ताजा अपडेट

कामपाले हटायो कवाडी सङ्कलन केन्द्र

कामपाले हटायो कवाडी सङ्कलन केन्द्र

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
४, वैशाख काठमाडौं । यसअघि पटक पटक दिएको आग्रह नमानेपछि कामठमाडौँ महानगरपालिकाले कवाडी सङ्कलन केन्द्रमा डोजर चलाएर हटाएको छ । कामपा–३२ मा पर्ने उक्त कवाडी सङ्कलन केन्द्र हटानका लागि ६ वटा टोल सुधार समिति र स्थानीयले कामपामा उजुरी गरेपछि उक्त केन्द्रमा बिहीबार डोजर लगाइएको कामपा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिए । उपरीक्षक अर्यालका अनुसार कामपा नगर प्रहरीले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेको तीन वटा कवाडी सङ्कलन केन्द्र हटाएर हो । “आवास क्षेत्रमा पर्ने उक्त केन्द्र हटाउनका लागि कामपाले पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो”, उपरीक्षक अर्यालले भने। उक्त स्थानमा डोजर लगाएर भत्काएको विरोधमा कवाडी सङ्कलन केन्द्रका दुई मजदुरहरूले डोजरलाई ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढा गर्नेलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए। स्थानीयले बालबालिको पठनपा...
‘तत्काल सरकारमा जाने मनस्थितिमा छैन’ : माधव नेपाल

‘तत्काल सरकारमा जाने मनस्थितिमा छैन’ : माधव नेपाल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
४, वैशाख चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले आफूहरू सरकारमा जाने मनस्थितिमा नरहेको बताएका छन्। आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफूहरू जनतामा जाने, जनताको समस्या बुझ्नेतर्फ केन्द्रित गरेको उल्लेख गरे । उनले भने, “तत्काल सरकारमा जाने मनस्थिति छैन । जनतामा जाने, जनताका समस्या बुझ्ने र उहाँहरूका समस्या समाधानमा ध्यान केन्द्रित छ ।” उनले अहिले पार्टीका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्ने समय रहेको बताए । फेरि राजतन्त्र फर्कन सक्ला रु भन्ने पत्रकारहरूको प्रश्नमा अध्यक्ष नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरी उनले राजतन्त्र ल्याएर फाइदा नभएको बताउँदै व्यक्ति विशेषमा राम्रो भावना, योजना भए प्रभावकारी काम गर्न सकिने धारणा राखे । नेपालीहरू हाम्रो देश चलाउन, अघि बढाउन, देशको सम्मान, स्वाभ...
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्न्त्री

द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्न्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
४, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गरेका छन् । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेकपा एमाले का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने बताए । उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने बताउँदै अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकावमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने स्पष्ट पारे । ‘अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बिचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ । चुनाव जितेर एमालेले ए...
वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्जको जनजीवन सामान्य हुँदै

ताजा अपडेट, राजनीति, समाचार
४, वैशाख पर्सा । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभा यात्राको क्रममा दुई समुदायबीचको विवादले गत शनिवारदेखी उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएको छ । वीरगञ्जमा सामाजिक र सम्प्रदायिक सद्भाव कायम गर्न स्थानीय प्रशासन, राजनीतिक दल तथा समाजका हरेक क्षेत्रको प्रयाससँगै स्थानीय जनताको सहयोग एवं सुझबुझका कारण नगरको अवस्था सामान्य भएको हो । बुधवारको सर्वदलीय बैठक, मुलुकका उच्च पदस्थ एवं प्रतिष्ठित व्यक्ति वीरगञ्ज महानगरका ३२ वटै वडाका अध्यक्ष, धार्मिक संघसंस्था, वीरगञ्ज उद्योग वाणिज्य संघलगायत नागरिक समाज र अन्य क्षेत्र वीरगञ्जमा सामाजिक सद्भाव कायम गर्न अनुरोध भएको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै क्षेत्रको साथ, सहयोग र सद्भावनाका कारण नगरको अवस्था सामान्य हुँदै गएको बताउँदै शान्ति सुव्यवस्था कायम गर्न सक्रिय भूमिका निर्वाह गरेका सबैमा हार्दिक कृतज्ञता ज्ञापन गरेका...
काठमाडौँमा पुन : बढ्यो वायु प्रदूषण

काठमाडौँमा पुन : बढ्यो वायु प्रदूषण

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
४, वैशाख काठमाडौं । काठमाडौँ उपत्यकामा पुन : वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ । पछिल्लो रेकर्डअनुसार काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहेको छ । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार बिहान ११ः२५ मा काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६१ छ । पहिलो स्थानमा बङ्गलादेशको ढाका सहर रहेको छ । यहाँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६९ रहेको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांकअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत मानिन्छ ।...
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
४, वैशाख काठमाडौं । संघीय संसद् अन्तर्गत बिहीवार विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा समितिको आगामी कार्यबारे छलफल हुने सचिवालयले जनाएको छ ।
सुमना श्रेष्ठले रास्वपा सहमहामन्त्रीबाट राजीनामा दिँदै

सुमना श्रेष्ठले रास्वपा सहमहामन्त्रीबाट राजीनामा दिँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
४, वैशाख काठमाडौं । रास्वपा सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने भएकी छन् । आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले सचिवालयमा यो जानकारी दिने तयारी गरेकी छन् । सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन खोजेको रास्वपा स्रोतले पुष्टि गर्‍यो । यो त्यही मिति हो, जुन दिन रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फेरि फर्केका थिए । अहिले उनी सहकारी प्रकरणमा कारागारमा छन् । श्रेष्ठले आफ्नो राजीनामा प्रस्तावको खबर सही भएको पुष्टि गरिन् । तर विस्तृत धारणा पार्टीमै राख्ने बताएकी छन् ।...
बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्वास्थ्य
४, वैशाख काठमाडौं । आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइने छ । सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । बालबालिकालाई बालभिटा खुवाइने छ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि ...
नाट्टाद्धारा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट २०२५ को औपचारिक घोषणा

नाट्टाद्धारा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट २०२५ को औपचारिक घोषणा

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
सीता पौडेल (अर्चना)  ४ बैशाख ,काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले तेस्रो संस्करणको बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) २०२५ को औपचारिक घोषणा गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नाट्टाले यहि आउँदो जेठ १० गतेदेखि १२ गतेसम्म बीआईटीएम २०२५ को आयोजना गरिएको घोषणा गरेको हो । नाट्टाका अध्यक्ष कुमारमणि थपलियाका अनुसार नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा हुने सो कार्यक्रमका लागि गत चैत्र २२ गते नै सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो।  नेपाल पर्यटन बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको अध्यक्ष  थपलियाले बताउनुभयो ।उपस्थित सबैलाई स्वागत गर्दै  अध्यक्ष थपलियाले बुद्धको आदेशमा उहाँका शिष्यहरुले गरेको भ्रमणबाट ट्राभल हिस्ट्रीको शुरुवात भएको जिकिर गर्दै बीआईट...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
४, वैशाख काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३६ पैसा, स्विस फ्र्यांक एकको खरिददर १६७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६८ रुपैयाँ १९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २० पैसा र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३० पैसा र बिक्रीदर ९८ रुपैयाँ ७४ पैसा, सिंगापुर डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, चिनियाँ य...