२७, माघ काठमाडौं । ललितपुरबाट चार वर्षीय बालकको अपहरण भएको छ । अपहरणको आरोपमा प्रहरीले एक भियतनामी नागरिकलाई पक्राउ गरेको छ ।
उनीमाथि बालबालिकालाई अपहरण गर्ने र कोठामा बन्धक बनाउने आरोप छ । प्रहरीको टोलीले उनीमाथि अनुसन्धान गरिरहेको जनाइएको छ ।
माघ २७, २०८१, १२:०६ मा प्रकाशितमाघ २७, २०८१, १२:०६ मा प्रकाशितमाघ २७, २०८१, १२:०६ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२७, माघ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आइतबार प्रतितोला १ सय रुपैयाँ बढेर १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १९८५ रुपैयाँमा कायम भएको चाँदी आज १९६० रुपैयाँमा कारोबार भइरहेको छ ।...
माघ २७, २०८१, ०७:११ मा प्रकाशितमाघ २७, २०८१, ०७:११ मा प्रकाशितमाघ २७, २०८१, ०७:११ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२७, माघ तनहुँ । जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा लिइन्छ । यसको खेर फालिने गरिएका थम्बालाई तनहुँका महिलाले उपयोगी सामग्री उत्पादनसँग जोडेका छन् ।
शुक्लागण्डकी नगरपालिकाका महिलाले खेर गएका केराका थम्बालाई उपयोगी सामग्री बनाई हस्ताकलाको सीप विकास गरेका सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले बताए । उनका अनुसार ज्येष्ठ नागरिकमा रहेका सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न तालिम समेत प्रदान गरिँदै आएको छ ।
केराको थम्बाबाट उपयोगी सामान उत्पादन तथा निर्माण गर्न सिकाउने तालिमले खेर गइरहेका स्थानीय कच्चा पदार्थ र समयको सदुपयोग गर्ने उद्देश्यले सीप प्रदान गरिएको प्रमुख आचार्यले बताए । उनले भने, “स्थानीय कच्चा पदार्थको उपयोगलाई प्राथमिकता दिएका हौँ, यसले खेर गएका कच्चा पदार्थ उपयोगमा आउनुका साथै सीप विकास तथा पुस्ता हस्तान्तरण हुन्छ ।”
आधारभूत तालिम प्राप्त गर्ने सह...
माघ २७, २०८१, ०७:०७ मा प्रकाशितमाघ २७, २०८१, ०७:०७ मा प्रकाशितमाघ २७, २०८१, ०७:०७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२७, माघ काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४० रूपैयाँ १९पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९० पैसा र बिक्रीदर १४५ रूपैयाँ ५२ पैसा तोकिएको छ ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रूपैयाँ ५९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ९१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ५७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७० पैसा र बिक्रीदर ८८ रूपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८५ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रूपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर...
माघ २७, २०८१, ०७:०२ मा प्रकाशितमाघ २७, २०८१, ०७:०२ मा प्रकाशितमाघ २७, २०८१, ०७:०२ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२७, माघ काठमाडौं । चितवनको भरतपुर-२९ गाईघाटमा रात्रीबस दुर्घटना हुँदा २५ भन्दा बढी घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस पुलवाट करिब २० मिटर तल खोल्सिमा खसेर दुर्घटना भएको हो।
बस आज बिहान पौने पाँच बजे सेतीदोभानस्थित गाईघाटमा गाडीको टायर फड्किएर पुलबाट तल खसेर दुर्घटना भएको हो।घाइतेहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको नेपाल प्रहरी राजर्माग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुखका एसपी नरेश सुवेशीले जनकारी दिए।घटनास्थलमा प्रहरी टोली उद्धारको लागि खटिरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।...
माघ २७, २०८१, ०६:५७ मा प्रकाशितमाघ २७, २०८१, ०६:५७ मा प्रकाशितमाघ २७, २०८१, ०६:५७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२७, माघ मोरङ । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत विधामा विभिन्न व्यक्तिलाई पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानको २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा हिजो आयोजित कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरलाई ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार प्रदान गरिएको हो । उनलाई रु। ५१ हजार राशिको उक्त पुरस्कार एवं सम्मान पत्र प्रतिष्ठानका अध्यक्ष गंगा सुवेली, पुरस्कार संस्थापक दीनबन्धु गोयल र प्राडा बाबुराम तिमिसिना प्रदान गरे ।
यसैगरी, धर्मानन्द रामप्यारी सिटौला रु। एक लाख ५१ राशिको साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चुडामणि बन्धुलाई प्रदान गरिएको छ । साथै बालकिसनरनर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म संस्कृति चेतना पुरस्कार भानुभक्त जोशी बझाङ लाई प्रदान गरिएको छ ।
रु. ५१ हजार राशिको नरेश सुवेदी पत्रकारिता पुरस्कार पत्रकार कमल पौडेल मोरङ भूपेन्द्र शो...
माघ २७, २०८१, ०६:५२ मा प्रकाशितमाघ २७, २०८१, ०६:५२ मा प्रकाशितमाघ २७, २०८१, ०६:५२ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२७, माघ काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको बताएका छन् । उनले सार्वजनिक(निजी साझेदारी तथा निजी क्षेत्रको लगानीलाई प्रवर्द्धन गरिरहेको बताए ।
नेपाल व्यवस्थापन संघको ४४औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रको सवलीकरणका लागि सबैको साझा प्रयास र सहयोग जरुरी रहेको बताए ।
कार्यक्रममा पूर्वाधार फाइनान्सिङमा आन्तरिक स्रोत परिचालन विषयमा संघद्वारा तयार पारिएको अध्ययनमा अध्येता कृष्णप्रसाद आचार्यले प्रस्तुतीकरण गरेका थिए भने लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र अर्थशास्त्री एवं ‘इन्स्टिच्यूट अफ इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज इआइडिएसका कार्यकारी निर्देशक विश्वास गौचनले टिप्पणी गरेका थिए ।...
माघ २७, २०८१, ०६:४८ मा प्रकाशितमाघ २७, २०८१, ०६:४८ मा प्रकाशितमाघ २७, २०८१, ०६:४८ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२७, माघ काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तराईका थोरै स्थानहरूमा भने हल्का हुस्सु तथा कुहिरो लागेको छ ।आज दिउसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । राति पनि यही अवस्था कायम रहने महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू९भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भूभागहरूमा हुस्सु लाग्ने सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
माघ २६, २०८१, १४:३२ मा प्रकाशितमाघ २६, २०८१, १४:३२ मा प्रकाशितमाघ २६, २०८१, १४:३२ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२६, माघ काठमाडौं । आगलागी भएको खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य सुरु गरेको छ । शनिबार उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले अवलोन गरेलगत्तै मन्त्रालयले मर्मतसम्भारको काम थालेको उनको सचिवालयले जनाएको छ ।
शनिबार बिहान खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको थियो । आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको जनाइएको छ ।...
माघ २६, २०८१, १४:२९ मा प्रकाशितमाघ २६, २०८१, १४:२९ मा प्रकाशितमाघ २६, २०८१, १४:२९ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२६, माघ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमाा नवनिर्मित ‘द ब्लु प्याभिलियन’ भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ठिक ढङ्गले चलेमा सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने स्पष्ट गर्दै अनावश्यकरुपमा त्रसित नभई न्याय स्थापनामा दृढ ढङ्गले अगाडि बढ्न आग्रह गरेका हुन् ।...