राजनीति

अध्यक्ष ‘प्रचण्ड’द्वारा राष्ट्रिय झण्डा झण्डात्तोलन

अध्यक्ष ‘प्रचण्ड’द्वारा राष्ट्रिय झण्डा झण्डात्तोलन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२, फागुन झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जोड दिएका छन् । मुलुककै होचो भू-भाग कचनकवलमा आज बिहान राष्ट्रिय झण्डा झण्डात्तोलन गर्दै उनले समाज निर्माणका लागि सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि अपिल गरे । जनतासँग माओवादी तराई मधेस जनजागरण कार्यक्रमका अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासहित झापा आएका अध्यक्ष दाहालले कचनकवलको स्तम्भमा पुगेर झण्डात्तोलन गरेका हुन् ।...
राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित

राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२, फागुन काठमाडौं । राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ । राष्ट्रिय सभाको बैठक आइतबार बसेको थियो । त्यसपछि अर्को बैठक फागुन १८ गतेका लागि राखिएको छ । राष्ट्रिय सभाको संसदीय क्यालेन्डरमा सोमबार, मंगलबार र बुधबार बैठक बस्ने उल्लेख छ । यी बैठकका लागि सम्भावित कार्यसूची समेत राखिएको छ ।तर, यसबीचमा बैठक नराखेर राष्ट्रिय सभाको बैठक एक सातापछि बस्ने गरी स्थगित भएको हो ।...
साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२, फागुन काठमाडौं । आज साँझ ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२, फागुन काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पाँचौं अधिवेशनको ११ औँ बैठक सोमबार बस्दैछ । बैठक दिनको १ बजे सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आ।व। २०८०र०८१ू पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै शेर बहादुर कुँवरले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकहरूले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा नेपाल सरकार र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभाबले गर्दा सेवाबाट बञ्चित हुने अवस्था आएकोले उक्त अस्पतालहरूबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने” भन्ने सार्वजनिक महत्वको विषयमाथि माननीय स्वास्थ्य तथा जनसंख...
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक

आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक

ताजा अपडेट, ब्यानर-२, राजनीति, वातावरण, समाचार
१२, फागुन काठमाडौं । सरोकारवालाहरुले मुलुकको आर्थिक विकासका लागि डिजिटल गभर्नेन्स अत्यावश्यक रहेको बताएका छन् । आइतबार बेलुकी आयोजित ‘टेकगभ नेपाल, २०२५’ कार्यक्रममा जानकारहरुले डिजिटल गभर्नेन्स आर्थिक विकास, सुशासन, प्रभावकारी सेवा प्रवाहका साथै सामाजिक समावेशीकरणका लागि हुनुपर्नेमा जोड दिए । सूचनाप्रविधि विज्ञ मनोहर भट्टराईले मुलुकको विकासमा डिजिटल गभर्नेन्स जरुरी भएको उल्लेख गर्दै यसले आर्थिक विकासमा सहयोग पुग्नुपर्नेमा जोड दिए । ‘डिजिटल गभर्नेन्स मात्रै भनेर हुँदैन, यसले आर्थिक विकासमा सहयोग गर्नुपर्छ, यसमार्फत रोजगारी सृजना हुनुपर्छ, कृषि तथा पर्यटनलगायतका क्षेत्रको विकासमा नयाँपन दिन सक्नुपर्छ’ उनले भने । साथै शिक्षा र स्वास्थ्यलगायतका आधारभूत क्षेत्रमा सबैको पहुँच स्थापित गर्दै सामाजिक समावेशीकरणमा पनि यसले सहयोग गर्ने उनले उल्लेख गरे । डिजिटल गभर्नेन्सको पूर्ण कार्यान्वयनक...
तराई मधेश–काठमाडौं द्रुतमार्ग २०८३ चैतभित्रै सक्ने सेनाको दाबी

