राजनीति

देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल

ताजा अपडेट, राजनीति, समाचार
११, फागुन निजगढ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाललाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति रहेको बताएका छन् । नेपाल जेसिजले बाराको सिमरामा आयोजना गरेको ‘लोम लिडर्स एकेडेमी २०२५’ को उद्घाटन समारोहमा उहाँले पर्याप्त युवा जनशक्ति भएर पनि देश आर्थिक विकास र पूर्वाधार निर्माणको पक्षमा पछि परेकामा चिन्ता व्यक्त गरे । मन्त्री पौडेलले परनिर्भरताको मनोविज्ञानलाई त्यागेर देशभित्रै भएको शक्तिलाई प्रयोग गर्ने सामथ्र्य विकास गर्नु अपरिहार्य भइसकेको बताए । ‘युवा जनशक्तिको गन्तव्य अन्य देश हुनु अहिलेको जटिल समस्या हो । युवालाई देशभित्रै बस्ने वातावरण निर्माण गर्नु उद्यमशीलतामा जोड दिनुपर्छ । यसका लागि व्यवसायमैत्री नीति बनाएर विदेशी लगानी भित्र्याउने, स्वदेशको रकम स्वदेशमै लगानी गर्ने र युवा जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना गर्नतर्फ सबै गम्भीर भएर लागौँ”, उनले भने ।...
लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्ने काम हो : गृहमन्त्री लेखक

लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्ने काम हो : गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१०, फागुन काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताए ।अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ । यसको विकल्प खोज्ने भनेको मुलुकलाई सङ्कटमा धकेल्ने काम हो । त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ’ उनले भने ।लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताए ।  ...
दुर्लभ भाषा संरक्षणमा ध्यान दिनुपर्छ : पर्यटनमन्त्री

दुर्लभ भाषा संरक्षणमा ध्यान दिनुपर्छ : पर्यटनमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, फागुन काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले दुर्लभ भाषा संरक्षण र विकासका लागि ध्यान दिनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रजत महोत्सवमा भाषा प्रयोगशाला उद्घाटन गर्दैै मन्त्री पाण्डेले लोपोन्मुख र दुर्लभ भाषा लोप हुन लागेको प्रति चिन्ता व्यक्त गरे । ‘लोपोन्मुख र दुर्लभ भाषा लोप हुँदै गएका छन् । अहिले कुसुन्डा बोल्ने एक जनामात्र व्यक्ति रहेछन्,’ उनले भने, ‘दुर्लभ भाषा संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरुरी छ ।’ उनले प्रत्येक भाषाले बोकेको सन्देश, अर्थ, संवेदनशीलता, दर्शन, इतिहास, सभ्यता जतिसुकै भए पनि एकले अर्काको भाषा बोल्न नसक्ने बताए ।...
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
९, फागुन काठमाडो. । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षता शुक्रबार भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५ औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रतिष्ठानको नवौँ सभाको बैठकबाट स्वीकृत बहुवर्षीय गुरुयोजनालाई कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष पेस गर्न अनुमति दिएको छ । बैठकले कार्यकारी परिषद्को सिफारिसमा सभाको सदस्यमा प्रा। डा। ब्रम्हदेव झालाई मनोनयन गरेको छ । प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीहरूको विद्यमान तलब भत्तामा आन्तरिक स्रोतबाट दिने गरी पाँच प्रतिशत वृद्धिको प्रस्तावलाई भने बैठकले थप अध्ययन र छलफल गरेर मात्रै प्रस्ताव ल्याउन निर्देशन दिएको छ । प्रधानमन्त्री ओलीले विधि र कानुनसम्मत रूपमा निर्णय लिन तथा समयमा सिनेट बैठक गरी ...
पुस महिनासम्मको लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दोस्रो स्थानमा

पुस महिनासम्मको लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दोस्रो स्थानमा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, फागुन काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दोस्रो स्थानमा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री तथा स्वास्थ्य सचिव डा। रोशन पोखरेलले मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गरेका थिए । हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको पुससम्मको कार्य प्रगतिका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मन्त्रालय तथा निकायगत आधारमा तेश्रो तथा मन्त्रालयहरुबीचको मूल्यांकनमा दोस्रो स्थानमा रहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । उनका अनुसार मन्त्रालयले कुल ५२ मध्ये पुस मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने ११ काममा नौ वटा सम्पन्न गरिसकेको छ ।उनका अनुसार मन्त्रालयले कुल ५२ मध्ये पुस मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने ११ काममा नौ वटा सम्पन्न ग...
‘दूरसञ्चारको विकासमा सहकार्य जरुरी’

‘दूरसञ्चारको विकासमा सहकार्य जरुरी’

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
९, फागुन काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चार क्षेत्रको विकासका लागि नियामक र सेवाप्रदायकबिच सहकार्य जरुरी रहेको बताएका छन्। टेकपाना मिडियाले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले नियामक र सेवाप्रदायकबिचको द्वन्द्वले यस क्षेत्रको विकास हुन नसक्ने बताए । “सेवाप्रदायक र नियामक निकायबिचको जुन किसिमको झगडा हुन्छ, यो क्षेत्रको समस्याको जड नै त्यही हो,” उनले भने । डिजिटल अर्थतन्त्रको विकासका लागि सरकारले लिएको लक्ष्य कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक रहेको पनि मन्त्री गुरुङले बताए । डेटा सुरक्षा, दूरसञ्चार ऐन संशोधन, ओटिटी नियमन, साइबर सुरक्षा कानुन र आइटी पूर्वाधार विकासमा सरकारले प्राथमिकता दिने उहाँले जानकारी दिनुभयो । सो क्रममा उनले उनले नियामक निकायलाई थप प्रभावकारी बनाउन छुट्टै ऐन आवश्यक रहेको धारणा राख्े । मन्त्री गु...
उपप्रधानमन्त्री सिंहसँग जापानी राजदूत मायदाको भेट

उपप्रधानमन्त्री सिंहसँग जापानी राजदूत मायदाको भेट

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, फागुन काठमाडों । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि जापानी राजदूत तोरु मायदाले शिष्टाचार भेट गरेका छन् । सहरी विकास मन्त्रालयमा बिहीबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ । उपप्रधानमन्त्री सिंहसँगको भेटमा नेपाल र जापानबिचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सहकार्यलाई वृद्धि गर्ने बारेमा छलफल भएको भेटपछि नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।...

जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा : राष्ट्रपति

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
९, फागुन धरान । राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताएका छन् । राष्ट्रपति पौडेलले श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिबाट धरानमा निर्मित धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई शुक्रबार सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्। राष्ट्रपति पौडेलले हाम्रा धर्मशास्त्रहरूले पनि सेवालाई अत्यधिक महत्त्व र प्रधानता दिएको बताए। उनले भने वेदव्यासले पनि अठार पुराण रचना गरिसकेपछि यही निष्कर्ष दिनुभएको छ कि “परोपकार पुण्याय, पापाय परपिडनम ।” हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने उनको भनाइ थियो । राष्ट्रपति पौडेलले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत गर्न सक्नुपर्ने पनि बताए । “यसका लाग...
नेपालमा बोलिने भाषा जोगाउन आवश्यक छ : मन्त्री पाण्डे

नेपालमा बोलिने भाषा जोगाउन आवश्यक छ : मन्त्री पाण्डे

ताजा अपडेट, राजनीति, समाचार
९, फागुन काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भएका भाषाहरु जोगाउनु आवश्यक रहेको बताएका छन् । शुक्रवार काठमाडौँमा भाषा प्रयोगशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भाषाहरु नेपालमा १३१ रहेको र अझै बढ्नसक्ने बताए । उनले भाषा आयोगको प्रमुख कर्तव्य नै भाषाहरुको संरक्षण र संवद्र्धन गर्नु रहेको बताउँदै आयोगले सम्पूर्ण नेपालमा बोलिने भाषाहरुको अभिभाकत्व लिएर भाषाको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको बताए । उनले संघीय भाषा ऐन बनाउन मन्त्रालयले पहल गरिरहेको र कानून मन्त्रालयमा पुगेको उल्लेख गरे ।...
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, फागुन काठमाडौं । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकायरआयोजनाको पुँजीगत बजेटको कार्यप्रगति ९अर्धवार्षिक०को बारेमा छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा माउन्ट एभरेस्ट ब्रुअरी प्रा।लि मा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा अर्थ मन्त्रालय,नेपाल राष्ट्र बैंक र उद्योग मन्त्रालयका प्रतिनिधिसँग छलफल हुनेछ ।...