ताजा अपडेट

सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१२, असोज काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । साथै उनले प्राकृतिक विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर त्यसको सामना गर्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत देशभरि अविरल वर्षाले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपहिरोबाट सतर्कता अपनाउन सबैलाई आग्रह गरेका हुन् । उनले वर्षाबाट भएको असरबारे गृहमन्त्री रमेश लेखकसँग टेलिफोन गरी विवरणसमेत लिएका थिए । “बाढीपहिरोले मुलुकका विभिन्न स्थानमा जनधनमा क्षति भएका खबर आइरहेका छन् । आज गृहमन्त्री लेखकसँग टेलिफोन गरी यससम्बन्धी सबै जानकारी लिएको छु”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन् गृह मन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् ...

नक्खु खोलामा फसेका मानिसहरूको हेलिकोप्टरबाट उद्धार

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१२, असाृेज काठमाडौं । ललितपुरको नक्खु खोलामा बाढीमा फसेका मानिसहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्न थालिएको छ । बाढीका कारण कयौँ मानिसहरू फसेका छन् । सुरक्षा निकायका उद्धारकर्मीहरू फसेकाहरूको उद्धारका लागि खटिएका छन् । यसैबिच खोलका कारण फेसेका दुई जनाको हेलिकप्टरको मद्दतले उद्धार गरिएको छ । उपत्यकाका बागमती, नख्खु, बल्खु, हनुमन्ते, विष्णुमती नदीमा बाढीको उच्च बहाव छ। मनोहरा, घट्टेखोला लगायतका खोलाहरूका कारण सडक र बस्ती डुबानमा परेका छन्। उपत्यकामै केही स्थानमा पुल बगेका छन्। मुख्य सडकमा पनि पानी जमेका कारण यातायात सञ्चालनमा अवरोध सिर्जना हुनुका साथै उपत्यकाका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध बनेको छ।...

मुग्लिन(नारायणगढ सडक भासियो

ताजा अपडेट, वातावरण, समाचार
१२, असोज काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ(मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ । थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ । साना तथा हलुका सवारी मात्रै चलाउने सकिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । तर सोही स्थानमा जुगेडीबाट मुग्लिन तर्फ आउँदै गरेको प्र(३(०१(०२४ च ३०५६ नम्बरको बलेरो जिप पल्टिएकाले त्यसलाई उठाउने प्रयास भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभिरमा पहिरो आएर अवरुद्ध भएको सडक २ वटा स्काभेटर लगाएर पन्छाउने काम भइरहेको छ ।...

हेटौँडा र काठमाडौँ जोड्ने सडकको पहिरो पन्छाउँदै प्रहरी

ताजा अपडेट, वातावरण, समाचार
१२, असोज मकवानपुर । हेटौँडा र काठमाडौँ जोड्ने छोटो दुरीको सडक खुलाउन प्रहरी तैनाथ गरिएको छ । इलाका प्रहरी कार्यालय मातहतका प्रहरी प्रयोग गरी हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको हेटौँडा भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ तथा भीमफेदी कुलेखानी फाखेल काठमाडौँ सडक खुलाउने प्रयत्न भइरहेको छ । जेसिबी र मेसिन प्रयोग गरेर ठुलो पहिरो पन्छाइँदै गरिएको र स–साना पहिरो प्रहरीले पन्छाइरहेको इलाका प्रहरी कार्यालय भीमफेदीकी इन्चार्ज प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन् । सो सडक खण्डको विभिन्न स्थानमा साना–साना पहिरो खसेको र मेसिन आउन समय लाग्ने भएकाले प्रहरीले नै पन्छाउने काम भइरहेको उनले बताइन् । उनका अनुसार भीमफेदी बजारबाट माथिल्लो क्षेत्र जुरीखेतको २ स्थानमा पहिरोसहित रुख ढलेकाले सवारी आवागमन नै ढप्प भएको थियो । उक्त पहिरोका कारण पहिरो झरेका क्षेत्र अवलोकनमा समेत जान कठिनाइ भइरहेको उनले बता...
तनहुँमा पहिरोले दर्जन ठाउँमा सडक अवरुद्ध

