ताजा अपडेट

आज प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

आज प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
४, फागुन काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद   बमोजिम प्रतिनिधि सभा सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। यस्तैगरी गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।...
विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले ग¥यो कवि गोष्ठी तथा श्रष्टा सम्मान र हर्क याक्सोको पैतालाका डोबहरु सार्वजनिकीकरण

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले ग¥यो कवि गोष्ठी तथा श्रष्टा सम्मान र हर्क याक्सोको पैतालाका डोबहरु सार्वजनिकीकरण

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, साहित्य
सीता पौडेल ४ फागुन,काठमाडौं ।नेपाली भाषा,साहित्य र संस्कृतिको उनन्नयनका लागि सधैं अग्रसर साहित्यप्रेमीहरु आबद्ध रहेको संस्था ‘ विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान’ ले कवि गोष्ठी तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंको घट्टेकुलो स्थित घट्टेकुलो विकास समाजको भवनको एक सभाहलमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम निकै भव्य र सभ्य रुपमा सम्पन्न भएको प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाइँले बताए। साथै सोही कार्यक्रमका माझ साहित्यकार तथा लेखक हर्क याक्सोद्धारा लिखित  ‘पैतालाका डोबहरु’ आत्मकथाको विमोचन गरिएको अध्यक्ष प्रसाइँले जानकारी दिए । नेपाली भाषा,साहित्य र संस्कृतिको विकास र प्रवद्र्धनमा साहित्यकार अर्थात साहित्यप्रेमीहरुको थ...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
४, फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रुपैयाँ ४० पैसा र बिक्रीदर १७५ रुपैयाँ १५ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १५३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३४ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । जापा...
‘अझै वर्षा हुने बलियो मौसमी प्रणाली विकसित भएको छैन’

‘अझै वर्षा हुने बलियो मौसमी प्रणाली विकसित भएको छैन’

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
४, फागुन काठमाडौं । अझै वर्षा हुने बलियो मौसम प्रणाली विकसित नभएकामे जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम बदली भए पनि यो कमजोर प्राणाली विकसित भएकाले पश्चिम क्षेत्रका केही ठाउँमा छिटपुट वर्षा भएको तर ठूलो पानी नपार्ने महाशाखाले जनाएको छ । विगतमा पनि यसैगरी प्रणाली विकास भएको बताउँदै महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पानी पार्ने खालको भने भएको उल्लेख गरिन् । आजको प्रणाली पनि त्यसैको निरन्तरता भएको मौसमविद्ले जनाएका छन् । वरिष्ठ मौसमविद् मानन्धरले भनिन्, ‘पश्चिम क्षेत्रमा हल्का छिटपुट वर्षाको सम्भावना छ । आज देशैभर धुम्म बादल लागिरहेको छ, काठमाडौँमा पनि त्यही अवस्था हो, सुुदूरपश्चिम, कर्णालीमा छिटपुट वर्षा हुने भए पनि कमजोर प्रणाली हो । उनले यो हिउँदमा विभिन्न प्रणाली आए पनि वर्षा गराउने प्रणाली भने नआएको बताइन् । विगतमा वर्षा कम गराउने आकलनअनुसार नै यसपालि वर्षा कम...
पेट्रोल महँगियो, डिजेल–मट्टीतेल सस्तो

पेट्रोल महँगियो, डिजेल–मट्टीतेल सस्तो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
४, फागुन काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ। नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ महँगिएको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ सस्तो भएको छ। निगमले शनिबार, १५ फेब्रुअरी २०२५ मा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गरेको हो। पेट्रोलको खरिद मूल्यमा ५८ पैसा वृद्धि भएकाले उपभोक्ता मूल्य १ रुपैयाँले बढाइएको निगमले जनाएको छ। त्यस्तै, डिजेल र मट्टीतेलको खरिद मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेकाले खुद्रा मूल्यमा ४ रुपैयाँको कटौती गरिएको हो।...
आजको मौसम : यी चार प्रदेशमा हिमपातको सम्भावना

