ताजा अपडेट

बुनपाको चौथो रोजगार तथा वृत्ति मेला अवलोकन गर्ने युवाहरुको घुँइचो,छुटेकाहरुबाट भोलि पनि आवेदन संकलन गरिने (फोटो फिचरसहित)

बुनपाको चौथो रोजगार तथा वृत्ति मेला अवलोकन गर्ने युवाहरुको घुँइचो,छुटेकाहरुबाट भोलि पनि आवेदन संकलन गरिने (फोटो फिचरसहित)

ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
सीता पौडेल २,फागुन काठमाडौं।बुढानीलकण्ठ नगरपालिकाको चौथो रोजगार तथा वृत्ति मेलाको आज पहिलो दिन नै मेला अवलोकन गर्ने युवाहरुको घुइँचो लागेको छ। मेलामा रोजगारीको लागि फारम भरेका क्षमतावान बेरोजागार १०० जना युवालाई तत्काल रोजगारीमा जोडिदैं छ। भने,विभिन्न कारणले आवेदन दिन छुटेका बेरोजगार युवाहरुलाई भोली बिहान ९ बजेपछि पनि नगर कार्यपालिकामा आएर आवेदन दिन सक्ने नगरपलिकाले जनाएको छ। आज शुक्रबार बिहान ९ बजेदेखि नगरपालिकाको प्रांगणमा शुरु भएको सो मेलाको शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री माननीय विद्या भट्टराईले उद्घाटन गरेकी थिइन्। मेलामा बढी भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका उद्यमीहरुलाई स्टल राख्न दिने व्यवस्था मिलाइएको छ। मेलामा  ४२ वटा स्टल राखिएका छन् । जसमा २० वटा रोजगारदाता,६ वटा शिक्षा,सिप तथा तालिम प्रदायक,३ वटा उन्नयनशील युवा उद्यम,७ वटा रमाइलो शुक्रबार प्रवद्र्धक र ...
निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ : कांग्रेस महामन्त्री थापा

निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ : कांग्रेस महामन्त्री थापा

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
२ फागुन,काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती सेवाको खुला प्रतियोगितामा सेवाभित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।बैठकमा महामन्त्री थापाले निजामती सेवामा खुला प्रतियोगिताका लागि १० प्रतिशत,अन्तरतहबाट २०, आन्तरिक प्रतियोगिताबाट २० र बढुवाद्वारा ५० प्रतिशत प्रस्ताव गरे। उनले खुला प्रतियोगिताको १० प्रतिशतमा पनि ४० प्रतिशत फ्रेस र ६० प्रतिशत गैर निजामती सेवा, गैरसरकारी सेवामा रहेकाहरूका लागि प्रस्ताव समेत गरेका छन् । उनले भने, ‘निजामती सेवामा बाहिरबाट अनुभव बोकेका मान्छेहरू पनि आओस् जसले गर्दा निजामती सेवामा तल भर्‍याङ चढ्दै गरेकालाई पनि तहगत बढुवा पनि गछौँ, प्रतिस्पर्धाका लागि पनि खुला राख्छौँ र खुला प्रतियोगिता पनि ग...
बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२ फागुन,काठमाडौं ।बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक चलिरहेको छ । बालुवाटारमा बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरूको सहभागीता रहेको उल्लेख गरिएको छ । सरकार सञ्चालनका,संसद, अत्यावश्यक कानुन निर्माण लगायतका समसामयिक विषयमा बैठकमा छलफल भइरहेको  जनाइएको छ ।  ...
नारायणगढ–काठमाडौँ सडकखण्डबाट मोटरसाइकल त्रिशुलीमा खस्यो, चालक बेपत्ता

नारायणगढ–काठमाडौँ सडकखण्डबाट मोटरसाइकल त्रिशुलीमा खस्यो, चालक बेपत्ता

ताजा अपडेट, वातावरण, समाचार
२, फागुन काठमाडौं । नारायणगढ–काठमाडौँ सडक खण्डमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०२–प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् । शुक्रबार बिहान ११;५५ बजे चितवनको ईच्छाकामना गा।पा।५ चट्टाने भीर ९कालीखोला०मा डिभाइडरमा ठोक्किएर बाइकसहित चालक त्रिशूली नदीमा खसेका हुन् । बेपत्ता हुनेमा लमजुङ घर भई चितवनको भरतपुर बस्ने रोहित राना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्रको गोताखोर टोलीले मोटरसाइकल फेला पारे पनि चालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।...
अध्यादेश राष्ट्रिय सभाबाट पनि बहुमतले पारित हुनेमा प्रधानमन्त्री विश्वस्त

अध्यादेश राष्ट्रिय सभाबाट पनि बहुमतले पारित हुनेमा प्रधानमन्त्री विश्वस्त

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लगानी प्रवर्द्धन र आर्थिक गतिविधि सहज बनाउन ल्याएका अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित हुने बताएका छन् । नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको नेतृत्वमा गएका जिल्ला इन्चार्जहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेश दुवै सदनबाट बहुमतले पारित हुने बताएका हुन् । भेटमा प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, नेताहरू आनन्द पोखरेल,पार्वत गुरुङ, मनोजजंग थापा, देवी ज्ञवाली, खेम लोहनीलगायत थिए ।...
बुढानीलकण्ठ नगरपालिकाको चौथो वृत्ति तथा रोजगार मेला सुरु,१००जनाले तत्काल रोजगार प्राप्त गर्ने

