राजनीति

जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले मुलुकका लागि अपरिहार्य दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यले नयाँ भवन उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।...
सबै प्रकारका सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग

सबै प्रकारका सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१३, फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सबै प्रकारका सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग गरेका छन् । ‘धुलिखेलमा भएको बस दुर्घटना र देशैभरी हुने यस प्रकारको सवारी दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचार सरकारले निसर्त निःशुल्क गर्ने प्रवन्ध गर्न पनि आग्रह गर्न चाहन्छु’, मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर उनले भने ।मंगलबार बिहान धुलिखेलमा यात्रुवाहक सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । यो विषय संसदमा अन्य सांसदहरूले पनि उठाएका छन् । नेपालमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणको उपाय खोज्न सरकारलाई आग्रह गरेका छन्...
राष्ट्रपति पौडेलसँग भारत, भुटान र माल्दिभ्सका एनसिसी प्रतिनिधिको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग भारत, भुटान र माल्दिभ्सका एनसिसी प्रतिनिधिको शिष्टाचार भेट

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, फागुन काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भुटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुन आएको ती देशको टोलीले राष्ट्रपति निवास, शीतल निवासमा भेट गरेको हो । नेपाली सेनाले छिमेकी राष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउन ‘क्याडेट’बीच सीप, संस्कृति र परम्पराको आदान–प्रदान गर्दै आएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति छन् । यस किसिमको युवा आदान–प्रदान कार्यक्रमले एकापसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थहरूको बुझाइमा सहयोग पुग्ने तथा आपसी सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन भूमिका निर्वाह गर्ने विश्वास लिइएक...
झापाको घटनाप्रति नारायणकाजी श्रेष्ठले मागे क्षमा

झापाको घटनाप्रति नारायणकाजी श्रेष्ठले मागे क्षमा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, फागुन काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा आफूबाट हुन पुगेको व्यवहारप्रति माफी मागेका छन् । ‘अलिकति त्यहाँ मनोवैज्ञानिक रूपमा अवरोध जस्तो भयो, त्यसले मलाई बिझायो नै । त्यसपछि थप बोलिन । त्यसलाई सामान्य घटनाकै रूपमा लिन अनुरोध गर्छु’, श्रेष्ठले भनेका छन् । हुलाकी राजमार्ग केन्द्रित अभियान उद्घाटन समारोहका क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ कार्यक्रम सञ्चालकप्रति रिसाएर थप नबोली मञ्चमा फर्किएका थिए । तर आज चितवन पुगेर श्रेष्ठले आफूबाट भएको व्यवहारप्रति माफी मागेका हुन् ।...
शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना

शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१३, फागुन काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् । उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् । स्रोतका अनुसार ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी थिइन् । उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार थालिएको थियो । उनको उपचारमा नाक, कान, घाँटी विभागका चिकित्सकहरु संलग्न छन् । नाक, कान, घाँटीको समस्या भने अहिले सुधार हुँदै गएको एक चिकित्सकले बताए ।  ...
अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्धन गरौं : उपप्रधानमन्त्री सिंह

अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्धन गरौं : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२, फागुन काठमाडों । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्धन गर्नुपर्ने बताएका छन् सर्लाहीको लालबन्दीमा शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागबाट निर्मित बहुउद्देश्यीय व्यापारिक भवनको उद्घाटन गदै उनले यस्तो बताएको हो । उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित व्यापरिक भवनले यो क्षेत्रको आर्थीक गतिविधि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । ‘‘यहाँ जुन भवन बनेको छ यसको लक्ष्य युवाहरुले यहीँ बसेर आफूले उत्पादन गरेको सामग्री, खाद्य पदार्थदेखि सबै स्थानीय उत्पादनहरुलाई मार्केटिङ गर्नका लागि एउटा स्थानको रुपमा यो भवन रहनेछ,’’ भवन उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले भने, ‘‘यसले लालबन्दी नगरपालिकालाई मात्र नभएर आजकालको आधुनिक व्यापारिक मोडल छ त्यसलाई युवाहरुले उपयोग गरे संसारभर प्रचारप्रसार गर्नसक्...
राष्ट्रिय एकता बचाउन सामाजिक सञ्जालको नियमन आवश्यक : मन्त्री गुरुङ

राष्ट्रिय एकता बचाउन सामाजिक सञ्जालको नियमन आवश्यक : मन्त्री गुरुङ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१२, फागुन काठमाडों । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एकता र सामाजिक सद्भाव बचाउन सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक जरुरी रहेको बताएका छन् ।। न्यूनतम पारिश्रमिक निर्धारण समितिले सोमबार ‘श्रमजीवि पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधनको सम्बन्ध’ मा आयोजित अन्तिक्रिया कार्यक्रमा मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमन सम्बन्धी बन्न लागेको विधेयक कुनै मिडिया र अनलाइन माध्यम बन्द गर्न नभई सामाजिक सञ्जालमा जथाभावी समाज र राष्ट्र विरोधी अभिव्यक्तिलाई नियमन गर्न खोजिएको प्रष्ट पारे । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले दहि जस्तै जमेर बसेको समाजमा सामाजिक सञ्जालमा पोखिने अराजक अभिव्यक्तिहरू लोकतन्त्र विरोधी रहेको बताउँदै अहिलेको सरकार लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षधर रहेको सुनाए । “हामी विधेयक...
अध्यक्ष ‘प्रचण्ड’द्वारा राष्ट्रिय झण्डा झण्डात्तोलन

अध्यक्ष ‘प्रचण्ड’द्वारा राष्ट्रिय झण्डा झण्डात्तोलन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२, फागुन झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जोड दिएका छन् । मुलुककै होचो भू-भाग कचनकवलमा आज बिहान राष्ट्रिय झण्डा झण्डात्तोलन गर्दै उनले समाज निर्माणका लागि सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि अपिल गरे । जनतासँग माओवादी तराई मधेस जनजागरण कार्यक्रमका अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासहित झापा आएका अध्यक्ष दाहालले कचनकवलको स्तम्भमा पुगेर झण्डात्तोलन गरेका हुन् ।...
राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित

राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२, फागुन काठमाडौं । राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ । राष्ट्रिय सभाको बैठक आइतबार बसेको थियो । त्यसपछि अर्को बैठक फागुन १८ गतेका लागि राखिएको छ । राष्ट्रिय सभाको संसदीय क्यालेन्डरमा सोमबार, मंगलबार र बुधबार बैठक बस्ने उल्लेख छ । यी बैठकका लागि सम्भावित कार्यसूची समेत राखिएको छ ।तर, यसबीचमा बैठक नराखेर राष्ट्रिय सभाको बैठक एक सातापछि बस्ने गरी स्थगित भएको हो ।...
साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२, फागुन काठमाडौं । आज साँझ ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।