ताजा अपडेट

प्रधानमन्त्रीको उपस्थितिमा मातृ(शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१२, असोज बोस्टन (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकाको वन वर्नहार्ट वर्ल्डवाइडबीच मातृ–शिशु स्वास्थ्यमा सहकार्य गर्ने विषयमा सहमति भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन आइपुगेका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गरेपश्चात् उक्त सम्झौता भएको हो । सम्झौताअनुसार मातृ–शिशु स्वास्थ्यमा प्रतिष्ठानमार्फत योगदान गर्न ग्रामीण स्वास्थ्य फेलोसिपलगायतका कार्यक्रममा सहकार्य गर्ने उल्लेख छ । यस्तै धनयोगा फाउण्डेशन र प्रतिष्ठानबीच पनि सम्झौता भएको छ । सम्झौताअनुसार प्रतिष्ठानले डाइबिटिज केन्द्र स्थापना गर्ने सहमति भएको छ । सम्झौतामा वर्नहार्टका तर्फबाट डा.क्रिस्टिना भे सेन्गर र प्रतिष्ठानकातर्फबाट डा।मङ्गल रावलबीच हस्ताक्षर भए...
ललितपुरमा नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता

ललितपुरमा नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१२, असोज काठमाडौं । ललितपुरमा नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता भएका छन् । शनिबार बिहान ललितपुर महानगरपालिका(१४, नखिपोटमा नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा दुई जना पुरुष, एक महिला र एक बच्चा छन् । शनिबार बिहान सवा ९ बजेतिर उनीहरूलाई खोलाले बगाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बेपत्ता भएकाहरूको खोजी भइरहेको छ ।...

विपद्‌को समयमा नागरिकको सेवामा सरकार तल्लिन छ : कार्यवाहक प्रधानमन्त्री सिंह

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१२, असोज काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपद्‌को समयमा नागरिकको सेवामा सरकार तल्लिन रहेको बताएका छन् । मनसुन सक्रियभएसँगै बाढी, पहिरो र डुबानले देशभरको जनजीवन प्रभावित भएको उनले बताए । उनले यात्राकाक क्रममा अलपत्र परेकाहरुलाई उद्धार गर्न गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास भइरहेको पनि बताए । ‘गृहमन्त्री, सुरक्षा अङ्गका प्रमुख, मुख्यसचिव, सचिवसहित राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवम् परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको छ’, उनले भनेका छन् ।...
पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध

पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध

ताजा अपडेट, वातावरण, समाचार
११, असोज काठमाडौं । भारी वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् । अत्यधिक वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले असोज ११–१२ गते दुई दिन हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन सरकारले अनुरोध गरेको छ । मनसुन सक्रिय हुनुभन्दा अगाडि नै जल तथा मौसम विज्ञान विभागले ५६ जिल्ला उच्च जोखिमको सूचीमा रहेको भन्दै सावधानी अपनाउन भनेको थियो ।विभागका मौसमविदहरुका अनुसार अहिलेको प्रणालीको असर आइतबारसम्म देखिने छ ।  ...

नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनुपर्छ : मन्त्री पाण्डे

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, असोज काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनुपर्ने बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै मन्त्री पाण्डेले ४५ औं विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति रहेको उल्लेख गदै नेपालको सन्दर्भमा यो नारा निकै सान्दर्भिक रहेको र कतै नेपाललाई हेरेर यो नारा आएको हो कि भन्ने लागेको बताए। उनले वैदिक कालमा वेदका ऋचाहरुमा हाम्रा ऋषिमुनिले पृथ्वीमा शान्ति, जलमा शान्ति, आकाशमा शान्ति, वनस्पतिमा शान्तिको पक्षमा कामना गर्ने गरेको उल्लेख गदै त्यही बेलामा जलवायु परिवर्तनको असर पृथ्वीले भोग्नुपर्नेछ र हामीले आकाश, जल, वायु सबैमा शान्ति खोज्नुपर्ने कुराको अनुमान गरेको उल्लेख गरे । भागवान बुुद्धले पञ्चशीलको अवधारणा मार्फत शान्तिको सन्देश विश्वलाई दिएको र केहीसमय अघि नेपालमा शान्ति प्रक्रियाको ...
काठमाडौँ उपत्यकाका नदीको बाढीले खतरा तह पार गर्‍यो

काठमाडौँ उपत्यकाका नदीको बाढीले खतरा तह पार गर्‍यो

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
११, असोज काठमाडौं। काठमाडौँ उपत्यका भएर बग्ने नदीहरूमा शुक्रबार आएको बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकाका बागमती नदीको खोकना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको हो ।विभागका अनुसार बलम्बु र विष्णुमती नदीमा आएको बाढीले गोङ्गबु बसपार्कमा खतरा तह पार गरेको छ । विभागले पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाले पनि शुक्रबार सूचना जारी गर्दै खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ । बिहीबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो क्रम आइतबारसम्म रहने मौसमविद्हरूले बताएका छन् । शुक्रबार देशको मध्य र पूर्वी तराईमा अति भारी वर्षा मापन भएको छ । लगातार पानी पर्दा कोशीका झापा, मोरङलगायतका केही स्थान डुबानमा समेत पर्न थालेका छन् ।...