तराई मधेश–काठमाडौं द्रुतमार्ग २०८३ चैतभित्रै सक्ने सेनाको दाबी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, फागुन काठमाडौं । तराई मधेश–काठमाडौं द्रुतमार्ग (फास्ट ट्याक) को काम २०८३ चैतभित्रै सक्ने लक्ष्यका साथ काम भइरहेको नेपाली सेनाले दाबी गरेको छ । सेना दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेर सेनाले द्रुतमार्ग निर्माणको कामलाई विशेष प्राथमिकतामा राखेर तदारुकताका साथ भइरहेको बताएको हो । सेनाको युद्धकार्य विभागका निर्देशक सहायक रथी रवीन्द्र खत्रीका अनुसार, हालसम्म द्रुतमार्गमा भौतिक प्रगति ३८।२६ प्रतिशत भएको छ । सेनाले २१ वैशाख २०७४ मा फास्ट ट्याक निर्माण व्यवस्थापनको जिम्मा पाएको थियो । त्यसबेला ३० साउन २०८० भित्र निर्माण सम्पन्न गर्ने गरी सेनालाई जिम्मा दिइएपनि अहिले यो अवधि बढाएर २०८३ को चैत मसान्तसम्म सारिएको छ । तर, अहिलेको वित्तिय प्रगति अनुसार, सेनाको लक्ष्य पूरा हुन चुनौति देखिन्छ । फास्ट ट्याक आयोजनाका प्रमुख उपरथी कमलविक्रम शाहले भने आयोजनाको सुरुवातमा जटिल कामहरु भइरहे...
केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ

केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११, फागुन काठमाडों । राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा आयोजित तेस्रो केपी ओली कप च्याम्पियनसिपको आज शुभारम्भ भएको छ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, वरिष्ठ कलाकार हरिवंश आचार्यसहितले प्रतियोगी खेलाडीलाई बल प्रदान गरेर खेलको शुभारम्भ गरेको हो। प्रथम महिला राधिका शाक्यसहित पुग्नुभएका प्रधानमन्त्री ओलीले एपिएफ क्लव, नेपाल र ब्लाक बोल्ट क्लव, उज्बेकिस्तानबीचको पहिलो खेल अवलोकन गरेको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीको ७४ औँ जन्मदिनका अवसरमा उनलाई विशेष उत्सवसहित शुभकामना दिइएको थियो। कलाकार बद्री पंज्ञेनी र समीक्षा अधिकारीले गीतबाटै प्रधानमन्त्री ओलीलाई सुस्वास्थ्य र दीर्घायुको कामना गरेको थियो।...
भ्रष्टाचार विधेयक प्रतिनिधि सभाबाट पास भएको सन्देश राष्ट्रिय सभामा सुनाइँदै

भ्रष्टाचार विधेयक प्रतिनिधि सभाबाट पास भएको सन्देश राष्ट्रिय सभामा सुनाइँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
११, फागुन काठमाडौं । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पास भएको सन्देश राष्ट्रिय सभामा सुनाइँदै छ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । बैठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएर फिर्ता भएको सन्देश सुनाउने कार्यक्रम छ । यो विधेयक २०७६ साल माघ ६ गते राष्ट्रिय सभामा दर्ता भएको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यसबेला प्रधानमन्त्री थिए । ओलीले ल्याएका यो विधेयक २०७९ साल चैत २७ गते राष्ट्रिय सभाबाट पारित भएको थियो । राष्ट्रिय सभाबाट पारित भएर गएको विधेयकमाथि प्रतिनिधिसभामा २०८० साल भदौ ३१ गते सैद्धान्तिक छलफल भएको थियो । सैद्धान्तिक छलफल पछि दफावार छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो । २०८१ साल पुस १८ गते राज्य व्यवस्था समितिले भ्रष्टाचारसम्बन्धी वि...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११, फागुन काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधि सभा र सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ। आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७९र२०८० पेस गर्ने , गृह मन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक ,२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै वनमन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै, राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश जानकारी गराउने र विधायन व्यवस्थापन समित...
एन्फा कम्प्लेक्समा शुभकामना आदानप्रदान गरौँला : प्रधानमन्त्री

एन्फा कम्प्लेक्समा शुभकामना आदानप्रदान गरौँला : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११, फागुन काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) हुने केपी ओली कप फुटबल प्रतियोगिता हेर्न एन्फा कम्प्लेक्स जाने भएका छन् ।आज ओलीको जन्म दिन समेत हो । जन्म दिनको अवसरमा प्रधानमन्त्री ओलीले यो पटक विशेष कुनै कार्यक्रम नराखेको जनाएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ । खेल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु, त्यहीँ भेटौँला, शुभकामना आदानप्रदान त्यहीँ गरौँला ।’...