ताजा अपडेट

‘शान्ति प्रक्रियाका बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छ’

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
११, असोज न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई आज सम्बोधन गर्दै उनले नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताएका हुन् । संघर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै उनले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी गराए । ‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ । द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ,’ प्रधानमन्त्री ओलीले भने । उनले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसंघसहित...
नजिकिएका चाडपर्वबारे सरकारलाई एमालेले ध्यानाकर्षण गराउने

नजिकिएका चाडपर्वबारे सरकारलाई एमालेले ध्यानाकर्षण गराउने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
११, असोज काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । शुक्रबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर दसैँ, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडपर्व जनताले धूमधामसँग मनाउने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउन लागेको हो । विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले कार्यबहाक प्रधानमन्त्री सिंहलाई शुक्रबार दिउँसो भेटेर सडक, यातायात, सुरक्षालगायतका विषय भरपर्दो बनाउन सरकारको ध्यानाकर्षण गर्न लागिएको जानकारी दिए ।...
प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११, असोज काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् । प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भेटेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार वाङले विहीबार शिष्टाचार भेटवार्ता गरेका हुन् । न्यूयोर्कस्थित राष्ट्रसंघको लागि नेपालको स्थायी नियोगका अनुसार सो भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुराकानी भएको थियो । भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी थिए ।...
आज विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी मनाइँदै

ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
११, असोज काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य पमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति, र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदानलगायत कार्यक्रम आयोज...
आज दुईवटा संसदीय समितिको बैठक बस्दै

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, असोज काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जस अनुसार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्ला फाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । ...
अविरल वर्षका कारण आन्तरिक उडान प्रभावित

अविरल वर्षका कारण आन्तरिक उडान प्रभावित

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
११, असोज काठमाडौं । अविरल वर्षाका कारण कम भिजिविलिटी हुँदा देशका विभिन्न स्थानबाट हुने उडान तथा अवतरण प्रभावित भएका छन् । सुर्खेत, पोखरा, भरतपुर, भद्रपुर, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान, अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरका उडान भने भइरहेका छन् । वर्षाकै कारण आज कुनै पनि माउण्टेन फ्लाइट भएनन् ।...

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
११, असोज न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५स्३० बजे महासभामा सम्बोधन गरे ।उनले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरे। सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराए ।...
कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?

कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?

ताजा अपडेट, वातावरण, समाचार
११, असोज काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो ।असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ । यस्तै पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छभने असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ । यस्तै पश्चिम राप्ती कुसुम...

प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, असोज न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीले सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ ९एएमआर०सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सन्तुलित भोजन र स्वच्छ वातावरणसहितको प्राकृतिक स्वास्थ्य हेरचाहको सोचले सङ्क्रमणबाट बचाउने र ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ घटाउने बताए। उनले नयाँ एन्टिबोयटिक्स, वैकल्पिक उपचार र नवप्रवर्तनात्मक समाधानका लागि बलियो अन्तर्राष्ट्रिय सहकार्य आवश्यक भएको र स्वास्थ्य पूर्वाधार, विकास र अनुसन्धानमा पर्याप्त लगानी गर्नुपर्नेमा पनि जोड दिए ।...
आजको मौसम:धेरै भारी वर्षाको सम्भावना सतर्कता अपनाउन अनुरोध

आजको मौसम:धेरै भारी वर्षाको सम्भावना सतर्कता अपनाउन अनुरोध

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
११, असोज काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव देशभर साधारणतया बदली देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागलले जनाएको छ । आज दिउँसो देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा घनघोर वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।आज राति देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेर...