ताजा अपडेट

वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द

वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द

ताजा अपडेट, वातावरण, समाचार
२, वैशाख काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको रातको समयमा बन्द गर्न थालिएको छ । दाउन्ने क्षेत्रमा सडक विस्तार छिटो सम्पन्न गर्न रातको समयमा सडक बन्द गर्न लागिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । गएरातिदेखि वैशाख १५ गतेसम्म दैनिक रातको ६ घण्टा सवारीसाधन रोकेर दाउन्नेखण्डको सडक मर्मत तथा विस्तार हुने उनले बताए । गत चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त खण्डमा यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो ।...
सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२, वैशाख काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार सात सय रुपैयाँले घटेर एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १५ रुपैयाँले घटेर एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।...
त्रिविमा आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु

त्रिविमा आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
२, वैशाख काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको हो । अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ । परीक्षा नियन्त्रक जोशीले आफ्नै पद्धती तयार गरी अनलाइन सेवा कार्यान्वयनमा ल्याइएको बताए । तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना रहेको उनले बताए । उनका अनुसार आगामी जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट सञ्चालन गरिने छ ।...
सिन्दुर खेलेर  भक्तपुरमा मनाइयो सुथसिया जात्रा

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२, वैशाख काठमाडौं । मानिसको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर सबै फुस्रो अबिरैअबिरले राताम्मे । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउने अर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत बिहानै जात्राको भीडमा सिन्दुर खेल्दै रमाउँदै आज भव्य रूपमा मध्यपुरथिमिका बासिन्दाले सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरी टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गणा २६ देवीदेवता विराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् । थिमिमामात्र मनाइने यो जात्रामा एकअर्कामा स...
जाजरकोटमा फेरि अर्को भूकम्प

जाजरकोटमा फेरि अर्को भूकम्प

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२, वैशाख काठमाडौं । जाजरकोटमा मंगलबार फेरि भूकम्प गएको छ । सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा कुशे गाउँपालिकाको पैंक केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएकोमा मंगलबार पुनः अर्को भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ५३ मिनेट जाँदा पैंकलाई नै केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । दुवै भूकम्पको कारण कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन । लगातारको भूकम्पले जाजरकोट र आसपासका बासिन्दा आतङ्कित भएका छन् ।    ...
मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२, वैशाख काठमाडौं । मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । जुडशीतल पर्वको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिइएको हो । प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै मधेस प्रदेशमा २०८२ सालमा दिइने थप बिदा सम्बन्धी प्रदेश राजपत्र बमोजिम २०८२ साल वैशाख २ गते मङ्गलवारका दिन जुडशीतल र सिरुवा पर्व परेकोले सार्वजनिक बिदा दिइएको उल्लेख गरेको छ । परिवारका ज्येष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिँदै आज तराईका जिल्लाहरूमा जुडशीतल पर्व मनाइएको छ ।...
भैरव रिसालको पार्थिव शरीर चिकित्साशास्त्रका विद्यार्थीहरु र अनुसन्धानकर्ताहरुको अध्ययन सामग्रीका रुपमा प्रयोग गरिने

भैरव रिसालको पार्थिव शरीर चिकित्साशास्त्रका विद्यार्थीहरु र अनुसन्धानकर्ताहरुको अध्ययन सामग्रीका रुपमा प्रयोग गरिने

ताजा अपडेट, बिशेष, समाचार
२ वैशाख, काठमाडौं। वरिष्ठ पत्रकार भैरव रिसालको पार्थिव शरीरलाई चिकित्साशास्त्रका विद्यार्थीहरु र अनुसन्धानकर्ताहरुको अध्ययन सामग्रीका रुपमा प्रयोग गरिने भएको छ ।यसका लागि उहाँको पार्थिव शरीरलाई जस्ताको तस्तै राखिएको छ । निधन भएको २४ घण्टा बित्न नपाउँदै रिसालकै इच्छाबमोजिम परिवारले उहाँको पार्थिव शरीर पाटन विज्ञान प्रतिष्ठानलाई बुझाएको थियो । जीवित छँदै रिसालले आफ्नो शेषपछि शरीर दान दिने मन्जुरी दिएको र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शरीर दान गर्ने घोषणा गरेको परिवार स्रोतले बताएको छ । पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार रिसालको पार्थिव शरीरलाई सड्न नदिनका लागि नसाबाट विभिन्न केमिकल दिएर राखिएको छ ।शरीरलाई लामो समयसम्म राख्न नसड्ने गरी औषधि र रसायनमा राख्नुपर्ने हुँदा यसो गरिएको हो । यसो गर्नुलाई ‘इम्बामिल्ङ’ भनिने उहाँले बताउनुभयो। ‘इम्बाल्मिङ’ गर्दा शरीरको प्र...
एमालेले ७ जनालाई ‘कम्युनिष्ट योद्धा’ का रूपमा सम्मान गर्ने,वैशाख ११ लाई ‘युथ सेलिब्रेसन’ का रुपमा मनाउने

एमालेले ७ जनालाई ‘कम्युनिष्ट योद्धा’ का रूपमा सम्मान गर्ने,वैशाख ११ लाई ‘युथ सेलिब्रेसन’ का रुपमा मनाउने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
सीता पौडेल(अर्चना) २ वैशाख,काठमाडौं । नेकपा (एमाले)ले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने भएको छ । यहि वैशाख ९ गते पार्टीको ७६ औँ स्थापना दिवसको अवसरमा सम्मान गरिने एमाले केन्द्रिय सचिवालयको  सोमबार सम्पन्न ४८ औं बैठकले निर्णय गरेको हो।साथै सो बैठकले लोकतान्त्रिक गणतन्त्रको विजारोपण भएको र जनताले जितेको ऐतिहासिक दिनका रुपमा वैशाख ११ गतेलाई ‘युथ सेलिब्रेसन’का रुपमा मनाउने निर्णय समेत गरेको छ ।केन्द्रिय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । केन्द्रिय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ कार्यदिशा,ऊर्जा र सङ्कल्पका साथ अगाडि बढाउनुका साथै कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान पु¥याउनुभएका विशिष्ट योद्धाहरूलाई ‘कम्युनिष्ट योद्धा’ को रुपमा उक्त दिन सम्मान गरिने भएको हो । सम्मानित हुनेहरूमा लालबहादुर विश्वक...
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२, वैशाख काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सो प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ। हाल कोशी,बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी,मधेस,कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदे...
‘नयाँ वर्षसँगै लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुनेछ’ : गृहमन्त्री लेखक

‘नयाँ वर्षसँगै लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुनेछ’ : गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१, वैशाख काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई थप सुदृढीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि आह्वान गरेका छन् । नयाँ वर्ष २०८२ सालको अवसरमा आज स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं प्रगतिको कामनासहित शुभकामना व्यक्त गरेका हुन् । उनले सन्देशमा भनेका छन्, “हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामा र समावेशी चरित्रको राज्य निर्माण गर्ने राजनीतिक व्यवस्थामा छौँ, नयाँ वर्षसँगै यो व्यवस्था अझै सुदृढ हुने छ ।” उनले नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, समाज भएको देश भएको उल्लेख गर्दै त्यो नै नेपालीको सम्पत्ति र विशेषता भएको उल्लेख गरेका छन् ।...