ताजा अपडेट

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१७, मंसिर काठमाडों । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिए हो । प्रधानमन्त्री केपी ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार चीन प्रस्तान गरे छ । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा दैनिक प्रसाशनिक कार्य गर्न उपप्रधानमन्त्री सिंहलाई राष्ट्रपति पौडेलले कार्यवाहक तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।...
वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७, मंसिर काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकेका छन् । अध्यक्ष ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई जिम्मेवारी प्रदान गरेका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।...
गोरखा ५ मा माओवादी केन्द्रका रानामगर विजयी

गोरखा ५ मा माओवादी केन्द्रका रानामगर विजयी

ताजा अपडेट, राजनीति, समाचार
१७, मंसिर गोरखा । गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रे का विष्णुबहादुर रानामगर विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित भएको हो । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले चार सय दुई मत प्राप्त गर्नुभएको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिए। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दुर्गामाया राना थापाले तीन सय ४५ मत प्राप्त गरे । कूल दुई हजार दुई सय २५ मतदाता रहेको उक्त वडामा एक हजार तीन सय ७३ मत खसेको थियो । खसेको मतमध्ये १८ मत बदर भएको मुख्य निर्वाचित अधिकृत रानभाट जानकारीले दिए। उपनिर्वाचनमा विभिन्न नौ राजनीतिक दलका नौ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी हुनुभएका एमालेका खीलबहादुर ...
सुनको मूल्य घट्यो, आज कतिमा कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, समाचार
१७, मंसिर काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार २ सयले घटेर एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २५ ले घटेर एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान

प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१७, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहान चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। हिमालयन एअरलाइन्सको चार्टर्ड विमानबाट प्रस्थान गरेका ओली सोमबार साँझ बेइजिङ पुग्नेछन्। मंगलबार उनी चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्नेछन्। भ्रमणको क्रममा नेपाल र चीनबीच विविध परियोजनामा सहमति हुने अपेक्षा गरिएको छ। यसमा काठमाडौँ रिङरोडको विस्तार, टोखा–छहरे सुरुङमार्ग, केरूङ–रसुवागढी९चिलिमे क्रसबोर्डर ट्रान्समिसन लाइन र मदन भण्डारी विश्वविद्यालय निर्माणजस्ता परियोजना समावेश छन्। चिनियाँ पक्षले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई विशेष परियोजनाहरू उपहारस्वरूप प्रदान गर्ने प्रस्ताव गरेको छ, जसमा झापामा स्पोर्ट्स कम्प्लेक्स र डडेलधुरामा सभाहल निर्माणको सम्झौता हुने अपेक्षा ...
नुवाकोटको ककनी-२ मा माओवादी केन्द्रका घिमिरे विजयी

नुवाकोटको ककनी-२ मा माओवादी केन्द्रका घिमिरे विजयी

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
१७, मंसिर नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नं-२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी  (माओवादी केन्द्र) का कृष्ण घिमिरे (मिलन) विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनमा घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिए । उनका अनुसार घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्य जिम्बा तामाङले पाँच सय ८७ मत प्राप्त गरे । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यमबहादुर लामाले तीन सय ४१, राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गलसिद्वि तामाङले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापाले २८, मङ्गोल नेशनल अर्गनाइजेसनका किरण तामाङले २६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का मानबहादुर लामाले (तामाङ) २३, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङले १६ र नेपाल मजदुर किसान पार्टीका माइली माया तामाङले १४ मत प्राप्त गरेका छन् ।...
हेटौँडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै

हेटौँडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै

ताजा अपडेट, वातावरण, समाचार
१७, मंसिर बागमती । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताए पनि उद्योगको विभिन्न उपकरणहरू मर्मतको काम नसकिँदा अझै उत्पादन अझै सुरु हुन नसकेको हो । ‘‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरूको मर्मत कार्य अझै भइरहेकै छ” उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले भने,‘‘ हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लग्तै पुनः सिमेन्ट उत्पादनको कार्य सुरु गर्ने अनुमान गरेका थियौ ।” तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सुचारु हुन अझै केही दिन लाग्न सक्ने उनको भनाई छ । उपकरणहरूको मर्मत कार्य सम्पन्न हुने बित्तिकै यही पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए। उद्योग व्यवस्थापनले यही असोज १५ गतेदेखि सिमेन्ट उत्पाद...
प्रधानमन्त्री ओली चार्टर विमानबाट चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली चार्टर विमानबाट चीन भ्रमणमा जाँदै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको औपचारिक भ्रमण सुरु गर्दैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ जान लागेको हो । बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान गर्ने ओली स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्ने छन् । भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्नेछन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ । मंसिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन र बेइजिङस्थित नेपाली राजदूतावास, चाइ...
कीर्तिपुर नगरपालिका-१ मा कांग्रेस उम्मेदवार विजयी

कीर्तिपुर नगरपालिका-१ मा कांग्रेस उम्मेदवार विजयी

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
१७, मंसिर काठमाडौं । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृत इन्दिरा कार्कीका दिएको जानकारी अनुसार कांग्रेस उम्मेदवार इच्छा कुमार महर्जन ५ सय ६२ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १ सय ७३ मत ल्याए ।...
ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ मा एमाले विजयी

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ मा एमाले विजयी

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्थानीय
१७, मंसिर काठमाडौं । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले विजयी भएको छ । एमालेकी उम्मेदवार कुमार सावादेन ३५३ मतका साथ विजयी बनेकी हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अम्वी साउदेनले २५२ मत पाए । कांग्रेसका भीमकुमार लक्सम्वाले २१८ मत प्राप्त गरेका छन् । त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले ५४ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका देवी प्रसाद पौडेलले ७ मत मात्र प्राप्त गरेका छन् ।...