ताजा अपडेट

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
६, वैशाख काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, चिनियाँ यु...
राष्ट्रिय परीक्षा बोर्डले भन्यो : १२ को परीक्षा सरेको छैन, हल्लाको पछि नलाग्नू

राष्ट्रिय परीक्षा बोर्डले भन्यो : १२ को परीक्षा सरेको छैन, हल्लाको पछि नलाग्नू

ताजा अपडेट, शिक्षा, समाचार
६ वैशाख, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको बताएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले परीक्ष नसरेको बताएको हो । ‘यही २०८२ साल वैशाख ११ गतेवाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बोर्डले जनाएको छ । ‘परीक्षा जस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कार्वाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।...
सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय

सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय

ताजा अपडेट, वातावरण, समाचार
६, वैशाख काठमाडौं । जङ्गली जनावर घाइते, टुहुरा वा कसैले त्यसलाई दुःख दिइरहेको छ भने तत्काल खबर दिन सदर चिडियाखानाले आग्रह गरेको छ । चिडियाखानाका प्रमुख सत्यनारायण शाहका अनुसार, यस्ता घटनाको सूचना प्राप्त हुनेबित्तिकै प्रशिक्षित रेस्क्यु टोली तत्काल घटनास्थलमा पुगी रेस्क्यु गर्छन् । ‘हामीसँग अनुभवी रेस्क्यु टिम छन्, जसले उपत्यकाभित्र मात्र होइन, नेपाल अधिराज्यभरि पुगेर जनावरलाई उद्धार गर्ने गर्छन्’ शाहले बताए । केही दिनअघि मात्र रामेछापमा दुई पटक चितुवा रेस्क्यु गरिएको पनि उनले जानकारी दिए । सूचना प्राप्त भएको केही समयमै चिडियाखाना र सम्बन्धित निकायको समन्वयमा उद्धार कार्य सम्पन्न गरिएको थियो । शाहका अनुसार, चिडियाखानाको केन्द्रीय टोली काठमाडौँ उपत्यकामा सक्रिय रहन्छ भने चितवन, बर्दिया, शुक्लाफाँटा र कोशी क्षेत्रमा पनि रेस्क्यु शाखाहरू सञ्चालनमा छन् ।...
एमाले हुलबाट निर्देशित नभई सही नीतिका कारण जनताको मनमा बसेको छ : प्रधानमन्त्री ओली

एमाले हुलबाट निर्देशित नभई सही नीतिका कारण जनताको मनमा बसेको छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६, वैशाख चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपार्टी एमाले हुलबाट निर्देशित नभई सही विचार र नीतिका कारण जनताको मनमा बस्न सफल भएको बताएका छन् । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन सत्रलाई शुक्रबार सम्बोधन गर्दै ओलीले एमाले हुलबाट निर्देशित हुने पार्टी नभई सही नीति र नेतृत्वबाट सञ्चालित हुने बताएका हुन् । एमालले लिएको नीति सही भएको भन्दै अध्यक्ष ओलीले राष्ट्रिय नीति नै यही आधारमा तय हुने गरेको समेत बताए । आफुहरु देश र जनतका पक्षमा काम गरेर स्थापित हुने उनले बताए ।...
आजको मौसम : स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै,यी प्रदेशमा धेरै वर्षाको सम्भावना

आजको मौसम : स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै,यी प्रदेशमा धेरै वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
६, वैशाख काठमाडौं । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। सो प्र्रणालीको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी...
सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित,अन्य पदमा को को ?

सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित,अन्य पदमा को को ?

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल (अर्चना) ६ वैशाख, काठमाडौं । सञ्चारिका समूह नेपालको नवौ महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन्। शुक्रबार राति घोषणा भएको मतपरिणाम अनुसार निकटतम प्रतिस्पर्धी पवित्रा सुनारलाई ६२ मतले पराजित गर्दै पन्थी निर्वाचित भएकी हुन्।पन्थी १४९ मत प्राप्त गर्दै विजयी हुँदा सुनारले जम्मा ८७ मत प्राप्त गरिन्। त्यस्तै उपाध्यक्षमा १२८ मत प्राप्त गर्दै बसन्ती बास्तोला निर्वाचित भएकी छन् । सो मतसहित बास्तोला निर्वाचित हुदाँ उनका निकटतम प्रतिस्पर्धी लोग्शरी कुँवरले १०० मत प्राप्त गरिन् । यस्तै सञ्चारिका समूहको महासचिवमा राधा खनाल निर्विरोध निर्वाचित भएकी छन् । सचिवमा भने उर्वसी बस्न्यात १०७ मत ल्याएर सचिव पदमा निर्वाचित भएकी छन् । उनी निकटतम प्रतिस्पर्धी नुनुता राईको भन्दा ४ मत बढी ल्याएर निर्वाचित हुन सफल भएकी हुन् ।राइले १०३ मत प्राप्त गरिन् । यसैगरि कोषाध्यक्...
बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिंगो ढालियो

बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिंगो ढालियो

ताजा अपडेट, बिशेष, वातावरण
५, वैशाख भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको आज अन्तिम दिन भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिंगो ढालिएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीयले भक्तपुरको कुमालेटोलस्थित तालाक्वोमा हात नभएको लिंगो उठाएर जात्रा गर्दै अन्तिम दिन आज विधिपूर्वक पूजा गरी ढालेपछि भैरवको रथ तान्ने प्रक्रिया सुरु हुने गर्दछ । तालाक्वोमा चैत मसान्तमा उठाएको हात नभएको लिंगो आज दिउँसो ढालिएको जानकारी दिँदै आजै अपराह्नदेखि पूजा सम्पन्न गरी भैरवको रथ तान्न सुरु हुने र आजैदेखि जात्रा सम्पन्न हुने परम्परा छ । बिस्केट जात्राका अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिंगो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने परम्परा रहेको छ । तालाक्वोमा लिंगो ढालिएपछि आजै भैरव र भद्रकालीको पूजा गरी रथलाई गहिटीबाट तान्ने गरिन्छ ।...
आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीबीच छलफल हुने

आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीबीच छलफल हुने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
५, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत शिक्षकहरूबीच छलफल हुने भएको छ । शुक्रबार साँझ ७ बजे प्रधानमन्त्री र शिक्षकहरुबीच छलफल हुने भएको हो । नेपाल शिक्षक महासंघ महासचिव तुला बहादुर थापाले छलफलका लागि आफुहरुलाई बोलाइएको बताए । प्रधानमन्त्रीको सचिवालयले बेलुका सात बजे प्रधानमन्त्रीले भेट्न बोलाएको भन्दै महासंघलाई खवर गरेको थियो । सोही आधारमा आफुहरू जान लागेको महासचिव थापाले बताए ।...
देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री

देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
५, वैशाख चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूर्व पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको शुक्रबार उद्घाटन गरेका छन् । नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए । “अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु पर्‍या पनि छैन । त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन । म आग्रह गर्न चाहान्छु, सबैलाई सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ ।’’, प्रधानमन्त्री ओलीले भने, “विचारमा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद राख...
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण

पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
५, वैशाख पोखरा । विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपत्कालीन गोदामघर गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका छन् । नेपाल सरकार, युरोपेली संघ, विश्व खाद्य कार्यक्रम र नागरिक उड्डयन प्राधिकरणको सहयोगमा यो घर निर्माण गरिएको हो ।...