ताजा अपडेट

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, फागुन काठमाडौं । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकायरआयोजनाको पुँजीगत बजेटको कार्यप्रगति ९अर्धवार्षिक०को बारेमा छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा माउन्ट एभरेस्ट ब्रुअरी प्रा।लि मा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा अर्थ मन्त्रालय,नेपाल राष्ट्र बैंक र उद्योग मन्त्रालयका प्रतिनिधिसँग छलफल हुनेछ ।...
महाशिवरात्रिलाई भव्य बनाउन पर्यटनमन्त्रीको निर्देशन

महाशिवरात्रिलाई भव्य बनाउन पर्यटनमन्त्रीको निर्देशन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
९, फागुन काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रि भव्य रूपमा सम्पन्न गर्नेगरी तयारी तीव्र र व्यवस्थित बनाउन निर्देशन दिएका छन् । महाशिवरात्रिको पूर्वसन्ध्यामा महाशिवरात्रि तयारीको अवस्थाबारे जानकारी लिन पर्यटनमन्त्री पाण्डे शुक्रवार बिहान पशुपतिनाथ पुग्नुभएका मन्त्री पाण्डेले महाशिवरात्रिलाई भव्य बनाउन तयारी व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिए । उनले विगतका वर्षहरुमा भन्दा अझ बढी व्यवस्थित बनाइ भक्तजनलाई सहज रूपमा दर्शन गर्न मिल्ने गरी तयारी गर्न आग्रह गरे । महाशिवरात्रि नेपालीहरूको महान् पर्व भएको र नेपाललाई चिनाउने पशुपति नाथ भएकाले पशुपतिनाथको महिमालाई शिखरमा पुर्‍याउने दिन महाशिवरात्रि भएको उल्लेख गरे । महाशिवरात्रिलाई जति व्यवस्थित गर्नसक्यो त्यति नै महत्त्व बढ्ने बताए ।...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
९, फागुन काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर एक लाख ७० हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य एक लाख ७१ हजार एक सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलाको एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।...
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी

नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी

ताजा अपडेट, वातावरण, समाचार
९, फागुन काठमाडौं । नेपाल टेलिकममा विभिन्न पदका ६९ जना कर्मचारीका लागि विज्ञापन खुलेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि नेपाल टेलिकमले आज विज्ञापन खुलाएको हो । आज सार्वजनिक सूचनामा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा दरखास्त दिन आह्वान गरिएको छ । आवेदन दिने म्याद यही फागुन २९ गतेसम्म छ । त्यसपछि दोब्बर परीक्षा दस्तुर तिरेर चैत ७ गतेसम्म दरखास्त दिन सकिने छ ।...
पृथ्वीराजमार्ग एक महिना आंशिक बन्द हुने

पृथ्वीराजमार्ग एक महिना आंशिक बन्द हुने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
९, फागुन तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन आजदेखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँपुलसम्म पॉच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न लागिएको हो । उक्त खण्ड आवश्यकतानुसार समयसमयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिने मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलले वैकल्पिक मार्ग (विमलनगर–मस्र्याङ्दी पुल–कुमाल गाउँ–नयाँपुल पुल) को प्रयोग गर्न र ठूला सवारीसाधनले सवारी रोक्दा, सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न अनुरोध गरिएको पाण्डेले उल्लेख गरे ।...
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
९, फागुन काठमाडौं । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन गर्नु यो दिवसको मुख्य उद्देश्य हो । सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो । यद्यपि संयुक्त राष्ट्रसङ्घको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो । आज भाषाहरूले विकास, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवाद सुनिश्चित गर्न पेरिसस्थित युनेस्कोको प्रधानकार्यालयमा ‘प्राविधिक संवाद, उच्चस्तरीय छलफल सत्र र सांस्कृति प्रदर्शन’ लगायत विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रि...
आजको मौसम  : यी चार प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
९, फागुन काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थान...
स्ववियु चुनावमा रास्वपाले उम्मेदवारी नदिने

स्ववियु चुनावमा रास्वपाले उम्मेदवारी नदिने

ताजा अपडेट, राजनीति, समाचार
८, फागुन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले जनाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा ५ चैतमा स्ववियु निर्वाचन हुन लागेको छ । अन्य पार्टीका विद्यार्थी संगठन समेत भएकाले स्ववियु निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका विद्यार्थी संगठनका नेताहरू स्ववियुको तयारीका लागि जुटिसकेका छन् । संसद्को चौथो दल रास्वपाले विद्यार्थी संगठन नबनाउने नीति लिएको छ । त्यसैले उम्मेदवारी नहुने रास्वपाको भनाइको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले स्ववियु निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार नहुने जानकारी गराए ।...
भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
८, फागुन काठमाडौं । बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ को सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको हो । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिल घर भएका प्रहरी हवल्दार खडायत बुधवार बेलूकी घरबाट कार्यालय गइरहेका बेला भिरबाट लडेर गम्भीर घाइते भएका थिए । तत्काल उनलाई गोकुलेश्वर अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।...
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्छौं : मन्त्री खड्का

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्छौं : मन्त्री खड्का

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८, फागुन काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गदै उले यस्तो बताएको हो । उनले सरकार स्वच्छ ऊर्जा रुपान्तरणसम्बन्धी लक्ष्य हासिल गर्न गम्भीर रहेको बताए । उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक हालै राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेश भएको जानकारी दिए । मन्त्री खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक हालै राष्ट्रियसभाबाट पारित भई प्रतिनिधि सभामा पेश भएको र विधेयकलाई छिट्टै प्रतिनिधिसभाबाट पारित गराई ऐनको रुप दिने कार्य आफ्नो उच्च प्राथमिकतामा रहेको बताए । विधेयकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र ऊर्जा रुपान्तरणको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई नयाँ सङ्गठनमा रुपान्तरण गर्न र नयाँ...