ताजा अपडेट

सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त : राष्ट्रपति

सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त : राष्ट्रपति

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१, वैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताएका छन् । नव वर्ष २०८२ को सुखद अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आजको दिन जनताको यही चाहना पूरा गर्ने संकल्प गर्न उनले आग्रह गरेका छन् । “आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्बद्ध सबैलाई अपिल गर्दछु”, उनले भनेका छन् । शुभकामना सन्देशमा विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयांकनमा आधारित शौर्य संवत् रहेको उल्लेख गर्दै उनले इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स्थापित यो संवत्ले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने उल्लेख गरेका छन् ।...
नयाँ वर्षसँगै बढ्यो पर्यटकको चहलपहल, व्यवसायी उत्साहित

नयाँ वर्षसँगै बढ्यो पर्यटकको चहलपहल, व्यवसायी उत्साहित

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
३१, चैत काठमाडौं । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवर्द्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नुपर्ने भएकाले बिदामा पर्यटकीय गन्तव्यमा पुगेका छन् । जसका कारण पूर्वको पाथीभरादेखि पश्चिमको शैलेश्वरीसम्मका धार्मिकस्थलमा अहिले धार्मिक पर्यटकको चहलपहल बढेको छ । यसले पर्यटन प्रवर्द्धनसँगै मुलुकको अर्थतन्त्रसमेत चलायमान हुन पुगेको छ । मुलुकभित्रका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको छ । ‘मुलुकभरका होटलहरुमा न्यूनतम ३५ देखि झण्डै कुनै स्थानमा शतप्र...
स्वदेशमै रोजगारीमा लाग्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारीमा लाग्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न आग्रह गरेका छन् । झापाको गौरादह नगर अस्पतालको आइतबार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार रचनात्मक कामबाट विकसित गराउने अभियानमा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले गौरादहमा निर्माण हुने उक्त अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरे । उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताए ।    ...
रविले थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सकियो सुनुवाइ

रविले थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सकियो सुनुवाइ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३१, चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ । हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । उक्त रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ सकिएको सर्वोच्च प्रशासनले जनाएको छ । लामिछानेका तर्फबाट उनकी श्रीमती निकिताले निवेदन दर्ता गराएकी थिइन् । यसअघि सहकारी ठगी प्रकरणमा १३ माघ २०८१ मा बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, उक्त आदेशविरुद्ध सरकारी वकिल पक्ष र रवि आफैं पनि उच्च अदालत बुटवल पुगेका थिए । सरकारी पक्षले धरौटीमा छाड्ने आदेश बदर गर्दै पुर्पक्षम...
प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास

प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन् । नगरपालिकाको वडा न १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयवासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिनसक्ने विश्वास व्यक्त गरे । उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए । मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न उनले आग्रह गरे । अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा रु १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग स...
शिक्षकका माग सम्बोधन गर्न शिक्षामन्त्री भट्टराई अर्थ मन्त्रालयमा

शिक्षकका माग सम्बोधन गर्न शिक्षामन्त्री भट्टराई अर्थ मन्त्रालयमा

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३१, चैत काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अर्थ मन्त्रालय पुगेकी छिन् । मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसदको आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद भइरहेको छ । शिक्षकको सेवा सुविधाको विषय अर्थ मन्त्रालयसँग पनि जोडिएकाले शिक्षामन्त्री भट्टराई अर्थ मन्त्रालय पुगेकी हुन् । ‘मन्त्रीज्यू अर्थमन्त्रालय जानु भएको छ । शिक्षकका सेवा सुविधाको विषयमा स्रोतको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने । यसअघि शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले पनि शिक्षकका कतिपय माग अबको बजेटबाट समाधान गर्नेगरी गृहकार्य भरहेको बताएका थिए ।...
नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै

नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै

खेलकुद, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३१ चैत, काठमाडौं । काठमाडौंमा आजदेखि सुरु भएको आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दैछ । तल्लो मुलपानी क्रिकेट मैदानमा निर्धारित समयभन्दा २ घण्टा ढिला गरी भएको टस जितेर यूएईका कप्तान पृथ्वी मधुले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । पछिल्लो केही दिनमा भएको वर्षाका कारण मैदानमा असर परेपछि केही भाग सुकाउने कामले गर्दा ढिलाइ भएको थियो । खेल ४० ओभरमा घटाइएको छ । नेपाल, अफगानिस्तान, यूएई, हङकङ र ओमान सहभागी छनोटमा शीर्ष हुने टोली आगामी वर्ष हुने यू(१९ विश्वकपमा छनोट हुनेछ ।...

विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
३१, चैत काठमाडौं । गएको एक वर्षमा विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा आठ हजार ८६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७४५ जनाको मृत्यु भएको हो । ती घटनामा परी ६९ जना बेपत्ता भएका र एक हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार एक वर्षमा विपद्बाट १८ हजार ९९१ घरपरिवार प्रभावित हुन पुगेका छन् । कुल रु तीन अर्ब १३ करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।...
राष्ट्रिय खेलाडी प्रीति राईलाई गृह जिल्लामा सम्मान

राष्ट्रिय खेलाडी प्रीति राईलाई गृह जिल्लामा सम्मान

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३१, चैत काठमाडौं । राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राईलाई गृह जिल्लामा सम्मान गरिएको छ । सृजनशील युवा समाज थुलुङ दूधकोशी, सोलुखुम्बुको काठमाडौँ सम्पर्क समितिले राईलाई ५५ हजार पाँचसय ५५ रुपियाँ नगदसहित सम्मान गरेको हो । सोलुखुम्बुमा जन्मेर राष्ट्रिय महिला फुटबल टिमको उत्कृष्ट खेलाडीका रूपमा परिचित राईलाई सोलुखुम्बुको गौरवका रूपमा सम्मान गरिएको समाजका अध्यक्ष योग्यप्रसाद राईले जानकारी दिए । एक कार्यक्रमको आयोजना गरी शनिवार नेपाल सरकारका रक्षामन्त्री मानवीर राई, कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा र थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असीम राईले संयुक्त रूपमा सम्मान गरेको हो । सम्मानपछि खेलाडी राईले खेल क्षेत्रबाट देशलाई चिनाउन लागिपर्ने बताएका छन् ।...
लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै

लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै

ताजा अपडेट, वातावरण, समाचार
३१, चैत काठमाडों । धार्मिक तथा सांस्कृतिक सम्पदा स्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-३ स्थित बुद्ध जन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला यही चैत २९ गते शुक्रबारदेखि सुरु भएको हो । यो मेला वैशाख २ गतेसम्म जारी रहने छ । बर्सेनि लाग्ने यो महोत्सव तथा मेला बुद्ध धर्मावलम्बीका लागि मात्र नभई विभिन्न धर्म एवं समुदायलाई समेत आकर्षित गर्ने एक विशेष अवसर पनि हो । यस मेलाले श्रद्धा, सांस्कृतिक विविधता र आध्यात्मिक ऊर्जाको संगमका रूपमा काम गर्ने गरेको बौद्ध भिक्षु विवेकानन्द पाण्डेले बताए । इसापूर्व ६२३ मा लुम्बिनीस्थित बगैँचामा माता मायादेवीको कोखबाट सिद्धार्थ गौतम बुद्धको जन्म भएको विश्वास गरिन्छ । बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको सम्झनामा मनाइने यो विशेष दिन हो । यो अवसरमा स्थानीय ...