ताजा अपडेट

वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

ताजा अपडेट, राजनीति, समाचार
५, वैशाख काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्ति सुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७:०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । “स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६९३क० बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७:०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ ।” जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ । गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो ।...
कैलालीमा इंग्ल्याण्डबाट घुम्न आएका पर्यटक मृत भेटिए

कैलालीमा इंग्ल्याण्डबाट घुम्न आएका पर्यटक मृत भेटिए

ताजा अपडेट, वातावरण, समाचार
५, वैशाख धनगढी । कैलालीमा विदेशी नागरिक मृत भेटिएका छन् । इंग्ल्यान्डका ६५ वर्षीय स्पेफन गोर बिहीबार राति बर्दगोरिया गाउँपालिका-४ नोमाबोझीमा मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले गत कात्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरी बसेका गोर बिहीबार राति साढे ९ बजेको समयमा सुतेको कोठामै मृत भेटिएको बताए । डीएसपी सिंहका अनुसार उनी सुतेको कोठाको भित्रबाट चुक्कुल लगाइएको थियो । सोही ठाउँ बस्दै आएकी भारतको तामिलनाडु घर भएकी नेपाली मूलकी चित्राकुमारी बमले बोलाउँदा नबोलेपछि ढोका खोलेर हेर्दा गोर सुतेकै अवस्थामा मृत भेटिएका थिए । घटनास्थल कार्य सकेर शव परीक्षणका लागि अस्पताल पठाइने र त्यसपछि शव सम्बन्धित देशमा पठाउने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक गोर र नेपाली मूलकी भारतीय महिला...
आज विश्व सम्पदा दिवस मनाइँदै

आज विश्व सम्पदा दिवस मनाइँदै

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
५, वैशाख काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर) पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू , लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् । यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको पुरातत्व विभागले जनाएको छ । विभाग, काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा सङ्घ तथा बागमती प्रदेश हस्तकला सङ्घको आयोजनामा पदय...
आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
५, वैशाख काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१–०८२ माथि छलफल गर्ने कार्यसूची छ । यस्तै, सोही समयमा सुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ । यस्तैगरी दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधानअनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा कानुन मन्त्रालयसँग छलफल हुने कार्यसूचीमा उल्लेख छ ।...
नेकपा एमाले विराटनगर नगरकमिटीको अध्यक्षमा गिरी निर्वाचित

नेकपा एमाले विराटनगर नगरकमिटीको अध्यक्षमा गिरी निर्वाचित

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
५, वैशाख विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन्। बिहीबार साँझ सम्पन्न निर्वाचनमा गिरीले १७३ मत प्राप्त गरी, प्रतिस्पर्धी रोहित कोइरालालाई १२१ मतले पराजित गरेका हुन् । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मतदान प्रक्रिया अघि बढाइएको थियो। कुल ३१४ प्रतिनिधिमध्ये ३०८ जनाले मतदान गरेका थिए।गिरी नेतृत्वको प्यानलले अन्य पदमा समेत विजय हासिल गरेको छ । उपाध्यक्षमा सुरज न्यौपानेले १४५ मत प्राप्त गरी विराटनगर महानगरपालिका-८ का वडा अध्यक्ष राम पोख्रेललाई १३६ मतले हराएका छन् । सचिवमा विज्ञान चापागाईँले १८३ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी नवराज काफ्लेलाई ७९ मतको फराकिलो अन्तरले पराजित गरेका छन् । यसैगरी, उपसचिवमा हमिद आजादले १७८ मत प्राप्त गरी चन्द्र शेखर विश्वासलाई ८० मतले पछाडि पारेका छन् । हिला उपसचिवमा हिमा मैनाली पोखरेलले १६९ मत हास...
ओलीले बाटो शिलान्यास गर्दा विरोध गरेकी मेयर दाहाल सोही बाटो उद्घाटन समारोहमा सहभागी हुने

ओलीले बाटो शिलान्यास गर्दा विरोध गरेकी मेयर दाहाल सोही बाटो उद्घाटन समारोहमा सहभागी हुने

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, राजनीति, समाचार
५ वैशाख,काठमाडौं । प्रधानमन्त्री एवमं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार वर्ष अगाडि २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास गरेका बेला सो कामको आलोचना गरेर शिलन्यास कार्यक्रम नै बहिस्कार गरेकी दाहाल अहिले त्यही बाटो उद्घाटन समारोहमा उपस्थिति हृने भएकी छन् । संघीय सरकारको बजेटमा विस्तार गरिएको उक्त सडकको आज प्रधानमन्त्री एवमं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गदै छन् । शिलन्यासको समयमा दाहाल हराएको भन्दै प्रधानमन्त्री ओलीले कार्यक्रममै उनको खोजी पनि गरेका थिए। तर दाहालले बहिस्कार गरेको जनाएकी थिइन् । प्रधानमन्त्री ओलीले नारायणगढ–बुटवल सडकको वस्तुस्थिति बुझन  आजै निरीक्षण गर्ने कार्यक्रम रहेको पनि उनको सचिवालयले जनाएको छ।...
निजामती कर्मचारीद्धारा आन्दोलनको घोषणा,संघीय निजामती ऐन तत्कालै जारी गर्न माग

