ताजा अपडेट

विचार र सिद्धान्तलाई व्यवहारमा लागू गर्ने सक्षम,नैतिकवान,इमान्दार र दुरदर्शी नेतृत्वले नै संगठन बलियो बनाउन सक्छ : मन्त्री  गुरुङ

विचार र सिद्धान्तलाई व्यवहारमा लागू गर्ने सक्षम,नैतिकवान,इमान्दार र दुरदर्शी नेतृत्वले नै संगठन बलियो बनाउन सक्छ : मन्त्री  गुरुङ

ताजा अपडेट, ब्यानर-२, समाचार
सीता पौडेल ८ फागुन,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले कुनै पनि पार्टी र संगठन बलियो बनाउन विचार र सिद्धान्तलाई व्यवहारमा लागू गर्ने सक्षम,नैतिकवान,इमान्दार र दुरदगामी सोच भएको नेतृत्व आवश्यक पर्ने बताएका छन् । प्रेस चौतारी नेपाल एशोसिएट प्रदेश समितिको बुधबार काठमाडौंको बागबजार स्थित हार्दिक होटलको सभाहलमा भएको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले कुनै पनि पार्टी र संगठनमा विचार,नीति र सिद्धान्तमा अडिक भएको,पार्टी र संगठनलाई माया गर्ने,संगठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवादलाई चिनेर परास्त गर्न पहल गर्ने,सबल र सक्षम नेतृत्व आवश्यक पर्ने बताए । उनले भने, ‘ संगठनभित्र संगठनात्मक अराजगता बढ्दै गएको छ,नीति सिद्धान्त अनुसार नचल्ने,गुटबन्दी गर्ने व्यक्तिलाई टीका लगाएर नेतृत्व सुम्पिन हुँदैन।मार्क्सवाद र लेलिनवादको सिद्...
काभ्रेको तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु

काभ्रेको तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
८, फागुन काठमाडौं । जन्ती पुर्‍याएर फर्किएको बस तेमाल गाउँपालिका-३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।...
बागलुङको तित्याङमा ओखर खेती विस्तार

बागलुङको तित्याङमा ओखर खेती विस्तार

ताजा अपडेट, वातावरण, समाचार
८, फागुन बागलुङ । बागलुङको तित्याङमा ओखर खेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाझिँदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय रोपनी जग्गामा ओखर खेती थालेको छ । नगरपालिकाले गत वर्षदेखि बाँझो जग्गामा रहेका कुकाठ हटाउने अभियानसँगै सुक्खा फलफूलखेती गर्न स्थानीयलाई प्रेरित गर्न थालेको हो । बागलुङ नगरपालिका–९ तित्याङको डोय क्षेत्रमा गत वर्ष र यस वर्ष गरी २८० रोपनी जग्गामा ओखर खेती विस्तार गरिएको वडाअध्यक्ष राजु थापाले जानकारी दिए । तित्याङमा गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रु १० लाख र स्थानीयको रु आठ लाख लगानीमा एक सय ४० रोपनी जग्गामा दुई हजार २५० ओखरका बिरुवा लगाइएकामा यस वर्ष नगरपालिकाको रु १२ लाख र स्थानीयको रु आठ लाख गरी रु २० लाखमा जुरेढुङ्गा क्षेत्रको १४० रोपनी जग्गामा एक हजार ५०० ओखरका बिरुवा लगाउन थालिएको व...
भैरहवा ल्याइयो प्रकृतिको शव

भैरहवा ल्याइयो प्रकृतिको शव

ताजा अपडेट, वातावरण, समाचार
८, फागुन रुपन्देही । भारतको कलिगां इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव भैरहवा ल्याइएको छ । लम्सालको शव परीक्षणपछि लम्सालको पार्थिव शरीर हवाई मार्ग हुँदै भारतको गोरखपुर र त्यहाँदेखि सडकमार्गबाट बेलहिया नाका हुँदै बुधबार साँझ यहाँ ल्याइएको हो । सिद्धार्थनगर नगरपालिका–८ घर भएका लम्साल परिवारका केही सदस्य आउन ढिलाइ भएका कारण शवलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।...
तीन वर्षभित्र भूमि समस्या समाधान गर्ने आयोगको प्रतिबद्धता

