ताजा अपडेट

छोराले गरे आमाको हत्या

छोराले गरे आमाको हत्या

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२, फागुन काठमाडौं । रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नंं १ सुन्दरनगरस्थित रातो डाँडामा २१ वर्षीय युवक सरोज परियारले आफ्नै आमा अन्दाजी ४६ वर्षीया पार्वती परियारको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आमाको हत्या गरेपछि सरोजले स्थानीय छिमेकीसँग आमाको आँखा फुटालेको बताएका थिए । छिमेकीका अनुसार सरोज पहिलेदेखि नै आपराधिक गतिविधिमा संलग्न रहेको र प्रहरीले समेत उनलाई पटक पटक पक्राउ गर्दै छोडदै आएको थियो । स्थानीय छिमेकीहरुले समेत सरोजबाट आफूहरू सुरक्षित नरहेको महसुस बेलाबेलामा गर्दै आएको सुनाएका छन् । इलाका प्रहरी कार्यालय रुद्रपुरले घटनास्थलमा पुगेर हत्याको मुचुल्का तयार गरी स्थानीयसँग घटनाको विषयमा सोधपुछ गरेको थियो । प्रहरीले घटनामा संलग्न सरोजलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । घरमा आमा छोरा मात्रै बस्दै आएका थिए । अर्को छोरा भने भारतमा रहेको ...
सडक स्तरोन्नति नहुँदा बाँस खर्कका किसान मर्कामा

सडक स्तरोन्नति नहुँदा बाँस खर्कका किसान मर्कामा

ताजा अपडेट, वातावरण, समाचार
२, फागुन म्याग्दी । सडक स्तरोन्नति नहुँदा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका(१ बाँस खर्कका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । बाँसखर्क धवलागिरि क्षेत्रमा धेरै सुन्तला खेती हुने गाउँ हो । म्याग्दीको कालीपुलबाट बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति नहुँदा घुमाउरो र कच्ची सडकमा बढी भाडा तिरेर सुन्तला ढुवानी गर्नु परेको हो । ठूला सवारीसाधन गाउँमा पुग्न नसक्दा सुन्तला ढुवानी गर्न समस्या भएको बाँस खर्कका अगुवा किसान जगतबहादुर खत्रीले बताए । “साना खालका बुलेरो जिपमा थोरै थोरै सुन्तला टिपेर बेनीसम्म झार्ने र ट्रकमा राखेर देशका विभिन्न ठाउँमा पठाउँदा झन्झटका साथै श्रम र समय धेरै खर्चनुपरेको छ”, उनले भने “सडकको समस्याले सुन्तला थिचिने, मिचिने र कुहिएर नष्ट भएर किसानले क्षति व्यहोर्नुपरेको छ ।” दश वर्षअघि स्थानीयवासीले चन्दा संकलन गरेर मार्ग खोल...
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान

ताजा अपडेट, राजनीति, समाचार
२, फागुन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ । बैठकमा सामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए । फागुन ८ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकको एजेण्डा तथा कार्यसूची अनुमोदन गर्ने जनाइएको छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन पारित गर्ने छ । केन्द्रीय कमिटी बैठकको अन्य एजेण्डा, कार्यसूची अनुमोदन स्थायी कमिटी बैठकले तय गर्ने छ । सबै जनवर्गीय सङ्गठनका कार्य प्रगति तथा ती सङ्गठनका अधिवेशनबारे निर्णय गरिने बताइएको छ ।...
निजामती सेवाबाट श्रेणी हट्ने, तहगत संरचनामा जाने

