ताजा अपडेट

वायु प्रदूषण न्यूनीकरण आवश्यक छ : मन्त्री शाही

वायु प्रदूषण न्यूनीकरण आवश्यक छ : मन्त्री शाही

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८, मंसिर काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वायु प्रदूषणको असरले मानवीय, जैविक र पारिस्थितिक प्रणालीलाई ठूलो प्रभाव पार्ने भएकाले यसको न्यूनीकरण र नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय मानवअधिकार आयोगद्वारा आज आयोजित वातावरणीय मानव अधिकार रक्षकको दोस्रो सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण बढ्दै गएको वायु प्रदूषण तथा त्यसको स्रोत पहिचान गरी कार्वन उत्सर्जनमा कमी ल्याउनका लागि थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।...
आजको माौसम : मुख्यतया सफा

आजको माौसम : मुख्यतया सफा

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२८, मंसिर काठमाडों । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावलले देशभर आंशिक बदली रहेको छ ।तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जनाएको छ । विभागले बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।...
गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिँदै

गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिँदै

ताजा अपडेट, राजनीति, समाचार
२७, मंसिर काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि दीर्घकालीन समाधान खोज्ने काम भइरहेको बताएका छन् । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, राष्ट्रिय खानेपानी एवं सरसफाइ उपभोक्ता महासंघ (फेडवास) द्वारा संयुक्त रूपमा आयोजना गरिएको ‘खानेपानी तथा सरसफाइ पैरवी राष्ट्रिय शिखर सम्मेलन’मा उनले सरकारले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रयास गरिरहेको जानकारी दिए । उनले भने, “खानेपानी तथा ढल व्यवस्थापन विभागको तथ्यांक अनुसार करिब २७ प्रतिशत नेपालीले मात्र सुरक्षित खानेपानीको पहुँच पाएका छन् । यसको मतलब अहिले पनि करिब ७३ प्रतिशत नेपाली नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न बाँकी छ । यसलाई सोह्रौँ योजनाको अन्त्यसम्ममा ४५ प्रतिशत पुर्‍याउनका लागि ठोस् नीति, पर्याप्त बजेट, र ...
त्रिविमा मैले हस्तक्षेप गरेको छैन  : प्रधानमन्त्री

त्रिविमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२७, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा डिन र क्याम्पस प्रमुख नियुक्तिमा आफूले हस्तक्षेप नगरेको बताएका छन् । बिहीबार त्रिवि सभामा कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘के भएर डिन नियुक्तिमा विलम्ब भयो ? नाम निकाल्नुहोस्, ‘प्रधानमन्त्री ओलीले भने, ‘मेरिटोक्रेसीमा प्रश्न नउठोस् । निष्पक्ष ढंगले काम होस् । मबाट हस्तक्षेप भएको छैन । तर, मेरो नाम आउँछ । अरू के भयो थाहा छैन । मेरोबाट विलम्ब भएको छैन ।’ प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीबाट डिन र क्याम्पस प्रमुख नियुक्त गर्न त्रिवि नेतृत्वलाई निर्देशन दिए ।‘नियुक्ति साँच्चिकै मेरिटोक्रेसीबाट हुनुपर्छ । एउटा समिति बनाएर मात्र मेरिटोक्रेसी हुँदैन,’ उनले भने । नियुक्तिमा आफूले हस्तक्षेप नगरेको उनले बाताए ।...
उपप्रधान एवं शहरी विकास मन्त्री सिंह बञ्चरेडाँडामा

उपप्रधान एवं शहरी विकास मन्त्री सिंह बञ्चरेडाँडामा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२७, मंसिर काठमाडौं। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका छन्। उनले बिहीबार स्थलगत अवलोकन गरि बञ्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिएका छन्। उपप्रधानमन्त्री सिंहले फोहोरमैला व्यवस्थापनमा बञ्चरेडाँडामा देखिएको समस्याबारे धेरै छलफल भएको भन्दै अब समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै आएका छन्। ‘बारम्बार फोहोरको बारेमा प्रश्न उठेपछि स्थानीयस्तरमा फोहोरको व्यवस्थापन कसरी भइरहेको छरु जुन मापदण्डअनुसार हुनुपर्ने हो त्यहीअनुरुप भइरहेको छ कि छैनरु भन्नेबारे जानकारी लिनुभएको छ,’ उपप्रधानमन्त्री सिंहको सचिवालयले भनेको छ, ‘स्थानीयले उठाएका विषयहरु के हुन्रु कसरी समाधान गर्न सकिन्छरु त्यसबारे समन्वय गरि तदारुकताका साथ काम गर्न उनेका छन् ।’ त्यस्तै, उपप्रधानमन्त्री सिंहले ल्याण्डफिल साइटको आयुबारे चासो राखेका थिए। शहरी विकास मन्त्रालयका...
रविलाई ९ दिन हिरासत म्याद थप गर्न माग

रविलाई ९ दिन हिरासत म्याद थप गर्न माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२७, मंसिर काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको म्याद थपका लागि कास्की जिल्ला अदालत पोखरामा बहस भइरहेको छ । प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गर्दै बिहीबार अदालत उपस्थित गराएको हो । अहिले न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासमा म्याद थपको बहस भइरहेको छ । रविलाई आज अन्तिम पटक म्याद थपेर अर्को पटक अदालत उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ । रविसहित ४ जनलाई अदालत उपस्थित गराइएको छ ।सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराइएको हो । पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक लामिछानेसहित पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका...
११ औँ राष्ट्रिय महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्नुहुन्छ : विष्णु पौडेल

११ औँ राष्ट्रिय महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्नुहुन्छ : विष्णु पौडेल

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२७, मंसिर काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनले सहमतिमै नेतृत्व चयन गर्ने बताएका छन् । अर्थमन्त्री समेत रहेका पौडेलले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुने बताएका हुन् । ‘अन्य पदहरुमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा, अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन’, पौडेलले भनेका छन्, ‘नेकपा एमालेलाई मात्र होइन, सिङगो राष्ट्रलाई सफल नेतृत्व प्रदान गर्नुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीकाविरुद्ध कसैले उम्मेवारी दिन्छ भन्ने मलाई लाग्दैन ।’...
स्वास्थ्य क्षेत्रको लगानी व्यवस्थित गर्न जरुरीः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य क्षेत्रको लगानी व्यवस्थित गर्न जरुरीः स्वास्थ्यमन्त्री पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२७, मंसिर काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्यमा व्यवस्थित लगानी नहुँदा परिणाम दिन नसकेको उल्लेख गरेका हुन् । उनले स्वास्थ्य क्षेत्रमा लगानी पनि आवश्यकताअनुसार हुन नसकेको र भएको लगानीलाई पनि व्यवस्थित गर्न नसकेको बताए । उनले नागरिकको स्वास्थ्य सरकारको पहिलो दायित्व भएको भन्दै स्वास्थ्यको दायित्वबाट सरकार विमुख हुन नमिल्ने उल्लेख गरे । स्वास्थ्य क्षेत्रका संरचना र जनक्तिलाई पनि व्यवस्थित गर्न आवश्यक रहेको बताए । मन्त्री पौडेलले आर्थिक पक्षबाट पनि स्वास्थ्यलाई सर्वसुलभ र सहज बनाउनुपर्ने बताए ।...
वीरगञ्जबाट डिजेल आयात घट्यो

वीरगञ्जबाट डिजेल आयात घट्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२७, मंसिर वीरगञ्ज । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ । आव २०८१/८२ को चार महिनामा रु २१ अर्ब ८४ करोड आठ लाख ७६ हजारको दुई लाख ४६ हजार सात सय १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने रु ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व संकलनमा असर परेको बताए । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल ...
सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२७, मंसिर काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।...