मानवता इतिहासकै कठिन मोडमा छ, : परराष्ट्रमन्त्री

ताजा अपडेट, राजनीति, समाचार
११,असोज काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानवहितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताएकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन हाल अमेरिकाको न्युयोर्कमा रहेकी मन्त्री डा।राणाले बिहीबार सम्पन्न एशियाली कोअपरेसन डायलग ९एसिडी० मा संलग्न देशहरूका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राखेकी हुन् । सो बैठकमा उनले भनिन्, “हामीहरू अहिले विश्वमा सबैभन्दा बढी समस्यामा रहेका छौँ । एकातर्फ हाम्रो साझा घर पृथ्वीले जलवायु परिवर्तनको असरका कारण दिनप्रतिदिन नसोचिएको समस्या झेलिरहेको छ । हिमालहरू पग्लिने क्रम तीव्र बन्दैछ । हिमताल फुटेर कहाँ कतिबेला बाढी आउँछ र मानवीय क्षति गर्छ भन्ने त्रास बढेको छ । मानवनिर्मित विकासका संरचना तथा पूर्वाधारसमेत भत्किँदै छन् । असमयमै बाढीको प्रकोप बढ्दै गएको छ । मानवीय सभ्यताको विना...

देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक छ : मन्त्री दाहाल

ताजा अपडेट, राजनीति, समाचार
११, असोज मोरङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकको विकास निर्माण द्रुत गतिले अगाडि बढाउनका लागि निर्वाचन प्रणालीका बाधा अड्चन हटाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पारे । उनले निर्वाचन प्रणाली सुधार गर्ने सन्दर्भमा महिला, विभिन्न जातजातिको प्रतिनिधित्व स्थानीय रूपमा निर्वाचित गरेर ल्याउने, समानुपातिक व्यवस्था व्यवस्थित गर्ने सम्बन्धमा दलहरुबीच छलफल भइरहेको जानकारी दिए । मन्त्री दाहालले संविधान संशोधनबाट जनताले पाइरहेको अधिकार कुनै हालतमा नखोसिने दाबी गरे। उनले भने, “संविधान संशोधनमा जनताले थप अधिकारहरू प्राप्त गर्नेछन् ।”उनले देशव्यापी रूपमा संघीय मन्त्रालयअन्तर्गतका चार हजार पाँच सय किमी सडकका खाडल पुर्ने काम सुरु गरेको तर मौसमले समस्या भएको बताए ।...

चाडपर्वको समयमा तत्काल घटनास्थलमा पुग्न ७६ वटा मोटरसाइकलमा प्रहरी परिचालन गरिने

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
११, असोज काठमाडौं। काठमाडौँ प्रहरीले चाडपर्वको समयमा तत्काल घटनास्थलमा पुग्ने गरी ७६ वटा ‘क्युआरटी’ टिम परिचालन गर्ने निर्णय गरेको छ । अनुसन्धानमा आवश्यक सामग्रीले सुसज्जित ७६ वटा ‘ई–क्यूआरटी’ टोली परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । उनले भने– ‘घटनाको सूचना पाएपछि सबैभन्दा पहिले पुग्ने क्यूआरटी टोलीसँग भएको क्यामेराले खिच्ने गतिविधि कन्ट्रोल रुमबाट मनिटर गर्न सकिन्छ ।’ चाडपर्व अवधिभर २४ वटा टोलीले मोबाइल भ्यानबाट गस्ती गर्ने गरी काठमाडौँ प्रहरीले सुरक्षा योजना लागू गरेको छ । काठमाडौँ जिल्लालाई १४ वटा एरियामा विभाजन गरेर डीएसपीको कमान्डमा १० जनाको टिम परिचालन गर्ने गरी सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व सुरक्षाका लागि ३ दिनको लङ रुट पट्रोल र १ दिने सर्ट रुट पट्रोल गरिने एसपी नवराज अधिकारीले जानकारी दिए ।...
वर्षाले १४ स्थानमा चेतावनीको तह पार गर्‍यो

वर्षाले १४ स्थानमा चेतावनीको तह पार गर्‍यो

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११, असोज काठमाडौं । अत्यधिक वर्षाका कारण वर्षा मापन केन्द्र रहेका १४ स्थानमा चेतावनीको तह पार गरेको छ । यो समाचार तयार पार्दासम्म चेतावनीको तह पार भएका वर्षा मापन केन्द्रहरुमध्ये धेरैजसो कोशी प्रदेशका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको रेकर्ड भएको छ । मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा भएको छ । सप्तरीका बरमझिया र रुपनी बजार तथा मोरङका हरैँचा, बाहुनी, विराटनगर विमानस्थलमा वर्षाले चेतावनीको तह पार गरेर खतराको तहसम्म पुगेको छ। यसैगरी झापाका शनिश्चरे, अनारमनी, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा, बाहुनडाँगीमा पनि वर्षा खतराको तहसम्म पुगेको छ ।...