ताजा अपडेट

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
८, वैशाख काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्ने भएको छ । रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको थियो । तर फुयालले यसअघि नै लामिछानेको पासपोर्ट दुरुपयोग मुद्दा हेरिसकेकाले फुयालले उनको मुद्दा नहेरेका हुन् । आइतबार रविपत्नी निकिता पौडेलले सर्वोच्चमा रविको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरेको थियो । धरौटी खारेज हुनुपर्ने मागसहित लामिछानेले उच्च अदालत तुलसीपुर बुटवलमा पुनरावेदन गरेकोमा उच्चले गत चैत चैत २२ गते जिल्लाको आदेश उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।...
राज्य व्यवस्था समितिलाई ट्रेड युनियनको निरन्तर दबाब

राज्य व्यवस्था समितिलाई ट्रेड युनियनको निरन्तर दबाब

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, वैशाख काठमाडौं । कर्मचारी ट्रेड युनियनले राज्य व्यवस्था समितिलाई निरन्तर दबाब दिएको छ । आज सिंहदरबारस्थित समितिको बैठक बस्नुअघि संयुक्त ट्रेड युनियनमार्फत निजामती कर्मचारीले सभाकक्षा बाहिर धर्ना दिएका थिए । यसअघि पनि समितिको बैठक बस्ने दिन युनियनका नेताहरूले सभाकक्ष बाहिर उपस्तिथित भएर दबाब दिएका थिए । उनीहरुले विरोधका कार्यक्रमअन्तर्गत यही वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने निर्णय गरेका छन् ।    ...
अव्यवस्थित शहरीकरण विश्वमै समस्या : परराष्ट्रमन्त्री

अव्यवस्थित शहरीकरण विश्वमै समस्या : परराष्ट्रमन्त्री

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८, वैशाख काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताएकी छन् । बैंककमा आजदेखि सुरु संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग युएनस्केपको ८१ औँ सत्रको अध्यक्षतापछि दिएको मन्तव्यमा उनले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको र तीमध्ये अव्यवस्थित शहरीकरण पनि एक रहेको बताएकी हुन् । एशिया र प्रशान्त क्षेत्रमा सहनशील र दिगो शहरी विकास मूल विषय रहेको सो सत्रमा उनले भनिन्, “शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इञ्जिन पनि हुन् । तर योजनाविहीन शहरीकरणले धेरै समस्याहरू निम्त्याइरहेको छ । त्यसैले हामीले राम्रोसँग योजनाबद्ध शहरी विकास गर्नुपर्छ ।” उनले सहनशील र दिगो शहरी विकासमा जोड दिँदै यसका लागि समावेशी र हरित शहरहरूमा लगा...
शिक्षकहरूको प्रदर्शन आज पनि जारी

शिक्षकहरूको प्रदर्शन आज पनि जारी

ताजा अपडेट, राजनीति, समाचार
८,वैशाख काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले आज पनि सडक प्रदर्शन जारी राखेका छन् । सोमबार पनि काठमाडौँको माइतीघर-बानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू सरकारले आगामी अधिवेशनबाट जारी गर्ने पत्तिबद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् । सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरू आन्दोलन छोडेर फर्किने उनीहरूको भनाइ छ ।...
तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन वटा संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, वैशाख काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । यसैगरी मध्यान्ह पौने १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विधायन ऐन, २०८१ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग छलफल हुनेछ ।  ...
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा एक लाख ९१ हजार पुग्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा एक लाख ९१ हजार पुग्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
८, वैशाख काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । सो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । आइतबार भने सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । आइतबारकै तुलनामा सोमबार सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढेको हो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो ।...
पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु

पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
८, वैशाख काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो । उक्त घटनामा परी ४ जनाको मृत्यु भएको र २ जना गम्भीर घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालले जानकारी दिए । गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उनले बताए ।  मृतक र घाइतेको परिचय खुलिसकेको छैन ।...
पर्यटकको रोजाइमा विचित्र गुफा

पर्यटकको रोजाइमा विचित्र गुफा

ताजा अपडेट, पर्यटन, वातावरण, समाचार
८, वैशाख गुल्मी । यहाँको धुर्कोट गाउँपालिका-५ स्थित विचित्र गुफा यति बेला आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ । बि।सं।२०४५ मा बाँदर लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त गुफा पत्ता लगाएका थिए । पहिले विचित्र गुफा हेर्न आन्तरिक पर्यटक मात्र पुग्ने गर्दथे । पछिल्लो समय विदेशमा पनि विचित्र गुफाको प्रचारप्रसार हुन थालेपछि विदेशी पर्यटकसमेत आउन थालेका छन् । हाल फ्रान्स जर्मनी र बेलायतका पर्यटक गुफा हेर्न आउने गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए । धेरै विदेशी नागरिक अरबिन्द्र आश्रममा योग साधनाका लागि आउने गरेको र सोही अवसरमा गुफाको अवलोकन गरेर फर्कने गरेको उनले बताए । उक्त गुफा १८५ मिटर लम्बाई र ३५० मिटर चौडाइमा फैलिएको छ । स्थानीय जनार्दन भण्डारीले बारीमा मकै खान आएका बाँ...
यस्तो छ विदेशी मुद्राको विनिमय दर

यस्तो छ विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
८, वैशाख काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ २३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०३ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १६६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७२ पैसा कायम गरिएको जनाएको छ । त्यसै गरी अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६...
न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक बस्दै

न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, वैशाख काठमाडौं । न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को बैठक सोमबार बस्ने भएको छ । आइतबार कुनै सहमति नजुटेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो । सोही निष्कर्ष ननस्किएका कारण सोमबार बैठक बस्न लागेको हो। हिजो अपराह्न ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठक करिब दुई घण्टा बसेर बिना निष्कर्ष टुंगिएको थियो । नेपाल बार एसोसियसनमा नयाँ नेतृत्व आएसँगै न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीश सक्रिय भएका हुन्। हाल देशभर जिल्ला, उच्च र सर्वोच्च अदालतमा ३३ न्यायाधीश रिक्त छन् ।...