निजामती सेवाबाट श्रेणी हट्ने, तहगत संरचनामा जाने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२, फागुन काठमाडौं । निजामती सेवाबाट श्रेणी हट्ने भएको छ । निजामती सेवाबाट श्रेणी हटाएर निजामती सेवामा तहगत संरचनामा जान प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति जुटेको हो । संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफलका क्रममा यस्तो सहमति जुटेको हो । निजामती सेवामा अब तहगत संरचना राख्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सबै दलका सांसदहरू सहमत भएका छन् । प्रस्तावित विधेयकको दफा ६ मा यससम्बन्धी व्यवस्था राखिनेछ । यो दफामाथिको छलफलको अन्तिममा सभापति रामहरि खतिवडाले भने, ‘तहमा जानेमा क्लियर भयो । अब प्रस्तावित विधेयकको दफालाई तहगत संरचना रहने गरी मिलाइनेछ ।’...
कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२, फागुन काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको कोशी, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका केही भू(भागहरुमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।...
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१, फागुन काठमाडों । नेपाल विद्युत प्राधिकरणले विद्युतका तार अण्डर ग्राउण्ड गर्नका लागि होरिजेन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप अहिले करिब २० घण्टामा मर्मत कार्य सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए । उनले भने, “पाइप फुटेपछि मन्त्रीको निर्देशनपश्चात् हामीले गएरातिबाट मर्मतको कार्य सुरु गरेका थियौँ । अहिले मर्मत कार्य सकिएको र पानी परीक्षण भएको छ । परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु हुन्छ ।” विद्युत प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा क्षति भएको खानेपानी मन्त्री यादवले बत...
रासायनिक मलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

रासायनिक मलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिए हो। प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गरे । उनले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाई वितरण गरिसक्न आग्रह गरे। मन्त्रालयका अनुसार वार्षिक पाँच लाख ५० हजार मेट्रिक टन मलका लागि २७ अर्ब ९५ कर...
कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि हुने

कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि हुने

ताजा अपडेट, ब्यानर-१, वातावरण, शिक्षा, समाचार
१, फागुन काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि परीक्षा गर्नेगरी तालिका सार्वजनिक गरेको हो । वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा २४ गते सकिने बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक विषयका विद्यार्थीका लागि तालिका सार्वजनिक गरिएको हो । परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका अन्य इलेक्ट्रिोनिक्स डिभाइस लैजान निषेध गरिएको बोर्डले जनाएको छ । बोर्डले आफ्नो वार्षिक कार्यतालिका अनुसार नै कक्षा १२ को परीक्षा गर्न लागिको हो । कार्यतालिकामा २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने उल्लेख गरेको थियो । सोही आधारमा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डले माघ ३० गतेसम्म परीक्षा आवेदन फाराम भर्ने समय तोकेको थ...
प्रचण्डद्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन

प्रचण्डद्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन

ताजा अपडेट, राजनीति, समाचार
१, फागुन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलिप्याड तथा मालिका पिस पार्कको उद्घाटन गरेका छन् । बिहीबार मालिका गाउँपालिकाको वडा नम्बर ४ अर्खाबाङमा निर्माण भएको हेलिप्याडको उद्घाटन गरेका हुन् । उनले सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रूपमा चर्चित मालिका पिस पार्कको पनि उद्घाटन गरेका छन् । मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थितिमा हेलिप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमुना हेलिप्याड निर्माण भएको बताए । उनले देशका विभिन्न स्थानहरूमा निर्माण भएका हेलिप्याड भन्दा गुल्मीको हेलिप्याड उत्कृष्ट रहेको बताउँदै हेलिप्याडबाट विपद् तथा आपतकालीन अवस्थामा यहाँका नागरिकहरूको उद्धार तथा राहतमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।...
नागरिकले आर्थिक समृद्धि महसुस गरेमा व्यवस्था स्थायी हुन्छ : सिंह

नागरिकले आर्थिक समृद्धि महसुस गरेमा व्यवस्था स्थायी हुन्छ : सिंह

ताजा अपडेट, राजनीति, समाचार
१, फागुन हेटौँडा । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् । उनले व्यवस्थाका उपलब्धिहरूलाई संस्थागत गर्दै सकारात्मक ढङ्गबाट अघि बढ्नुपर्ने बताए । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंह राजनीतिक परिवर्तन जोगाउन आर्थिक समृद्धिलाई ध्यान दिनुपर्ने बताए । आर्थिक समृद्धिलाई नागरिकहरूले महसुस गरेको खण्डमा व्यवस्थाले स्थायित्व प्राप्त गर्ने उनको भनाई छ । मन्त्री सिंहले नागरिकहरूको लागि लक्षित गरी संविधानले निर्दिष्ट गरेको अधिकारहरू सहज उपभोगमा सरकारले काम गर्नुपर्ने बताए । नागरिकका आवश्यकता र चाहना पुरा भए मात्र राजनीति सही ट्र्याकमा आउने भएकाले त्यसमा कांग्रेसले विशेष ध्यान दिन जरुरी रहेको उनले औँल्याए ।...