तीन वर्षभित्र भूमि समस्या समाधान गर्ने आयोगको प्रतिबद्धता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, फागुन महोत्तरी । भूमि समस्या समाधान आयोगका पदाधिकारीले तीन वर्षभित्र भूमिसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बर्दिबासमा आयोगले आयोजना गरेको सरोकार भएकाहरुसँगको मधेस प्रदेशस्तरीय अन्तक्र्रियामा आयोग पदाधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । “वर्तमान आयोगले आफ्नो कार्यकालको तीन वर्षभित्रै सबै भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरीसक्ने छ”, कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले प्रतिबद्धता जनाउँदै भने, “यस कार्यका लागि तीनै तहका सरकार, सरोकारवाला र सम्बद्धपक्षबीच समाधानमुखी सहकार्य भने अपरिहार्य छ ।” यसका लागि आयोगले अहिले भूमिसम्बन्धी वर्तमान समस्याको पहिचान, कामहरुको प्राथमिकीकरण र भूमिसम्बन्धी अध्यादेशको संशोधनका विषयमा केन्द्रित भई काम गरिरहेको उनको भनाइ छ । कार्यक्रममा आयोगका पदाधिकारीले भूमिहीन दलित, सुकुमबासी र अव...
आजको मौसम  : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
८, फागुन काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा पहाडी भू(भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। गण्डकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरे स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्...
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
७, फागुन काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो । टेलिमेडिसिन क्षेत्रतर्फ डा। छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा. विराजसिंह थापा मोरङ, कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) ले पुरस्कृत घोषित भएका हुन् । यस्तै चिकित्सा क्षेत्रतर्फ डा। ओम मूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी लमजुङ, सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), मानव सेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकार...
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री

असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
७, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पारे । “लोकतन्त्रको उज्यालोकै कारण आज डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौँ, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ”, प्रधानमन्त्रीले भने, “सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरिरहेका छौँ । यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सफल हुनेछौँ । ”प्रधानम...
प्रजातन्त्र दिवस जनताको दिवस होस् पूर्व राष्ट्रपति : डा. यादव

प्रजातन्त्र दिवस जनताको दिवस होस् पूर्व राष्ट्रपति : डा. यादव

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
७, फागुन काठमाडौं । पूर्व राष्ट्रपति डा। रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा उनले नेपालको राजनीतिक इतिहासमा फागुन ७ महत्त्वपूर्ण भएकाले सबै नेपालीले गौरवपूर्ण ढंगबाट यो दिवस मनाउन आह्वान गरे । पूर्वराष्ट्रपति यादवले भने, “यो जनताको दिवस हो । जनताका अधिकार प्राप्तिका सन्दर्भमा कोसेढुंगाका रूपमा यो दिनलाई लिनुपर्छ । २००७ को परिवर्तन जुन ढंगबाट भयो जनताको अधिकार प्राप्तिको लडाइँबाट जनता स्वतन्त्रता भएको दिन हो, आज ।” फागुन ७ गतेले लोकतान्त्रिक राजनीतिक स्थापना गर्न मार्ग निर्देश गरेको बताउँदै उनले मुलुकमा धेरै उतारचढाव हुँदै बि।सं। २०४६ र २०६२र०६३ को जनआन्दोलनमार्फत सामन्ती संस्थाको निर्मूल र नष्ट गरी अघि बढ्न सम्भव भएको धारणा राखे । पूर्वराष्ट्रपति डा। यादवले भने, “अ...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
७, फागुन काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा १ हजार ९७० रुपैयाँमा कायम भएको थियो ।...