तनहुँमा पहिरोले दर्जन ठाउँमा सडक अवरुद्ध

ताजा अपडेट, वातावरण, समाचार
१२, असोज तनहुँ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज बिहान पहिरा जाँदा तनहुँका एक दर्जन ठाउँमा सडक अवरुद्ध भएका छन् । पहिराले सडक अवरुद्ध हुँदा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । पृथ्वीराजमार्ग र भित्री सडकखण्ड अन्तर्गतका विभिन्न ठाउँमा पहिराले सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए । उनका अनुसार पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवा, छिर्कने, बन्दीपुर गाउँपालिका–१ चिसापानी, चुनपहरा, म्याग्दे गाउँपालिका–६ मौरीओडार, भानु नगरपालिका–१ भन्सारमा सडक अवरुद्ध भएको छ । उनका अनुसार सबै ठाउँमा पहिरा पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको छ । उनले भने, ‘पानी परिरहेकाल...
भारी वर्षाका कारण त्रिविको कृषि विज्ञान प्रवेश परीक्षा स्थगित

भारी वर्षाका कारण त्रिविको कृषि विज्ञान प्रवेश परीक्षा स्थगित

ताजा अपडेट, शिक्षा, समाचार
१२, असोज काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कृषि र पशु चिकित्सा विज्ञानको प्रवेश परीक्षा स्थगित गरेको छ । आज बिहान ११ बजेका लागि तोकिएको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कृषि र पशु विज्ञान अध्ययन संस्थानका निमित्त डीन तथा भर्ना समिति संयोजक डा। किशोरचन्द्र दाहालले दिए । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीलाई आवतजावत गर्न समस्या भएपछि परीक्षा स्थगित गरिएको हो।  ...
नारायणी नदीमा पानीको सतह हालसम्मकै उच्च

नारायणी नदीमा पानीको सतह हालसम्मकै उच्च

ताजा अपडेट, वातावरण, समाचार
१२, असोज काठमाडौं । लगातारको भारी वर्षाका कारण शनिवार बिहान नारायणी नदीमा पानीको सतह हालसम्मकै उच्च विन्दुमा पुगेको छ । जल मापन केन्द्र देवघाटमा बिहान नदीको पानीको सतह ११ मिटर ३५ सेन्टिमिटर पुगेको छ । जल मापन केन्द्र स्थापनाकाल देखि हालसम्म नदीको सतह यति माथि पुगेको पहिलो हो । यस अघि असार असार २२ गते १० मिटर ४६ सेन्टिमिटर पुगेको थियो । नारायणी नदीमा नौ मिटर पानीको सतह पार गर्नुलाई खतरा मानिन्छ । मापन अनुसार सात मिटर ३० सेन्टिमिटर सतह पार गर्नुलाई नदीको बहाव मापदण्ड भन्दा माथि रहेको सतर्कताको अवस्था मानिन्छ भने नौ मिटर पार गर्नु खतराको सूचकको रूपमा लिने गरिन्छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जल मापन केन्द्रले दिएको उक्त जानकारीलाई आधार मान्दै नदी किनारका बस्तीका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरिएको बताए । उनले राप्ती नदीको समेत पानीको सतह बढेकोले नदी किनारका बस्तीह...
राहत तथा उद्धारमा खटिन गृहमन्त्रीको निर्देशन

राहत तथा उद्धारमा खटिन गृहमन्त्रीको निर्देशन

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१२, असोज काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभर भारी वर्षाका कारण जनधनको क्षति भइरहेको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले विपद्मा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। उद्धार, बेपत्ताको खोजी, राहत, घाइतेको स्वास्थ्य उपचार गर्न सरकार गम्भीर रहेको मन्त्री लेखकले बताएका छन् । उने देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह समेत गरेका छन् । सबैलाई आफू नजिक जोखिममा रहेका व्यक्तिलाई सहयोग गर्न उनको अपिल छ । उनले यस विपद्को घडीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई तदारुकताका साथ बेपत्ताहरूको खोजी, पीडितलाई राहत तथा उद्धारमा खटिन निर्देशन समेत दिएका छन् ।...
वर्षाले काठमाडौंको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित

वर्षाले काठमाडौंको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित

ताजा अपडेट, वातावरण, समाचार
१२, असोज काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारहरुमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषकाअनुसार, काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । प्रवक्ता घोषले काठमाडौं उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिवार करिब २०० मेगावाट मात्र रहेको बताए । बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरु प्रभावित भएका छन् । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी,...

आजबाट दसैँको अग्रिम टिकट बुकिङ खुला

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१२, असोज काठमाडौं । सरकारले आजदेखि दसैँका लागि लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो । घटस्थापना आउन पाँच दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । शुक्रबारदेखि नै मुलुकको सङ्घीय राजधानी काठमाडौँसहित देशभर अविरल वर्षासमेत भएकाले बिहानैदेखि छाता ओढेर यात्रु टिकट काट्न लाइनमा बसेका छन् । अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ । सरकारले अनलाइनमार्फत टिकट काट्न पाउने व्यवस्था मिलाए पनि ...