प्रकारका अपराधहरूलाई सरकारले नियन्त्रण गर्नुपर्ने बताइन् । उनले भनिन्,’डिजिटल अपराध, त्यसका प्रवृत्ति, अनुसन्धान अनि न्यायनिरुपणका विषयमा सरकारले गम्भीर भएर अनुसन्धान गर्नुपर्छ। यसले देशकै अर्थतन्त्रमा असर गर्छ।’
डिजिटलको माध्यमबाट हुने अपराधहरूको मुद्दा अहिले अदालतमा बढ्न थालेको र यसका लागि विभिन्न सामाजिक सञ्जालहरू स्वदेशको कानुनमा आधारित रहेर दर्ता हुन जरूरी रहेको उनको भनाइ थियो ।
यस्तै बेलायतकी सर...