बुढानीलकण्ठ नगरपालिकाको चौथो वृत्ति तथा रोजगार मेला सुरु,१००जनाले तत्काल रोजगार प्राप्त गर्ने

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल २, फागुन काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको चौथो वृत्ति तथा रोजगार मेला आजदेखि सुरु भएको छ ।मेलामा रोजगारीको लागि फारम भरेका क्षमतावान बेरोजागार १०० जना युवालाई  मेला अवधिमा नै रोजगारीमा जोडिने भएको छ । आज शुक्रबार बिहान ९ बजेदेखि नगरपालिकाको प्रांगणमा शुरु भएको सो मेलाको शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री माननीय विद्या भट्टराईले उद्घाटन गरेकी थिइन्। शिक्षा,सीप र उत्पादकता हाम्रो प्राथमिकता’नारासहित भन्ने नारासहित शुरुभएको सो मेलामा युवा रोजगारी तथा वृत्ति परामर्शलाई विशेष प्राथमिकतामा राखेर मेला सञ्चालन भइरहेको छ । शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजना तथा इन्स्योर दोस्रो परियोजनाको सहकार्यमा आज र भोली दुईदिन सम्म सञ्चालन हुने उक्त मेलामा सहभागि  मध्येबाट १०० जनाले तत्काल आफ्नो रुची र क्षमता अनुसारको रोजगारी प्राप्त गर्ने निश्चित भएको नगरपालिको सामाजिक विकास...
आज रानीमहल पुग्दै प्रेमिल जोडी

आज रानीमहल पुग्दै प्रेमिल जोडी

ताजा अपडेट, वातावरण, समाचार
२, फागुन पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ । विशेषगरी आजको दिन पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा प्रेमिल जोडीहरुको भीडभाड लाग्ने गर्दछ । कालीगण्डकी नदी किनारमा रहेको रानीमहललाई प्रेमको प्रतीकका रूपमा अर्थ्याइने गरेका कारण पनि त्यहाँ प्रेमिल जोडीहरु पुग्ने गरेको पाइन्छ । तत्कालीन जनरल खड्गशमशेरले आफ्नी रानी ‘तेजकुमारी’ को सम्झनामा यहाँ महल बनाएका थिए । यहाँ हरेक वर्ष प्रेम दिवसका दिन युगल जोडी पुगेर एकापसमा प्रेम साटासाट गर्दछन् । स्थानीय बासिन्दाका अनुसार प्रेम दिवसका अवसरमा यहाँ हजारौँको सङ्ख्यामा युवायुवती आउँछन् । पहिला–पहिला मानिस रानीमहल घुमफिरका लागि आउने गरे पनि अहिले युवापुस्ताको बाक्लो उपस्थिति रहने गरेको स्थानीय दीपक पाण्डेले बताए । यहाँ पाल्...
२०८२ साल असोज १६ गते दसैँको टीका

२०८२ साल असोज १६ गते दसैँको टीका

ताजा अपडेट, वातावरण, समाचार
२, फागुन काठमाडौं । २०८२ सालको पात्रो सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष २०८२ सालको दसैँको टीका असोज १६ गते परेको छ । समितिका अनुसार असोज ६ गतेबाट दसैँ सुरु हुनेछ । ६ गते सोमबार घटस्थापना स्थापित गरिनेछ भने सोही दिनबाट नवरात्र आरम्भ हुनेछ ।यसै गरी असोज १३ गते सोमबार फूलपाती, १४ गते मंगलबार महाअष्टमी पर्व परेको छ भने सोही दिनलाई भौमाष्टमी, गोरखकाली पूजा तथा कालरात्रि पनि भनिन्छ । यसै गरी असोज १५ गते बुधवार महानवमी र १६ गते बिहीबार विजयादशमी अर्थात् मान्यजनबाट दसैँको टीका लगाइसकेपछि देवी विसर्जन गरिनेछ । यस्तै २० गते पूर्णिमा व्रत वा कोजाग्रत व्रत मनाएसँगै विधिवत् रूपमा दसैँ सकिनेछ ।...
त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि कोसेढुंगास्  :प्रचण्ड

त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि कोसेढुंगास् :प्रचण्ड

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२, फागुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुंगा भएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पदाधिकारीहरूसँग आज भएको भेटमा उनले यस्तो धारणा राखेका हुन् । उनले प्रधानमन्त्रीका रूपमा आफूले भारत भ्रमण गर्दा भारतीय समकक्षीसँग त्रिदेशीय विद्युत् व्यापारको सहमति गरेका थिए । “भारत र बंगलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत् व्यापार सम्झौता गरेको थिएँ, यो देशको समृद्धिका लागि कोसेढुंगा नै हो । उनले भने...
सुनको मूल्य फेरि १ लाख ७० हजार भन्दा माथि

सुनको मूल्य फेरि १ लाख ७० हजार भन्दा माथि

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२, फागुन काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज प्रतितोला ४ सय बढेर  सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २०० रुपैयाँ पुगेको छ। बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...