राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२१, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ६ : ३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ। साथै, प्रशासन र स्वास्थ्य क्षेत्रका दुई रिक्त सचिव पदमा नियुक्तिको विषयमा पनि बैठकले निर्णय गर्ने सम्भावना छ। हाल प्रशासन सेवा र स्वास्थ्य मन्त्रालयमा एकरएक सचिव पद रिक्त रहेका छन्। ती पदमा योग्य व्यक्तिहरूलाई नियुक्त गर्ने प्रक्रिया आजको मन्त्रिपरिषद् बैठकमार्फत टुंगो लाग्दैछ ।...
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो

पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो

ताजा अपडेट, राजनीति, समाचार
२१, फागुन काठमाडौं । नेपाल पानी जहाज कार्यालयका अधिकारीहरुले उद्देश्यअनुसार काम गर्न नसक्दा तनाव झेल्नु परेको गुनासो गरेका छन् । पानी जहाज दर्ता ऐन, २०२७ अनुसार स्थापना र सञ्चालनमा रहेको सो कार्यालय अहिले नयाँ ऐनको पर्खाइमा छ । समयसापेक्ष कानुन नबन्दा काम गर्न गाह्रो भइरहेको कार्यालयका अधिकारीहरुले गुनासो गरेका हुन् । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा ‘पानीजहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१’ उपरको छलफलमा कार्यालयका कायममुकायम रजिष्ट्रार मणीराम भुषालले आन्तरिक जलमार्ग नियमन अनिर्वाय भइसकेको बताए । ‘आन्तरिक पानीजहाज दर्ता र वैदेशिक रोजगारमा जाने श्रमिकलाई परिचयपत्र उपलब्ध गराउने काम असाध्यै छिटो गर्नुपर्छ’, उनले भने, ‘सेवाग्राहीले गुनासो गरिरहनुभएको छ, यदि यी दुई काम छिटै नगरे हामीलाई काम गर्न गाह्रो हुने अवस्था छ ।’उनका अनुसार द...
प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
२१ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको थियो । सरकारले नै अध्यादेश अगाडि नबढाउने भनेपछि सभामुख देवराज घिमिरेले त्यसदिन अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यसूची स्थगित गरेका थिए । त्यसको झण्डै एक महिनापछि अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यक्रम कार्यसूचीमा परेको हो । गत माघ २४ गते ६ वटै अध्यादेश अगाडि बढाउने कार्यसूची थियो । आज दिउँसो १ बजेका बसन्ते बैठकमा भने पाँच वटा अध्यादेश अगाडि बढाउने सम्भावित कार्यसूची छ । सत्तापक्षमै रहेको जनता समाजवादी पार्टी ९जसपा० नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालले भूमिसम्बन्धी अध्यादेश अगाडि बढाउन सहयोग नगर्ने अडान लिएपछि...
राज्यले नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउनुपर्छ : राष्ट्रपति पौडेल

राज्यले नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउनुपर्छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, शिक्षा
२०, फागुन काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाल चिकित्सक सङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार भएको बताए । उनले भने, “संविधानको यो भावना र मर्मलाई आत्मसात् गर्दै चिकित्सकले यो पेशालाई सेवा भावको दृष्टिकोणले हेर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।” राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पारेका छन । उनले देशका दुर्गममा अझै पनि नागरिकले...
श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिइए कारवाही हुन्छ : प्रधानमन्त्री

श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिइए कारवाही हुन्छ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२०, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताउक्ँ छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने बताए। श्रमिकको मन प्रशन्न नभइ उद्योग–व्यवसायका काम सहज रुपमा अघि बढ्न नसक्ने जनाउँदै उनले श्रमिकहरु रोजगारदातामा रुपान्तरण हुन सक्ने भएकाले आफूहरुले त्यस प्रकारको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। “व्यवस्था परिवर्तनको आन्दोलनका क्रममा हाम्रा साथीहरु मारिएका थिए, तर हाम्रा उद्देश्यहरु मारिएका थिएनन् । हामीहरु जेल गएका थियौँ तर हाम्रा ...
ऊर्जामन्त्री खड्काद्वारा शंकरपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ

ऊर्जामन्त्री खड्काद्वारा शंकरपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२०, फागुन काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कपिलवस्तुको विजयनगर गाउँपालिका–२, ३ र ४ को ७०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तारका लागि निर्माण हुन लागेको शंकरपुर ताल एकीकृत सिँचाइ तथा जलस्रोत संरक्षण योजनाको शुभारम्भ गरेका छन् । ऊर्जामन्त्री खड्काले जलस्रोत व्यवस्थापन आयोजनाले निर्माण गर्न लागेको उक्त योजनाको आज शुभारम्भ गरेका हुन् । उक्त ताल निर्माणका लागि आयोजना कार्यालयले बाबुल लुम्बिनी सांस्कृतिक जेभी सिद्धार्थनगर रुपन्देहीसँग गत पुस २ गते ठेक्का सम्झौता गरेको थियो । आयोजना निर्माणसँगै उक्त गाउँपालिकाका एक हजार ७१५ घरधुरी लाभान्वित हुने आयोजनाका प्रमुख अविनाशी सिग्देलले जानकारी दिइन् । आयोजनाको शुभारम्भ गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले धेरै आयोजनाहरू सम्झौता भएर अलमलमा पर्ने गरेकामा उक्त आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिए । “आय...
स्ववियु निर्वाचनः फागुन २७ गते मनोनयन दर्ता

स्ववियु निर्वाचनः फागुन २७ गते मनोनयन दर्ता

ताजा अपडेट, ब्यानर-२, राजनीति, वातावरण, समाचार
२०, फागुन काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि फागुन २७ गते मनोनयन दर्ता हुने भएको छ । यसअघि त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका थिए । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले भने, ‘विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठनको नाम निर्वाचनका लागि दर्ता गराउनुभएको छ । विगतभन्दा धेरै क्याम्पसमा यसपटक निर्वाचन हुन्छ ।’ उनका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता हुनेछ । मतदानको समय चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ । जसअनुसार देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन...
सामाजिक सञ्जाल विधेयक अघि बढाउँदै राष्ट्रिय सभा

सामाजिक सञ्जाल विधेयक अघि बढाउँदै राष्ट्रिय सभा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२०, फागुन काठमाडौं । राष्ट्रिय सभाले सामाजिक सञ्जाल विधेयक अघि बढाउँदैछ । आगामी शुक्रबार यो विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची छ । यो विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गत माघ १५ गते राष्ट्रिय सभामा दर्ता गरेका थिए । गुरुङका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन विधेयक ल्याइएको हो । यसका लागि स्पष्ट कानुन निर्माण आवश्यकता महसुस भएको उनले बताएका छन् । तर, सामाजिक सञ्जाल नियमन गर्ने नामा प्रयोगकर्तालाई नियन्त्रण गर्न खोजिएको भनेर आलोचना समेत भइराखेको छ ।...
आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
२०, फागुन काठमाडौं । संघीय संसद् अन्तर्गत मंगलबार दुई संसदीय समितिको बैठक बस्ने भएको छ । अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउसो १ बजे बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समृद्ध पदाधिकारीसँग छलफल, गर्ने कार्यसूची रहेको छ ।...
ओली अब्बल राजनेता र कुशल रणनीतिकार : पूर्वराष्ट्रपति भण्डारी

ओली अब्बल राजनेता र कुशल रणनीतिकार : पूर्वराष्ट्रपति भण्डारी

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१९, फागुन काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको विशिष्ट राजनीतिज्ञ भएको बताएकी छन् । ‘केपी शर्मा ओलीस् सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको सामाजिक आर्थिक समृद्धि अभियानको कुशल नेतृत्वकर्ता भएको बताइन् । उनले भने, ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको लागि खेल्नुभएको भूमिकालगायतमा देखिएको उहाँको हुटहुटी मैले नजिकबाट नियालेको छु ।’ अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सृजनशील क्षमताका धनी रहेको भन्दै प्रधानमन्त्री ओली अब्बल राजनेता भएको बताइन्...