ताजा अपडेट

आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२७, मंसिर काठमाडौं । बिहीबार तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक मध्यान्ह सवा १२ बजे बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल गर्नेछ ।त्यस्तै दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल हुनेछ । त्यस्तै साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा छलफल हुनेछ ।...
रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै

रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२७, मंसिर काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । आइतबार थपिएको ४ दिनको म्याद हिजो बुधबार सकिएकाले उनलाई आज फेरि अदालत उपस्थित गराउन लागिएको हो ।सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौँबाट पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौँस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछाने माथि छ ।पोखराको सूर्यदर्शन सहकारीबाट करिब ५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको भन्दै मिडियाका अध्यक्ष जीवी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, कुमार रम्तेल लगायत विरुद्ध उजुरी परेको छ ।...
काठमाडौँमा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस

काठमाडौँमा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस

ताजा अपडेट, वातावरण, समाचार
२७, मंसिर काठमाडौं । काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ । जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागम...
जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२७, मंसिर जाजरकोट । जाजरकोटको जिप कैना–कड्के सडकको बिरखोला नजिकै दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे जाजरकोटको नलगाड नगरपालिका–३ बिरखोला कैना–कड्के सडक खण्डमा ग.३ च.९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परि नलगाड नगरपालिका–३ करुवाका ३१ बर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ बर्षीया शिला पुन, ३३ बर्षीया शारदा थापा, १७ बर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको हो । नलगाड नगरपालिका–३ का १९ बर्षीय जनक थापा र २१ बर्षका जीवन विक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये जनक थापाको उपचार भइरहेको छ भने जीवन विक सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप एक्कासी ब्रेक फेल भई सडकबाट अन्दाजी ७ सयदेखि ८ सय मिटर तल खसेर दुर्घटना भएको हो । जीपमा सात जना सवार थिए ।...
आजको मौसम : देशभरको मौसम मुख्यतया सफा रहने

आजको मौसम : देशभरको मौसम मुख्यतया सफा रहने

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२७, मंसिर काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । राति पनि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र हो : मन्त्री भण्डारी

रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र हो : मन्त्री भण्डारी

ताजा अपडेट, राजनीति, समाचार
२६, मंसिर काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र भएको बताएका छन् । आज ‘सीप विकासका लागि हाम्रो प्रतिबद्धता, समृद्ध राष्ट्रको सुनिश्चिता’भन्ने नारासहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसे पाटीले काठमाडौँमा आयोजना गरेको रोजगार प्रवर्द्धन गर्ने अभिप्रायले सरोकार भएका निकाय तथा रोजगारदातासँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सो कुरा बताएका हुन् । मन्त्री भण्डारीले भने, “सरकारले रोजगारी दिने होइन सुविधा दिने हो । रोजगारदाता भनेको संसारभर निजी क्षेत्र हुने भएकाले रोजगारीको प्रमुख स्रोत पनि निजी क्षेत्र हो ।” सोही कार्यक्रममा बोल्दै मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको उनले जानकारी दिए ।...
अर्थतन्त्र समस्या र दबाबमा छ :अर्थमन्त्री पौडेल

अर्थतन्त्र समस्या र दबाबमा छ :अर्थमन्त्री पौडेल

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२६, मंसिर काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले देशको अर्थतन्त्र समस्या र दवाबमा रहेको बताएका हुन् । ‘समग्र आर्थिक स्थितिमध्ये केहि सूचक राम्रो छ । सेयर बजार लगायतमा गतिशील बनेको छ । तपाइँहरू यसमा सन्तुष्ट हुनुहुन्न । म स्वयम् पनि सन्तुष्टि छैन,’ मन्त्री पौडेलले भने, ‘राजस्व परिचालनको बारेमा गत वर्षको तुलनामा राम्रो सुधार भएको छ । गत वर्ष ३ प्रतिशत रहेकोमा अहिले १७ प्रतिशत पुगेको छ ।’...
(नेप्से) परिसूचक आज उच्च अंकले बढ्यो

(नेप्से) परिसूचक आज उच्च अंकले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२६, मंसिर काठमाडौं । पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने उच्च अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ८८अंकले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो । परिसूचक बढे पनि कारोबार रकम भने रु. पाँच अर्बमा खुम्चिएको छ । आज तीन सय आठ कम्पनीको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर ५६ हजार तीन सय ५० पटक खरिदबिक्री हुँदा रू.पाँच अर्ब पाँच करोड छ लाख ५४ हजार चार सय ५० बराबरको कारोबार भएको छ । सबै समूहको उपसूचक बढ्दा म्युचुअल फण्ड उपसमूह भने शून्य दशमलव ३४ प्रतिशतले घटेको छ । आज बैंकिङ समूह सबैभन्दा बढी तीन दशमलव ४३ प्रतिशतले बढेको छ । विकास बैंक एक दशमलव ६३, वित्त एक दशमलव ८३, होटल तथा पर्यटन एक दशमलव शून्य पाँच, जलविद्युत् एक दशमलव ९६ र लगानी समूह शून्य दशमलव ७९ प्रतिशतले ब...
नयाँ चरणको आर्थिक सुधार आवश्यक छ : वर्षमान पुन

नयाँ चरणको आर्थिक सुधार आवश्यक छ : वर्षमान पुन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२६, मंसिर काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि गत वर्षको भुक्तानी भएकाले मात्रै बढी खर्च भएको देखिएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा राजस्व सङ्कलनको अवस्था एवम् भन्सार कार्यालयले बेहोर्नु परेका नीतिगत समस्या र समाधान विषयमाथि बुधवार भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अहिले पनि समस्या खर्च गर्नेमै छ । खर्च गर्ने जहिल्यैको समस्या हो । राजनीतिक परिवर्तनका कारण सिद्धान्त र प्राथमिकता एक जनाले प्रस्तुत गर्नुभो तर बजेट कार्यान्वयन गर्नेमा अर्को मन्त्रीले पर्नुभो,’ पुनले भने, ‘चर्चा गरेभन्दा कम बजेट आएको छ । ठुला आयोजनाको टेन्डर भएको छैन ।’ नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको पुनको भनाइ छ ।...
जनसङ्ख्या नीतिले देश निर्माणको आधार निर्माण गर्छ :मन्त्री पौडेल

जनसङ्ख्या नीतिले देश निर्माणको आधार निर्माण गर्छ :मन्त्री पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२६, मंसिर काठमाडों । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसङ्ख्या नीति आवश्यक रहेको बताएका छन्। बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएहो । उनले जनसङ्ख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्ने भएकाले जनसङ्ख्या नीतिमा सबै कुरा समेटिन आवश्यक रहेको उल्लेख गरे। उनले जनसङ्ख्या नीति बनाउने कुरा सरकारले प्राथमिकतामा राख्न नसकेको बताउनुभयो । सरकारले जनसङ्ख्या नीति बनाउने हो भने प्राथमिकतामा राख्नुपर्छ, उनले भने, जनसङ्ख्याको राष्ट्रिय नीति बनाउन विश्वविद्यालयमा रहेका जनसङ्ख्या विभागहरूले विशेष पहल गर्नुपर्छ ।...