राजनीति

महाशिवरात्रिलाई भव्य बनाउन पर्यटनमन्त्रीको निर्देशन

महाशिवरात्रिलाई भव्य बनाउन पर्यटनमन्त्रीको निर्देशन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
९, फागुन काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रि भव्य रूपमा सम्पन्न गर्नेगरी तयारी तीव्र र व्यवस्थित बनाउन निर्देशन दिएका छन् । महाशिवरात्रिको पूर्वसन्ध्यामा महाशिवरात्रि तयारीको अवस्थाबारे जानकारी लिन पर्यटनमन्त्री पाण्डे शुक्रवार बिहान पशुपतिनाथ पुग्नुभएका मन्त्री पाण्डेले महाशिवरात्रिलाई भव्य बनाउन तयारी व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिए । उनले विगतका वर्षहरुमा भन्दा अझ बढी व्यवस्थित बनाइ भक्तजनलाई सहज रूपमा दर्शन गर्न मिल्ने गरी तयारी गर्न आग्रह गरे । महाशिवरात्रि नेपालीहरूको महान् पर्व भएको र नेपाललाई चिनाउने पशुपति नाथ भएकाले पशुपतिनाथको महिमालाई शिखरमा पुर्‍याउने दिन महाशिवरात्रि भएको उल्लेख गरे । महाशिवरात्रिलाई जति व्यवस्थित गर्नसक्यो त्यति नै महत्त्व बढ्ने बताए ।...
स्ववियु चुनावमा रास्वपाले उम्मेदवारी नदिने

स्ववियु चुनावमा रास्वपाले उम्मेदवारी नदिने

ताजा अपडेट, राजनीति, समाचार
८, फागुन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले जनाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा ५ चैतमा स्ववियु निर्वाचन हुन लागेको छ । अन्य पार्टीका विद्यार्थी संगठन समेत भएकाले स्ववियु निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका विद्यार्थी संगठनका नेताहरू स्ववियुको तयारीका लागि जुटिसकेका छन् । संसद्को चौथो दल रास्वपाले विद्यार्थी संगठन नबनाउने नीति लिएको छ । त्यसैले उम्मेदवारी नहुने रास्वपाको भनाइको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले स्ववियु निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार नहुने जानकारी गराए ।...
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्छौं : मन्त्री खड्का

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्छौं : मन्त्री खड्का

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८, फागुन काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गदै उले यस्तो बताएको हो । उनले सरकार स्वच्छ ऊर्जा रुपान्तरणसम्बन्धी लक्ष्य हासिल गर्न गम्भीर रहेको बताए । उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक हालै राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेश भएको जानकारी दिए । मन्त्री खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक हालै राष्ट्रियसभाबाट पारित भई प्रतिनिधि सभामा पेश भएको र विधेयकलाई छिट्टै प्रतिनिधिसभाबाट पारित गराई ऐनको रुप दिने कार्य आफ्नो उच्च प्राथमिकतामा रहेको बताए । विधेयकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र ऊर्जा रुपान्तरणको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई नयाँ सङ्गठनमा रुपान्तरण गर्न र नयाँ...
सहिद साझा सम्पत्ति हुन्, सम्मान गर्नु राज्यको दायित्व : प्रचण्ड

सहिद साझा सम्पत्ति हुन्, सम्मान गर्नु राज्यको दायित्व : प्रचण्ड

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
८, फागुन गोरखा। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन सम्भव भएको र उनीहरु देशका साझा सम्पत्तिको रुपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताएका छन् । गोरखाको गोरखा नगरपालिका १४ गोप्लिङस्थित एकै घरबाट तीन जना सहिद भएका नहर्की परिवारसँग भेट गर्दै उनले यस्तो धारणा राखेका हुन् ।‘राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरु भएका छन्, तीमध्ये सबैभन्दा ठूलो र लामो समयसम्म चलेको आन्दोलन महान् जनयुद्ध हो’– अध्यक्ष प्रचण्डले भने, ‘यसमा हजारौं जनताका छोराछोरीको रगत बगेको छ, यही रगतको जगमा नै आजको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सम्पूर्ण सहिदहरु देशका साझा सहिद हुन्, उनीहरुको सम्मान गर्नु राज्यको दायित्व हो ।’ पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरुको योगदानलाई प्राथमिकतामा राख्दै आएको...
बालबालिकाका लागि क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण

बालबालिकाका लागि क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८, फागुन काठमाडौं । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच ती ओषधि हस्तान्तरण गरिएको हो । नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिको पहिलो चरणको औषधि आइतबार प्राप्त गरेको थियो । यी औषधिहरु भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, बीपी कोइराला क्यान्सर अस्पताल, चितवन, कान्ति बाल अस्पताल, काठमाडौँ र पाटन अस्पताल, ललितपुरमा उपलब्ध हुनेछन् । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले पहिलो चरणमा १० प्रकारका औषधि ल्याइएको जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठन नेपाल कार्यालयले बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधि दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको जनाएको छ ।...
कांग्रेस सभापति देउवाको भारत भ्रमण रद्द

कांग्रेस सभापति देउवाको भारत भ्रमण रद्द

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, फागुन काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा आज भारत जाने तयारीमा थिए । शुक्रबार र शनिबार प्रयागराजमा हुने समिटमा देउवालाई वक्ताका रुपमा आमन्त्रित गरिएको थियो । अन्तिम समयमा आएर देउवाको भ्रमण रद्ध भएको हो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा भारत नजाने जानकारी दिए ।...
आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, फागुन काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरवारमा बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ । यस्तै, बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।...
प्रधानमन्त्री ओली आज पोखरा जाँदै

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् । पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज पोखरा जान लागेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली बिहान १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा प्रस्थान गर्ने कार्यक्रम छ । दीक्षान्त समारोह पोखरा महानगरपालिका-३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ ।...
संविधान सभा सदस्य सापकोटाको निधन

संविधान सभा सदस्य सापकोटाको निधन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, फागुन काठमाडौं । संविधान सभाका सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । सापकोटाको आज बिहान चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका क्रममा निधन भएको एकीकृत समाजवादीले जनाएको छ । ५९ वर्षीय सापकोटाले नेकपा (एमाले) काभ्रेपलान्चोकको लामो समय नेतृत्व गरेका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन अवस्थामा काभ्रे निर्वाचन क्षेत्र ४ बाट निर्वाचित भएका थिए । सापकोटाको पार्थिव शरीर बिहीबार पार्टी कार्यालय आलोकनगरमा केहीबेर श्रद्धाञ्जलीका लागि राखेर आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने एकीकृत समाजवादीले जनाएको छ ।...
कांग्रेस सभापित देउवा भारत जाँदै

कांग्रेस सभापित देउवा भारत जाँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८ फागुन,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज भारत भ्रमणमा जाने भएका छन्। उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेका हुन्। उनी आज दिउँसो ३ बजे भारत प्रस्थान गर्ने सभापति देउवाको सचिवालयले जनाएको छ।प्रयागराजमा शुक्रबार र शनिबार हुने इन्डिया फाउन्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जान लागेका हुन्। उक्त कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन्।शुरु भएको ४५ दिनमा फागुन १४ गते कुम्भ मेला सकिँदैछ।  सभापति देउवा शनिबार स्वदेश फर्किने कार्यतालिका रहेको बताइएको छ।...