आजको मौसम : यी चार प्रदेशमा हिमपातको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
४ फागुन,काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।जसका कारण आज बिहान कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै दिउँसो पनि देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको भनाई छ।कोशी,बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ । उता राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का ह...
बुटवललाई आममानिसको रोजाइको सहर बनाउन लागि परेका छौँ : उपमहानगर प्रमुख पाण्डेय

बुटवललाई आममानिसको रोजाइको सहर बनाउन लागि परेका छौँ : उपमहानगर प्रमुख पाण्डेय

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३, फागुन बुटवल । स्थानीय जनप्रतिनिधिले कार्यभार सम्हालेको साढे दुई वर्ष पूरा भएको छ । सङ्घीयता कार्यान्वयनपश्चात्को दोस्रो कार्यकालका रूपमा देशभरका सात सय ५३ स्थानीय तहहरूमा जनप्रतिनिधि स्थानीय विकास, कानुन निर्माण र सङ्घीयताको अभ्यास गरिरहेका छन् । यीमध्येको एक बुटवल उपमहानगरपालिकाले यसबीचमा विकास निर्माण, कानुन निर्माण र सङ्घीयताको मर्मबमोजिमका कामहरू गर्दै आएको छ । देशको मध्यभागमा रहेको यो क्षेत्रको बलियो स्थानीय सरकारका रूपमा बुटवल उपमहानगरपालिकालाई चिनिन्छ । विगतमा खस्यौली, बटौली, बुटौलजस्ता नाममा स्थापित अहिलेको बुटवल सयौँ वर्षअघि गणराज्यको राजधानी र व्यापारिक नाका थियो । जितगढी किल्लामा नेपालले अङ्ग्रेजहरूलाई दुई सय वर्षअघि हराएका थिए । सेनवंशीय राजाहरूले यहीँ शीतकालीन राजधानीका रूपमा प्रयोग गरेका थिए । नुन र कपडाको व्यापारसँग जोडिएको महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग...
भूमिहीन दलितका लागि राज्यले नै जमिन उपलब्ध गराउनु पर्ने वाध्यात्मक : महासचिव पोख्रेल

भूमिहीन दलितका लागि राज्यले नै जमिन उपलब्ध गराउनु पर्ने वाध्यात्मक : महासचिव पोख्रेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३, फागुन काठमाडों । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले भूमिहीन दलितका लागि राज्यले नै जमिन उपलब्ध गराउनु पर्ने वाध्यात्मक भएको बताएका छन् । सरकारले ल्याएको भुमहिन विधेयक विरोध भइरहेको बेला एमाले महासचिव पोख्रेले संविधानको मौलिक हक अन्तरगतको धारा ४० (५० ले भूमिहीन दलितका लागि एक पटक राज्यले नै जमिन उपलब्ध गराउनु पर्ने वाध्यात्मक व्यवस्था गरेको सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै सबैमा स्पष्ट परेका हो । त्यसका लागि राज्यले नै आवश्यक जमिनको व्यवस्था गर्नुपर्ने हुन्छ, उनले भने, (मौलिक हक अन्तर्गत नै संविधानको धारा ३७ (१० ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक प्रदान गरेको छ । यस अर्थमा भूमिहीन सुकुम्वासीलाई आवास सुविधाका लागि बसोबास गरेकै ठाउँमा वा उपयुक्त ठाउँमा जमिनसँगै आवास सुविधा उपलब्ध गराउनु राज्यको दायित्व रहेको महासचिव पोख्रेलले बताए । नेपालमा ठुलो सङ्ख्यामा नागरिकहरूले वर...
आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना

आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३, फागुन काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही भू-भागहरूमा हुस्सुरकुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट पर्न सक्ने असरबाट सुरक्षित रहन आवश्यक पर्ने उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने

काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३, फागुन काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा बिजुली काटिने छ । प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १५ बजेसम्म बिजुली प्रवाह रोकिनेछ । सो फिडर अन्तर्गत वितरित विभिन्न स्थानलगायतका क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न गर्न प्राधिकरण क्रियाशिलसमेत रहने सूचनामा उल्लेख छ । यस्तै, सोही वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत पर्ने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तोलिम केन्द्र, निर्मल निवासलगायतका स्थानमा उच्च क्षमताको प्रस...