पूर्वाधार सडक र स्थानीय तहमा अस्पताल निर्माण सरकारको प्राथमिकतामा छन् : प्रधानमन्त्री ओली
४, फागुन काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यसअघि प्रधानमन्त्री हुँदा थालनी भएका स्थानीय तहका अस्पताल निर्माणलगायत पूर्वाधार विकासका काममा सरकारले प्राथमिकता दिएको बताएका छन् ।
प्रतिनिभिसभाको आजको बैठकमा सांसद्ले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालको आवश्यकता महसुस गरी सोको निर्माण सुरुवात गरेको स्मरण गराउँदै आफूपछिका सरकारहरूले ती कार्यक्रमहरू रद्द गरेपछि निर्माण रोकिएको बताए ।
“सबै सडक र अस्पतालहरूको निर्माण सम्पन्न गर्न ठुलो बजेटको आवश्यकता पर्छ । ती अस्पतालहरू केही सङ्ख्यामा निर्माण सम्पन्न भएका छन् । उपलब्ध स्रोत र साधनलाई ध्यान दिई बाँकी सडक र अस्पतालहरू प्राथमिकतापूर्वक निर्माण भइरहेका छन्”, प्रधानमन्त्री ओलीले भने “सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएक...