निजामती कर्मचारीद्धारा आन्दोलनको घोषणा,संघीय निजामती ऐन तत्कालै जारी गर्न माग

ताजा अपडेट, ब्यानर-१, समाचार
५ वैशाख,काठमाडौं । निजामती कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन् ।उनीहरुले  यसअघि भएका सहमति,सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर संघीय निजामती ऐन तत्कालै जारी गर्न माग गरेका छन् । गत चैत्र ३१ गते पत्रकार सम्मेलन गरेर आन्दोलनको चेतावनी दिएका कर्मचारीहरुले संयुक्त ट्रेड यूनियनमार्फत आज शुत्रकारदेखि आन्दोलनका कार्यक्रम शुरु गरेका हुन् । शुक्रबार संघीय मामिलामन्त्री,कानूनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने,सोमबार सभामुखलाई र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने,१० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेलाको आयोजना गर्ने कर्मचारी संगठनहरुले जनाएका छन् । यस्ता छन् कर्मचारी संगठनका मागहरूः— १ . निजामती कर्मचारीको परिभाषामा संघ,प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारी समेट्नु पर्ने। २ .संघीय कानुन बमोजिम संघ, प्रदेश ...
गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार

गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
५ वैशाख,काठमाडौं । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ। मायादेवी गाउँपालिका–१ पकडी स्थित उनको निवासमा गएराति गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। शौचालय गएर फर्कने क्रममा चौधरी माथि गोली प्रहार भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार अहिले उनको अवस्था खतरामुक्त छ।  ...
सातै प्रदेशका उपसभामुखको सम्मेलन धनुषामा सुरु

सातै प्रदेशका उपसभामुखको सम्मेलन धनुषामा सुरु

ताजा अपडेट, राजनीति, समाचार
४, वैशाख काठमाडों । सङ्घीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन बिहीबारदेखि धनुषाको लालगढमा सुरु भएको छ । मधेश प्रदेशसभा सचिवालयद्वारा आयोजित तीन दिने सम्मेलनमा उपसभामुखहरूको भूमिकासँगै नीतिगत सुधारका विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयताको उपलब्धिहरूलाई आम जनसमक्ष प्रभावकारी ढङ्गले प्रस्तुत गर्न नसकिएकोमा बताए । उनले भने, “सङ्घीयता कार्यान्वयन भएको सात–आठ वर्ष बितिसक्यो । यस अवधिमा शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा थुप्रै काम भएका छन् । तर तिनलाई प्रचार गर्न सकेनौं ।” मुख्यमन्त्री सिंहले सङ्घीयताको जननीको रहेकोे बताउँदै उनले नेपाललाई आफ्नै पहिचानमा चिनाउनुपर्ने आवश्यकता औंल्याए । उनले थप्दै भने, “हामी नेपाललाई विशुद्ध रूपमा नेपाल बनाउनुपर्छ । हाम्रो देशमा ब...
पानीको जारमा किरा, ललितपुर महानगरले तिरायो २५ हजार जरिवाना

पानीको जारमा किरा, ललितपुर महानगरले तिरायो २५ हजार जरिवाना

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
४, वैशाख काठमाडौं । ललितपुर महानगरपालिकाले केएम मिनिरल वाटर एण्ड वेभरेज प्रालिलाई २५ हजार जरिवाना तिराएको छ । कम्पनीले उत्पादन गरेको पानीको जारमा किरा भेटिएपछि जरिवाना तिराएको ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूले जानकारी दिए । उनका अनुसार पशु सेवा तालिम केन्द्र ललितपुरमा पिउनको लागि ल्याएको जारमा किरा भेटिएको थियो । जारमा किरा भेटिएको गुनासोपछि महानगर प्रहरी बलले तत्काल निरीक्षण गरेर जरिवाना तिराएको हाछेथूले बताए । पछिल्लो समय उपत्यकाका नगरहरुले पिउने पानीको जार, बोत्तलमा गुनासो आएमा तत्काल एक्सन लिइरहेका छन् भने जारको गुणस्तरमा पनि अनुगमन गरिरहेको छ ।...