ताजा अपडेट

स्वामिकार्तिक खापरको उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी विजयी

स्वामिकार्तिक खापरको उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी विजयी

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
१७, मंसिर धनगढी । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढाले विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई पराजित गर्दै बुढा विजयी भएकी हुन् । बुढाले एक हजार ७४० मत प्राप्त गरेकी छन् भने कांग्रेसकी शाहीले एक हजार ४७४ मत पाइन् । तेस्रो भएकी नेकपा एकीकृत समाजवादीकी जवा शाहीले पाँच सय ५३ मत प्राप्त गरेकी छन् । कुल सात हजार ४६० मतदाता रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार भएको मतदानमा तीन हजार ९०३ मत खसेको थियो । २०७९ सालको निर्वाचनमा कांग्रेसबाट विजयी भएकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा उपनिर्वाचन भएको हो ।...
महाबु गाउँपालिका अध्यक्षमा एमालेको जित

महाबु गाउँपालिका अध्यक्षमा एमालेको जित

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
१७, मंसिर दैलेख । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १२७ मत ल्याउँदै विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक बहादुर भण्डारीले २ हजार ६७५ मत ल्याए । त्यस्तै, नेकपा माओवादी केन्द्रका जंगबहादुर बराल मगरले ८४२ मत प्राप्त गरे । यहाँ २०७९ सालको निर्वाचनमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत पाएर विजयी भएका थिए । ०७९ माघ २७ गते हृदयघातका कारण उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।...
काठमाडौँ–१६ मा रास्वपाको रोजिना श्रेष्ठ विजयी

काठमाडौँ–१६ मा रास्वपाको रोजिना श्रेष्ठ विजयी

ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
१७, मंसिर काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भएको उपचुनावको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी हुन् । दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे । त्यस्तै २ हजार २ सय १४ मतसहित कांग्रेसका देवेन्द्र पाठक तेस्रो स्थानमा रहे । नेकपा एकीकृत समाजवादी का मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्यामकृष्ण श्रेष्ठले ७ सय ७४ मत पाए । काठमाडौं-१६ मा १० हजार ५ सय ५८ मत खसेको थियो भने १ सय ८० मत बदर भएको छ ।...
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुर नगरपालिका र काठमाडौँ १६ को मतपेटिका ल्याउन सुरु

स्थानीय तह उपनिर्वाचन : कीर्तिपुर नगरपालिका र काठमाडौँ १६ को मतपेटिका ल्याउन सुरु

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्थानीय
१६, मंसिर काठमाडौं । स्थानीय तहमा रिक्त रहेका ४१ स्थानमा उपनिर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष समेत गरेर ४१ स्थानमा आइतबार सम्पन्न उपनिर्वाचन शान्ति पूर्णरुपमा सम्पन्न भएको छ । उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेसलाई बताए । उनका अनुसार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा सबैभन्दा बढी मत खसेको छ भने काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा सबैभन्दा कम मत खसेको छ । मतदान सकिएलगतै मतपेटिका ल्याउन सुरु गरिएको छ । कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका १६ को मतपेटिका मतगणना स्थलमा पुयाइएको छ । यी दुई ठाउँमा आजै मतगणना सुरु हुने जनाइएको छ ।  ...
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान

हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१६, मंसिर मनहरी । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन् । आज वडाध्यक्ष पदका लागि भएको मतदानमा उनी सहभागी भएका हुन् । उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति छ । निर्वाचन कार्यालयले दुई वटा मतदानस्थलको व्यवस्था गरेको छ ।  ...
कीर्तिपुरको मतगणना आजै राति १० बजे देखि सुरु हुने

कीर्तिपुरको मतगणना आजै राति १० बजे देखि सुरु हुने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, मंसिर काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने भएको छ । २० स्थलमा ३८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ । मतगणनाको पूर्व तयारी भइसकेको कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुर्षोत्तम पौड्यालले जानकारी गराए । नगरपालिकाको हलमा मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । ‘मतपत्रका सबै बाकस आउनु पर्‍यो । भण्डारण गर्नुपर्‍यो । सर्वपक्षीय छलफल गर्नुपर्‍यो,’ पौड्यालले भने,‘सम्भवतः राति १० बजेपछि मतगणना सुरु हुन्छ ।’...
उपनिर्वाचन अपडेट : २ बजेसम्म ५० प्रतिशत  खस्यो

उपनिर्वाचन अपडेट : २ बजेसम्म ५० प्रतिशत खस्यो

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
१६, मंसिर काठमाडों । स्थानीय तह उपनिर्वाचन अन्तर्गत दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत भन्दा बढी मत खसेको छ । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो २ बजेसम्म ५० प्रतिशत बढी मतदान सम्पन्न भएको हो । निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेलका अनुसार मतदान सुरु भएको ७ घण्टाको अवधिमा ५० प्रतिशत बढी मत खसेको जानकारी दिइन् । निर्वाचन आयोगका अनुसार सबै स्थानमा मतदाताहरू उत्साहजनक रूपमा सहभागी भइरहेका छन् र अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण ढङ्गले मतदान पनि भइरहेको छ।...
रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु

रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१६, मंसिर काठमाडौं ।रोल्पामा एक निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ ।  पुरिएका ६६ वर्षीय देविराम परियारको पनि शव फेला परेपछि मृतकको संख्या ५ पुगेको हो । यसअघि ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको थियो । मृतक पाँचै जना सुनछहरी गाउँपालिका वडानम्बर ३ बाहिरी गामका हुन् ।मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर आज बिहान ९ः५० बजे उनीहरु पुरिएका थिए । दुई जना भने भागेर ज्यान जोगाउन सफल भएका थिए । सो स्थानमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको कमाण्डमा ७ जना र प्रहरी चौकी गामबाट प्रहरी सहायक निरीक्षक प्रकाश विष्टको कमाण्डमा ५ जनाको टोली उद्धारमा खटिएको थियो ।...
दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान

दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
१६, मंसिर काठमाडौं । जारी स्थानीय तहको उपनिर्वाचनमा अहिले दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार सबै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार ५० प्रतिशत मत खसेको आयोगका सचिव रबिलाल पन्थले बताए । कुन स्थानीय तहमा कति मत खस्यो भन्ने विवरण भने आइनसकेको उनले बताए । उनका अनुसार स्थानीय तहभन्दा वडाको मत खसेको विवरण आयोगलाई प्राप्त भएकाले सो आधारमा अहिलेसम्म करिब ५० प्रतिशत मत खसेको पाइएको हो । निर्वाचन आयोगका अनुसार देशभरका विभिन्न आठ वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा ३४ वटा वडा गरी ४१ पदका लागि मतदान भइरहेको छ ।...
हेटौँडा उपमहानगर–१२ मा ४२ प्रतिशत मतदान

हेटौँडा उपमहानगर–१२ मा ४२ प्रतिशत मतदान

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
१६, मंसिर मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को एक वडाध्यक्ष पदका लागि मतदान जारी रहेको छ । बिहान ७ बजेटमा सुरु भएको मतदानमा मतदाताहरूको उत्साहजनक उपस्थिति रहेको छ । २ मतदान स्थलको ९ मतदान केन्द्रका मतदाताहरू लामबद्ध भएर मतदान गरिरहेका छन् । मध्यान्ह १२ बजेसम्म उक्त वडामा ४२ प्रतिशत मतदान भएको छ । सो अवधिमा कुल मतदाता ८ हजार ५३ मतदाता मध्ये ३ हजार ३०६ मत खसेको छ ।...