ताजा अपडेट

चट्याङले एक महिनामा लियो ११ को ज्यान

चट्याङले एक महिनामा लियो ११ को ज्यान

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३१, चैत काठमाडौं । चट्याङका कारण एक महिनाको अवधिमा ११ जनाको ज्यान गएको छ । २०८१ साल चैत १ गतेदेखि चैत २९ गतेको अवधिमा ५१ वटा चट्याङका घटना हुँदा ११ जनाको मृत्यु र ४१ जना घाइते भएका हुन् । यो गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक हो । केन्द्रका अनुसार चट्याङ लागेर खोटाङ, झापा, मोरङ, धनुषा, अर्घाखाँची, रोल्पा, दैलेख, बाजुरा, बझाङ, डोटी र कञ्चनपुरमा एक–एक जनाको चट्याङ लागेर मृत्यु भएको हो  । चट्याङबाट प्रभावित परिवारको संख्या ६४ छ । आंशिक रुपमा घर क्षतिको संख्या ४ र पूर्ण रुपमा घर क्षतिको संख्या २ छ  । ७५पशुचौपायाको क्षति भएको छ । यसरी अनुमानित २४ लाख ४४ हजार रुपैयाँ बराबरको क्षति भएको केन्द्रको विवरणमा उल्लेख छ ।  ...
सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३१, चैत काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आज (आइतबार) सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेर कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य वृद्धि भइरहेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको हो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  ...
बुटवल-नारायणगढ सडक सञ्चालन

बुटवल-नारायणगढ सडक सञ्चालन

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३१, चैत, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको सडक राति ९ः०० बजेदेखि सञ्चालनमा आएको हो । विनयी खोलामा डाइभर्सन बनाएर एकतर्फी बाटो सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए । गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा विनयी खोलाको पुल भाँचिएपछि बनाइएको डाइभर्सन खोलाले बगाएपछि दिनभर सडक अवरुद्ध भएको थियो ।बाढीले डाइभर्सन नै बगाएपछि सयौँ यात्रु तथा सवारी बीच बाटोमा अलपत्र परेका थिए । डाइभर्सन नहुँदा नारायणगढ–बुटवल भएर चल्ने सवारीसाधन पूर्ण रूपमा अवरुद्ध भएका थिए भने अत्यावश्यक साधनलाई होङ्सी सिमेन्ट उद्योगको ...
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने

वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३१, चैत भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएको छ । नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले दुई वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थियो । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थियो । जात्राका लागि चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्धकृष्णले बताए । उनका अनुसार जिब्रो छेड्ने व्यक्तिले ती...
पूर्वप्रहरी महानिरीक्षक राणाको निधन

पूर्वप्रहरी महानिरीक्षक राणाको निधन

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३१, चैत काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणा ७८ वर्षको उमेरमा निधन भएको छ । उनको गए राति नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । राणाको पशुपति आर्यघाटमा आजै ११ बजे अन्त्येष्टि गरिने छ । उनी २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनका थिए ।
यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो : गृहमन्त्री लेखक

यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो : गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३०, चैत काठमाडौं । गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताएका छन् । आज (शनिवार) तराई यातायात व्यवसायी संघको १८ औँ वार्षिक साधारण सभा बाराको सिमरामा बोल्दै उनले उद्योग,व्यापार,पर्यटन,शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसंग जोडिएको बताउँदै यातायात व्यवसायिको भूमिका अतुलनिय रहेको बताए । उनले कृर्षि उत्पादनको बजारसम्म पहुँच,मानव स्रोतमाथिको निर्भरता लगायत सीमा पार व्यापारमा यातायात व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको बताए । “सडक संरचना र यसको स्तरले ल्याएको समस्या र चुनौती,यातायात क्षेत्रमा देखा परेका केही प्रशासनिक झण्झट लगायतका धेरै समस्या र सवालहरू छन ।” मन्त्री लेखकले भने “तपाईँहरूले उठाउँदै आएका विषयमा के गर्न सकिन्छ भन्ने कुरामा नेपाल सरकार गम्भीर छ ।” यातायात क्षेत्रमा नियमको कार्यान्वयन,व्यवसायीले भुक्तानी गर्ने कर संरचना र याता...
बालाजु बाइसधारा मेलामा धार्मिक श्रद्धालु भक्तजनहरुको भिड

बालाजु बाइसधारा मेलामा धार्मिक श्रद्धालु भक्तजनहरुको भिड

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
३०, चैत काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल बालाजु बाइसधारामा आजदेखि बाइसधारा मेला सुरु भएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेलाको पहिलो दिन शनिबार बिहानैदेखि स्नान गर्न र पूजा अर्चनाका लागि भक्तजनहरूको भिड लागेको छ। २२ धाराबाट लगातार बगिरहेको शुद्ध पानीमा स्नान गरेमा शारीरिक र मानसिक शुद्धि हुने विश्वास रही आएको छ। विशेषतः चैत शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा पुण्य प्राप्त हुने धार्मिक मान्यता छ। बालाजु बाइसधारा धार्मिक महत्त्वका साथै सांस्कृतिक र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण स्थल हो। यस मन्दिर परिसरमा बुद्धका मूर्तिहरू, प्राचीन स्तम्भहरू, जल कुण्ड र हरियालीले पर्यटकलाई आकर्षित गर्छ। मेलाको समयमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने दर्शनार्थी, साथै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य हुने गर्छ। ...
नेपाल आयल निगमको नाफा नौ अर्ब ५० करोड

नेपाल आयल निगमको नाफा नौ अर्ब ५० करोड

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३०, चैत काठमाडों । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ । निगमको आज आयोजित ४३औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो । निगमले गत आवमा रु तीन खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेकामा रु तीन खर्ब ६४ अर्ब ५२ करोड बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो । निगमले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा रु तीन खर्ब ८३ अर्बको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्रीवितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउँदै आइरहेको छ ।...
तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा

तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३०, चैत काठमामडौं । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठद्वारा निःशुल्क शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन् । कोषाध्यक्ष श्रेष्ठले मृतक श्रेष्ठको परिवारको आर्थिक अवस्था कमजोर भएको जानकारी पाएकाले उनको छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको प्रबन्ध गरिएको जानकारी गराए । “सविनको परिवारसँग छलफलपछि उहाँहरूको आर्थिक अवस्था कमजोर रहेको थाहा भयो, राम्रो विद्यालयमा पढाउने इच्छा रहेछ, इच्छाअनुसार महर्जनकी आठ वर्षीया छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरेको छु । विद्यालय प्रशासन र कीर्तिपुर नगरपालिकाका नगरप्रमुखसँगसमेत यस विषयमा कुरा भएको छ”, श्रेष्ठले भने । नेता श्रेष्ठले लामो समयसम्म शैक्षिक क्षेत्रमा योगदान गर्दा धेरैलाई सहयोग गरेको बताउँदै आफ्नो अभिभावक गुमाएकी बालिकाको ...
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा

काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३०, चैत काठमाडौं । काठमाडौँ उपत्यकामा आज बिहान हावाहुरीसहित वर्षा भएको छ । काठमाडौँसहित देशका केही भू-भागमा आज बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँमा वर्षा हुन थालेपछि वातावरणमा देखिएको दूषित धुँवा एवं तुवाँलो हट्ने अनुमान गरिएको छ । दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा पूर्णदेखि आंशिक बदली हुने जनाइएको छ । यसैगरी हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाकोसमेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...