ताजा अपडेट

आजको मौसम : स्थानीय तथा पश्चिमी वायुको प्रभाव कायमै यी प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : स्थानीय तथा पश्चिमी वायुको प्रभाव कायमै यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
८, वैशाख काठमाडौं । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मेघगर्जन, चट्याङ, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ...
नेप्से परिसूचक दोहोरो अंकले घट्यो

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
७, वैशाअ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दोहोरो अंकले घटेको छ । आज परिसूचक १६ दशमलव ६८ अंकले घटेर दुई हजार ७०६ दशमलव ०४ को विन्दुमा कायम भएको हो । आज तीन सय २८ कम्पनीको दुई करोड १३ लाख २३ हजार नौ सय ६७ कित्ता शेयर ७४ हजार ४५ पटक खरिदबिक्री हुँदा रू। आठ अर्ब ४३ करोड ३५ लाख ८९ हजार सात सय ८५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५२ र व्यापार समूह एक दशमलव ०२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ७०, विकास बैंक शून्य दशमलव ७९, वित्त एक दशमलव २७, होटेल तथा पर्यटन एक दशमलव ३६, जलविद्युत् एक दशमलव २२ र लगानी समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा शून्य दशमलव ८७, लघुवित्त शून्य दशमलव ५४, म्युचुअल फन्ड शून्य दशमलव २३, निर्जीवन बिमा शून्य दशमलव २२ र अन्य समूह एक दशमलव ०३ प्रतिशतल...
प्रधानमन्त्रीद्वारा नेपालीमूलका कलाकारको प्रतिभाको सराहना

प्रधानमन्त्रीद्वारा नेपालीमूलका कलाकारको प्रतिभाको सराहना

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
७, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीले आज भेटघाट गरेका छन्। विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपाली मूलका कलाकारमध्येबाट छानिएका २३ देशका कलाकारसँग प्रधानमन्त्री ओलीले भेटेर उनीहरुको प्रतिभाको सराहना गरेका हुन् । इन्ट्रा फाउण्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त शृङ्खलाका आयोजक र कलाकारलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरुको भूमिका रहने बताए। विश्वका जुनसुकै मुलुकमा रहे पनि नेपालीहरुमा रहने ‘जनेटिक मोमोरी’ले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उनले बताउए । कार्यक्रममा नेपाल, भूटान, भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, जापान, म्यान्मा, पोर्चुगल, मलेसिया, थाइल्याण्डलगायत मुलुकमा बसोबास ...
बानेश्वरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन

बानेश्वरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
७, काठमाडों । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ । आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । आईतवार राप्रपाका नेता तथा कार्यकर्ताहरुले भेला भएर व्यवस्था परिवर्तनको माग गर्दै प्रदर्शन गरेका हुन् । उहाँहरुले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।...
निजी विद्यालय पनि बन्द गरिदिन शिक्षक महासंघको अनुरोध

निजी विद्यालय पनि बन्द गरिदिन शिक्षक महासंघको अनुरोध

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
७, वैशाख काठमाडौं । शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ । महासंघले विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो । ‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरूमा अनुरोध छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौँ आउन सबै शिक्षक-कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।...
बसबाट खसेर शिक्षकको मृत्यु

