नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ
३, वैशाख काठमाडौं । नेपाली चलचित्रका लागि नयाँ वर्ष उत्साहजनक हुने गरेको छ । अर्थात् उक्त दिन प्रदर्शनरत चलचित्र हेर्न दर्शक चलचित्र भवनमा पुग्ने गरेको देखिन्छ ।
यस वर्षको सुरुआतमा दर्शकको भिडभाड चलचित्र भवनमा देखिएको छ । प्रदर्शनरत चलचित्र ‘पीताम्बर’, ‘अञ्जिला’, ‘वसन्त’ ‘कर्मा’ लगायत हेर्न दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्माण पक्षले जनाएको छ । निर्देशक कृषा चौलागाईंले चलचित्र ‘पीताम्बर’ले नयाँ वर्षको दिन सोमबार प्राप्त गरेको शोहरू भरिभराउ रहेको बताइन् ।
उनले भनिन्, “हामीले काठमाडौँ उपत्यकाका अधिकांश चलचित्र भवन पुगेर दर्शक कोप्रतिक्रिया लिएका छौँ । चलचित्र हेर्नेले राम्रो प्रतिक्रिया दिएका छन् । नेपालमा यस्तो चलचित्र बन्छ भन्ने प्रतिक्रिया दिनु नै हाम्रो सफलता हो ।” उनले व्यापारिक रूपमा आफ्नो समूह सफल हुने विश्वास व्यक्त गरिन् ।
उक्त चलचित्रमा अभिनेता सौगात मल्ल, दयाहाङ राई,...









