आफ्नै छोराको कुटपिटबाट बुवाको मृत्यु
९, असोज सिरहा । सिरहामा आफनै छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ । औरही गाउँपालिका(३ खजनपुर टोलकम ६५ वर्षीय भालेश्वर यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार घरायसी विवादमा सोमबार साँझ आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेका थिए ।
मृतक भालेश्वर यादवको शव मंगलबार पोष्टमार्टमपछि उनका अर्का छोरा रामप्रताप यादवलाई जिम्मा लगाइएको छ ।...







