ताजा अपडेट

चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
४, वैशाख काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । बुधवार अनुगमन कार्यालयले दुई कम्पनीलाई एक वर्ष छ महिना र दुई कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो । विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, एस.एम. कन्सट्रक्सन मकवानपुर, फर्निचर सस्मलि उद्योग मध्य नेपाल लमजुङ र शारदा नगरपालिका सल्यानको गौरी गोमा निर्माण सेवालाई कालो सूचीमा राखिएको हो । कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने तथा कारबाही हुने सूचनामा उल्लेख गरिएको छ ।  ...
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
४, वैशाख काठमाडौं । हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मेघगर्...
सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’

सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’

जीवनशैली, ताजा अपडेट, बिशेष, विचार, समाचार
३ बैशाख ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षासम्बन्धी समस्याहरूको सम्बोधन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विद्यालय शिक्षा विधेयक ल्याइने बताएका छन् । मन्त्रालयमा बुधबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले शिक्षा क्षेत्रको व्यवस्थापनका लागि विधेयक ल्याउनु अनिर्वाय रहेको बताए । मन्त्री गुरुङले शिक्षकको समस्याप्रति सरकार संवेदनशील रहेको बताउँदै ‘फास्ट ट्र्याक’ अपनाएर विधेयक पास गर्ने सरकारको तयारी रहेको जानकारी दिए । “शिक्षा क्षेत्रमा थुप्रै समस्या छन्, त्यसको व्यवस्थापन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विधेयक पास गर्ने तयारीमा छौँ”, मन्त्री गुरुङले भने ।मन्त्री गुरुङका अनुसार वैशाख २ गते बसेको मन्त्रिपरिषद्को निर्णयले नेपाल शिक्षक महासङ्घले उठाएका मागप्रति नेपाल सरकार संवेदनशील रहेको र मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा...
सञ्चारिका समूहको अध्यक्षका आकांक्षी ३ जना,अरु पदमा के कति ?

सञ्चारिका समूहको अध्यक्षका आकांक्षी ३ जना,अरु पदमा के कति ?

ताजा अपडेट, ब्यानर-१, समाचार
३ बैशाख,काठमाडौं ।सञ्चारिका समूहको अध्यक्षमा ३ जना आकांक्षी देखिएका छन्।आकांक्षी वर्तमान कार्यसमिति उपाध्यक्ष पवित्रा सुनार र यस अघिका २ जना उपाध्यक्ष कमला पन्थी र सुचित्रा श्रेष्ठ छन्। यसैगरि यसअघि सञ्चारिका समूहकी महासचिव रहेकी बसन्ती बास्तोला उपाध्यक्षको उम्मेदवारी दिने तयारीमा छन् भने कार्यसमिति सदस्य रहेका लोग्सरी कुँवर,निमा काफ्ले,सलोजा दाहाल र राधा खनालले महासचिवमा उम्मेदवारी दिने तयारी गरेको जनाएका छन्।  त्यसैगरि मञ्जिमा ढकाल कोषाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन् भने वर्तमान कोषाध्यक्ष उर्वशी बस्नेत र सदस्य नुनुता राई तथा पवित्रा मुडभरी सचिवमा उम्मेदवारी दिने तयारीमा छन्। सञ्चारिका समूहको नवौँ महाधिवेशन यही वैशाख ५ गतेका लागि  तय भएको छ ।...
‘शिक्षकका माग सम्बोधन गर्न वर्षे अधिवेशन छिट्टै बोलाइएको हो’: शिक्षा मन्त्री भट्टराई

‘शिक्षकका माग सम्बोधन गर्न वर्षे अधिवेशन छिट्टै बोलाइएको हो’: शिक्षा मन्त्री भट्टराई

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३, वैशाख काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकका माग सम्बोधन गर्न सरकारले संसदको वर्षे अधिवेशन छिट्टै आह्वान गर्ने निर्णय गरेको बताएकी छन् । मन्त्री भट्टराईले बुधबार भिडियो सन्देश जारी गर्दै शिक्षकका माग सम्बोधन गर्न संसद बैठक आह्वान गर्ने निर्णय गरेको बताएकी हुन् । ‘विधेयक छिटो पारित गरियोस् भन्ने मागलाई सम्बोधन गर्न हिजोको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते त्यही विषलाई सम्बोधन हुनुगरी संसद बैठक आह्वान गरेको छ,’ मन्त्री भट्टराईले भनेकी छन् । शिक्षकका अरु माग सम्बोधन गर्न पनि मन्त्रालयले सहजीकरण समिति बनाएर संवाद गरिरहेको उनले बताइन् । ‘शिक्षकसँग संवादमा छौं । मन्त्रालयको तर्फबाट सहजीकरण समिति निर्माण गरेर संवादमा लागेका छौं,’ उनले भनिन् । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । सरकार र शिक्षक महासं...
यु–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित

यु–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित

खेलकुद, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३, वैशाख काठमाडौं । नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई डकवर्थ–लुइस ९डिएलएस मेथोड० का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो । जितसँगै पाँच टोली सहभागी प्रतियोगितामा नेपालले ६ अङ्क बनाएको छ । नेपालले अब अन्तिम खेल शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्नेछ । शीर्ष टोली सन् २०२६ मा हुने विश्वकपमा छनोट हुनेछ । जितका लागि एक सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेटको क्षतिमा एक सय १८ रनजोड्दै लक्ष्य पूरा गरेको हो । नेपालका लगि ओपनर शाहिल पटेलले अविजित ४२ रन बनाए । उनले ४१ बलम...
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
३ वैशाख, काठमाडौं । सरकारले शनिबार र आइतबार देशभर बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने भएको हो । त्यसैगरि ६ महिनाभन्दा माथिका बालबालिकाहरुलाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । भने, नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकाहरुलाई पनि खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । यसका लािग सरकारले देशभरि ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने जनाएको छ ।घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिनेछ ।...
इयूको अदालतमा स्थानीय तहमा उत्पन्न विवाद समाधान सिक्दै उपप्रमुख डंगोल

इयूको अदालतमा स्थानीय तहमा उत्पन्न विवाद समाधान सिक्दै उपप्रमुख डंगोल

ताजा अपडेट, राजनीति, समाचार
३, वैशाख काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले लक्जेम्बर्गमा अवस्थित इयूको सर्वोच्च अदालत (कोर्ट अफ जस्टिस अफ द यूरोपियन युनियन) मा स्थानीय स्तरमा उत्पन्न हुने विवाद समाधानका विषयमा अनुभव आदानप्रदान गरेकी छिन् । युरोपको औपचारिक भ्रमणमा रहेकी डंगोलले त्यहाँ काठमाडौं महानगरपालिकाले स्थानीय स्तरमा उत्पन्न हुने विवाद समाधानमा कसरी छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी विधि र प्रक्रिया अवलम्बनको अभ्यास गरिरहेको छ भनेर अनुभव सुनाएको जानकारी दिइन् । ‘सबैका लागि न्यायमा सहज पहुँच सुनिश्चित, स्वच्छता, निष्पक्षता, समानता र समान न्याय सहितको न्यायिक पद्धतिलाई हामीले कसरी आत्मसात् गरिरहेका छौँ भनेर मैले त्यहाँ हाम्रो अनुभव बताउने अवसर प्राप्त गरेँ,’ डंगोलले भनिन्, ‘त्यहाँको अदालतले कसरी काम गरिरहेको छ रु उनीहरूले कुनैपनि मुद्दाको समाधान कसरी गर...
‘आन्दोलनमय राजधानीः अस्तव्यस्त सडक, मारमा जनता’

‘आन्दोलनमय राजधानीः अस्तव्यस्त सडक, मारमा जनता’

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३, वैशाख काठमाडौं । विगत केही दिन यता सङ्घीय राजधानी काठमाडौँका सडक अस्तव्यस्त छन् । कारण हो, प्रदर्शन । पछिल्लो समय प्रदर्शनका कारण राजधानी शान्त बनेको छैन । व्यवस्था बदलिए पनि अवस्था नबदिएको भन्दै प्रदर्शनमा उत्रिएका पूर्वराजा समर्थकहरू हुन् वा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा होस् । राजनीतिक दलहरू हुन् वा सर्वसाधारण । सङ्घीयता विरोधीहरू हुन् वा सङ्घीयताका पक्षधर । शिक्षक हुन् वा विद्यार्थी । चिकित्सकहरू हुन् वा पत्रकारहरू हुन् । सहकारी पीडित हुन् वा भूमिपीडित हुन् । यतिबेला, सबै सडकमा छन् । गत चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले काठमाडौँमा प्रदर्शन गरे । तीनकुनेमा भएको प्रदर्शनकै दिन दिन समाजवादी मोर्चाले काठमाडौँकै भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्‍यो । उक्त प्रदर्शनपछि पनि राजधानीका सडकहरू आन्दोलनमै व्यस्त बनेका छन् । काठमाडौँमा विभिन्न पेसागत सङ्घसङ्गठन, सहका...
राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३, वैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...