ताजा अपडेट

सहिद साझा सम्पत्ति हुन्, सम्मान गर्नु राज्यको दायित्व : प्रचण्ड

सहिद साझा सम्पत्ति हुन्, सम्मान गर्नु राज्यको दायित्व : प्रचण्ड

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
८, फागुन गोरखा। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन सम्भव भएको र उनीहरु देशका साझा सम्पत्तिको रुपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताएका छन् । गोरखाको गोरखा नगरपालिका १४ गोप्लिङस्थित एकै घरबाट तीन जना सहिद भएका नहर्की परिवारसँग भेट गर्दै उनले यस्तो धारणा राखेका हुन् ।‘राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरु भएका छन्, तीमध्ये सबैभन्दा ठूलो र लामो समयसम्म चलेको आन्दोलन महान् जनयुद्ध हो’– अध्यक्ष प्रचण्डले भने, ‘यसमा हजारौं जनताका छोराछोरीको रगत बगेको छ, यही रगतको जगमा नै आजको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सम्पूर्ण सहिदहरु देशका साझा सहिद हुन्, उनीहरुको सम्मान गर्नु राज्यको दायित्व हो ।’ पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरुको योगदानलाई प्राथमिकतामा राख्दै आएको...
बालबालिकाका लागि क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण

बालबालिकाका लागि क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८, फागुन काठमाडौं । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच ती ओषधि हस्तान्तरण गरिएको हो । नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिको पहिलो चरणको औषधि आइतबार प्राप्त गरेको थियो । यी औषधिहरु भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, बीपी कोइराला क्यान्सर अस्पताल, चितवन, कान्ति बाल अस्पताल, काठमाडौँ र पाटन अस्पताल, ललितपुरमा उपलब्ध हुनेछन् । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले पहिलो चरणमा १० प्रकारका औषधि ल्याइएको जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठन नेपाल कार्यालयले बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधि दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको जनाएको छ ।...
कांग्रेस सभापति देउवाको भारत भ्रमण रद्द

कांग्रेस सभापति देउवाको भारत भ्रमण रद्द

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, फागुन काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा आज भारत जाने तयारीमा थिए । शुक्रबार र शनिबार प्रयागराजमा हुने समिटमा देउवालाई वक्ताका रुपमा आमन्त्रित गरिएको थियो । अन्तिम समयमा आएर देउवाको भ्रमण रद्ध भएको हो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा भारत नजाने जानकारी दिए ।...
प्रेस चौतारी एसोसियट प्रदेश समितिको अध्यक्षमा पुन: श्रीहरि थापा चयन,श्यामसुन्दर पुडासैनी राष्ट्रिय पत्रकारिता पुरस्कार शर्मालाई

प्रेस चौतारी एसोसियट प्रदेश समितिको अध्यक्षमा पुन: श्रीहरि थापा चयन,श्यामसुन्दर पुडासैनी राष्ट्रिय पत्रकारिता पुरस्कार शर्मालाई

ताजा अपडेट, बिशेष, समाचार
सीता पौडेल ८ फागुन,काठमाडौं । प्रेस चौतारी नेपाल एसोसियट प्रदेश समितिको अध्यक्षमा पुन: श्रीहरि थापा चयन भएका छन् । सो प्रदेशको बुधबार काठमाडौंमा सम्पन्न दोस्रो अधिवेशनबाट थापाको नेतृत्वमा सर्वसम्मतले नयाँ कार्यसमिति चयन भएको प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।  समितिका नवनिर्वाचित उपाध्यक्षमा रघुनाथ सापकोटाका अनुसार समितिले हरेक वर्ष प्रदान गर्नेगरि यस वर्षबाट १५ हजार ५ सय ५५ राशीको स्वर्गीय ‘श्यामसुन्दर पुडासैनी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार दिन शुरु गरेको छ।२०८१को सो पुरस्कार अनलाइनखबरमा आबद्ध पत्रकार विष्णु शर्मालाइ प्रदान गरिएको उनले बताए । उक्त अधिवेशनबाट अध्यक्ष थापासहित उपाध्यक्षमा रघुनाथ सापकोटा र स्वस्तिका थापा चयन भएका छन् ।भने,महासचिवमा मनोज न्यौपाने र कोषाध्यक्षमा विक्रम सुनार सर्वसम्मत चयन भएका छन्। यसैगरी सचिवमा अजमत ...
आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, फागुन काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरवारमा बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ । यस्तै, बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।...
सुनको मूल्य फेरि उच्च विन्दुमा

सुनको मूल्य फेरि उच्च विन्दुमा

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
८, फागुन काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ । यो मूल्य नै नेपाली बजारमा उच्च हो । यद्यपि यसअघि कात्तिक १५ गते पनि यहीं मूल्य कायम भएको थियो ।अघिल्लो दिनको तुलनामा आज ५ सय रुपैयाँ मूल्य बढेको हो । चाँदी तोलमा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९८५ रुपैयाँ रहेको चाँदी आज १९९५ रुपैयाँ पुगेको छ ।...
कक्षा ११ र १२को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक

कक्षा ११ र १२को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक

ताजा अपडेट, बिशेष, वातावरण, शिक्षा, समाचार
८, फागुन काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को २०८२ सालमा सञ्चालन गरिने साधारण धारतर्फका आंशिक तथा ग्रेड वृद्धि एवं प्राविधिक धार तर्फका आंशिक परीक्षार्थीहरूको समय तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना जारी गर्दै साधारण तथा आंशिकतर्फको परीक्षा तालिका सार्वजनिक गरेको हो । वार्षिक परीक्षा आगामी बैशाख २६ गतेदेखि सुरु भएर जेठ १६ गते सकिने छ । हरेक परीक्षा बिहान ७ : ०० बजेदेखि १०ः ०० बजेसम्म सञ्चालन हुनेछ ।...
प्रधानमन्त्री ओली आज पोखरा जाँदै

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् । पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज पोखरा जान लागेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली बिहान १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा प्रस्थान गर्ने कार्यक्रम छ । दीक्षान्त समारोह पोखरा महानगरपालिका-३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ ।...
संविधान सभा सदस्य सापकोटाको निधन

संविधान सभा सदस्य सापकोटाको निधन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, फागुन काठमाडौं । संविधान सभाका सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । सापकोटाको आज बिहान चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका क्रममा निधन भएको एकीकृत समाजवादीले जनाएको छ । ५९ वर्षीय सापकोटाले नेकपा (एमाले) काभ्रेपलान्चोकको लामो समय नेतृत्व गरेका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन अवस्थामा काभ्रे निर्वाचन क्षेत्र ४ बाट निर्वाचित भएका थिए । सापकोटाको पार्थिव शरीर बिहीबार पार्टी कार्यालय आलोकनगरमा केहीबेर श्रद्धाञ्जलीका लागि राखेर आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने एकीकृत समाजवादीले जनाएको छ ।...
कांग्रेस सभापित देउवा भारत जाँदै

कांग्रेस सभापित देउवा भारत जाँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८ फागुन,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज भारत भ्रमणमा जाने भएका छन्। उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेका हुन्। उनी आज दिउँसो ३ बजे भारत प्रस्थान गर्ने सभापति देउवाको सचिवालयले जनाएको छ।प्रयागराजमा शुक्रबार र शनिबार हुने इन्डिया फाउन्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जान लागेका हुन्। उक्त कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन्।शुरु भएको ४५ दिनमा फागुन १४ गते कुम्भ मेला सकिँदैछ।  सभापति देउवा शनिबार स्वदेश फर्किने कार्यतालिका रहेको बताइएको छ।...