बसबाट खसेर शिक्षकको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
७, वैशाख काठमाडौं । विद्यालयको बसको ढोकाबाट खसेर एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २८ वर्षीय विष्णुराज भट्ट रहेका छन् । विद्यार्थी भर्ना अभियान प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँतर्फ गइरहेका बेला महाकाली राजमार्गअन्तर्गत डिलासैनी गाउँपालिका–६ बाँगाबगरमा शनिवार बसको ढोकाबाट खसेर उनी गम्भीर घाइते भएका थिए । शिक्षक भट्टको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । घटनापश्चात् बस चालक दार्चुलाको शैल्यशिखर नगरपालिका(५ का उत्तरसिंह डाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
काठमाडौँमा आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँमा आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
७, वैशाख काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । शिक्षक तथा कर्मचारीहरुले कार्यालय समयमा गरेको प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । शिक्षक कर्मचारीहरु बिजुलीबजार क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका छन् । त्यसैले प्रहरीले माइतीघरबाट–बबरमहल–नयाँबानेश्वरतर्फ जान सवारी साधनलाई रोक लगाएको छ । मुख्य सडकबाट सवारी साधनलाई डाइभर्सन गरेपछि साँघुरा र भित्री सडकहरुमा गाडीहरुको चाप छ । त्यसैले ठाउँ–ठाउँमा ट्राफिक जामको समस्या छ । नियमित रुट बदलेर यात्रा गर्दा र लामो समयसम्म जाममा पर्दा सवारी चालक तथा यात्रुहरु मर्कामा परेका छन् ।...
विदेशबाट फर्किएका युवा बाख्रा पालन व्यवसायमा संलग्न

विदेशबाट फर्किएका युवा बाख्रा पालन व्यवसायमा संलग्न

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
७, वैशाख दाङ । वैदेशिक रोजगारबाट फर्किएका युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा संलग्न भएका हुन् । बाहिरी देशमा भनेजस्तो तलब र काम नपाइने युवाहरू पछिल्लो समय पशुपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् । दाङमा मामा भान्जा मिलेर विगत तीन वर्षदेखि व्यावसायिक रूपमा बाख्रा पालन व्यवसाय गर्दै आएका छन् । घोराही उपमहानगरपालिका–१२ रमनामा बुद्ध बाख्रा फार्ममार्फत व्यवसायमा जोडिएका ३४ वर्षीय भान्जा जनक बुढा र उनका मामा ५४ वर्षीय मनबहादुर बुढा बाख्रा पालन व्यवसायबाट सन्तुष्ट छन् । जनक पाँच वर्ष र मनबहादुर २५ वर्ष रोजगारका लागि साउदीमा जीवन व्यतीत गरेका हुन् । किसान जनक विदेशबाट आएर बाख्रा पालन व्यवसाय सुरु गरेको बताउँछन् । उनले भने, “वार्षिक रूपमा बाख्राको बिक्रीबाट एक वर्षमा रु. १० लाख आम्दानी हुन्छ ।” तर बाख्राको दानापानी, औष...
बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
७, वैशाख काठमाडौं । बालबालिकालाई आज पनि भिटामिन ‘ए’ खुवाइँदै छ । हिजो र आज गरी देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने सरकारको लक्ष्य छ । स्वास्थ्य सेवा विभागका अनुसार, राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । एकदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ । बालबालिकालाई बालभिटा खुवाइनेछ । बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने बताइएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।...
राप्रपाको प्रदर्शन : काठमाडौंमा सुरक्षा सतर्कता बढाइयो, निषेधित क्षेत्रमा कडाइ

राप्रपाको प्रदर्शन : काठमाडौंमा सुरक्षा सतर्कता बढाइयो, निषेधित क्षेत्रमा कडाइ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
७, वैशाख काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौँको बिजुली बजारमा प्रदर्शन गर्ने भएको छ । बिहान ११ बजेबाट भेला भई बिजुली बजारमा प्रदर्शन गर्ने राप्रपाको योजना छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै उपत्यका प्रहरी कार्यालयले प्रतिकारात्मक सुरक्षा योजना बनाएर लागु गरेको छ । जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन । अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने सुराक पाएसँगै निषेधित क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ । एसएसपी खनाल भन्छन्, ‘निषेधित क्षेत्रमा हामीले सुरक्षाकर्मीको सङ्ख्या बढाएका छौँ ।’ प्रदर्शनकारीहरू भद्रकाली, बबरमहल र बालुवाटारमा जम्मा हुन लागेका छन् । बालुवाटार स्थित प्रधा...