ताजा अपडेट

बुकीमा चरेका च्याङ्ग्राको माग उच्च

बुकीमा चरेका च्याङ्ग्राको माग उच्च

ताजा अपडेट, वातावरण, समाचार
१०, असोज म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका(४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङ्ग्रा छन् । घुम्ती गोठमा पालेको च्याङ्ग्रा बेचेर उनले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउँदै आएका छन् । “वर्षमा ४० जति च्याङ्ग्रा बिक्री हुन्छ,” उनले भने “घरव्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङ्ग्रा पालनबाटै जुटाउने गरेको छु ।” ३५ वर्षीय डिण्डुपले विदेश नगई पुर्खाले गर्दै आएको च्याङग्रापालनलाई निरन्तरता दिएका हुन् । याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङ्ग्रा पालेका छन् । दसैँ तिहारमा पोखरा, काठमाडौँ लगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङग्राको उच्च माग हुन्छ ।...

सांस्कृतिक कार्यक्रममा योगदान गर्ने सम्मानित

ताजा अपडेट, वातावरण, समाचार
१०, अससोज काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा यही असोज ३ गते राजधानीमा आयोजित ‘नेशनल डे कन्सर्ट’मा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज धरहरा परिसरमा एक समारोहबीच कन्सर्ट सफल बनाउन सहयोग गर्ने कलाकार, समाजसेवी, खेलाडी, साहित्यकारलागायतलाई सम्मान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. कृष्णहरि पुस्करले संविधान दिवसका अवसरमा नागरिक स्तरबाटै कार्यक्रम गरिनु र व्यापक जनसहभागिताले यसलाई थप सफल र सार्थक बनाएको बताए। उनले कार्यक्रममा योगदान दिने सबैलाई धन्यवाद दिँदै देशको प्रगति र समृद्धिमा कला, साहित्य, खेलकुद, र समाजसेवाले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।सम्मानित हुनेहरूमा कलाकार, समाजसेवी, खेलाडी, व्यापारी, साहित्यकारलगायत रहेका छन् । सो अवसरमा हास्यकलाकार केदार घिमिरेले सम्मा...
अरिंगालले टोकेर चार विद्यार्थी घाइते

अरिंगालले टोकेर चार विद्यार्थी घाइते

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१०, असोज लमजुङ । जिल्लाको बेँसीसहर नगरपालिका(३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिंगालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिंगालले टोकेर उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार बेँसीसहर(५ बाख्रेगजतका १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्चना तामाङ, १३ वर्षीय संगीता तामाङ र १० वर्षीय करुणा गुरुङ घाइते भएका छन् । घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिंगालले उनीहरूको टाउको, छातीलगायत शरीरका विभिन्न भागमा टोकेको उनले बताए ।घाइते सबैको उद्धार गरी लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। घरबाट विद्यालयसम्म आउँदा जंगलको बाटो पर्ने प्रहरीले जनाएको छ ।...

प्रमाण र तथ्यका आधारमा देशको नीति बन्नुपर्छ : सभामुख घिमिरे

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१०, असोज काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमाण र तथ्यका आधारमा देशको नीति बनाउन आग्रह गरे छ। बिहीबार नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रहगरेको हो। उनले सङ्घीयताको नौलो अभ्यास गरिरहेको नेपालमा प्रमाण र तथ्यका आधारमा नीति बनाउन जरुरी रहेको बताए।उनले सङ्घीयताबारे भएका बहस पनि भावनामा नभई तथ्यका आधारमा हुनुपर्ने बताउए। उनले नीति प्रतिष्ठानको अध्ययन, अनुसन्धान र सुझाव अहिले मुलुकले माग गरिरहेको बताए। उनले मुलुकका नीति कुनै एक सरकारका लागि मात्रै नभई सिङ्गो राष्ट्रका लागि हुनुपर्ने बताए। उनले एउटा सरकारले बनाएको नीति अर्को सरकार आउने बित्तिकै तोडिने परम्परा सुखद् नरहेको जिकिर गरे...

सुस्ता पुल नागरिकको जोखिमपूर्ण यात्राको समाधान : राष्ट्रपति

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१०, असोज नवलपरासी, । राष्ट्रपति रामचन्द्र पौडेलले नदी तरितराउको अभावमा वर्षौंदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुङ्गाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट अब समाधान भएको बताएका छन् । उहाँले शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन समारोहमा बिहीबार बोल्नुहुँदै यो पुल निर्माणले उक्त समस्याको समाधान गरेकोमा खुसी व्यक्त गरे। डबल स्प्यानको सो झोलुङ्गे पुल १५७१ मिटर लामो छ । राष्ट्रपति पौडेलले यस झोलुङ्गे पुलको निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने र यहाँका बासिन्दालाई आवश्यक पर्ने वस्तु तथा सेवाहरूको सहज पहुँच हुने अवस्था सिर्जना गरेको उल्लेख गर्नुहुँदै सुस्ता क्षेत्रमा उपलब्ध नभएका शैक्षिक तथा स्वास्थ्य सेवाको सरल र स...
स्थानीय तह उपनिर्वाचन : मङ्सिर २ गते उम्मेदवारी दर्ता

स्थानीय तह उपनिर्वाचन : मङ्सिर २ गते उम्मेदवारी दर्ता

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१०, असोज काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने जनाएको छ । आयोका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार मङ्सिर २ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ । यसैगरी, मङ्सिर ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकासम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै मङ्सिर ५ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । साथै सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।...

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामी मैत्री बन्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री सिंह

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१०, असोज चितवन । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवं कर्मचारीहरूलाई निर्देशन दिएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुत पनि अस्पतालले गरेको प्रगतिको प्रशंसनीय रहेको बताए। अस्पतालले गर्ने कार्यहरू नेपाल सरकारको नीतिअनुसार बिरामी मैत्री बन्नुपर्ने उनको भनाइ थियो । उनले भने “नेपालमा सबै क्यान्सर रोगको उपचार सम्भावना हुनेगरी कार्य गर्ने संक्ल्प र प्रतिबद्धता आएको छ, धन्यवाद दिन चाहन्छु । ” उनले थापे “अस्पतालबाट प्रदान गरिने सेवाहरूको विस्तृत विवरण प्रतिवेदनका रूपमा सार्वजनिक भएबाट अस्पतालका कार्यहरू नेपाल सरकारका नीतिअनुसार बिरामी मैत्री भ...
स्थानीय तह उपनिर्वाचन : आजबाट दल दर्ता

स्थानीय तह उपनिर्वाचन : आजबाट दल दर्ता

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१०, असोज काठमाडौं । स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आज (बिहीबार) बाट दल दर्ता सुरु भएको छ । नगरप्रमुख, उपप्रमुखदेखि जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षसम्मका रिक्त पदमा परिपूर्तिका लागि आजबाट दल दर्ताको कार्यतालिका रहेको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा १६ असोजसम्म दल दर्ताको काम हुनेछ ।  ...
प्रधानमन्त्री ओली स्वागत समारोहमा सहभागी

प्रधानमन्त्री ओली स्वागत समारोहमा सहभागी

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१०, असोज न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गरे उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी थिए ।...
नेप्से परिसूचकमा ४९ अंकको वृद्धि

नेप्से परिसूचकमा ४९ अंकको वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
९, असोज काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज ४९ दशमलव १८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार आज परिसूचक ४९ दशमलव १८ अंकले उकालो लागेर दुई हजार पाँच सय १९ दशमलव ५७ विन्दुमा सीमित भएको हो । अघिल्लो दिन रु। पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएकामा आज भने चार अर्ब ८१ करोड ३२ लाख २३ हजार चार बराबरको कारोबार भएको छ । कुल एक करोड २४ लाख ९४ हजार नौ सय ८९ कित्ता शेयर खरिदबिक्री हुँदा अघिल्लो दिनको तुलनामा शेयर कारोबार भने खुम्चिएको नेप्सेले जनाएको छ ।...