ताजा अपडेट

झ्याप्ले खोलाबाट २५ शव निकालियो

ताजा अपडेट, वातावरण, समाचार
१३, असोज काठमाडौं । धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा आज बिहान ११ बजेसम्म २५ शव फेला परेका छन् । शनिबार रातिसम्म १४ शव निकालेको उद्धार टोलीले आज थप ११ शव निकालेको हो । शनिबार राति एक बालक, पाँच महिला र आठ पुरुषको शव निकालेको उद्धार टोलीले आज बिहान नौ पुरुष र दुई महिलाको शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए । पुरिएका सवारीसाधन धुजा धुजा अवस्थामा रहेको र शव पनि छुट्टाछट्टै भेटिएकाले कुन सवारीसाधनको शव कुन हो भन्ने यकिन गर्न कठिन छ । पुरिएको अवस्थामा फेला परेका सवारीसाधन टुक्रा टुक्रा बनेकाले नम्बर पहिचान गर्न कठिन भएको सूचना अधिकारी सिलवालले जानकारी दिए ।गोरखाबाट काठमाडौँ आउँदै गरेको ना४ख २२७० नम्बरको बसको भने यकिन भएको छ ।...

झ्याप्लेखोलामा एउटा बस पुरिएको अवस्थामा भेटियो

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१३, असोज, काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ । बसको केही भाग मात्र देखिन्छ । बसको नम्बर पनि खुलेको छैन । त्यहाँ डोजर प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको छ । गोरखाबाट शुक्रबार काठमाडौंबाट छुटेको तर सम्पर्कमा नरहेको भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ ।...
उपत्यकाबाट बाहिरिने सबै नाका पूर्णरुपमा अवरुद्ध

उपत्यकाबाट बाहिरिने सबै नाका पूर्णरुपमा अवरुद्ध

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१३, असोज काठमाडों । निरन्तरको भारी वर्षा, बाढी, पहिरो र डुबानका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका अवरुद्ध छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले काठमाडौँबाट लामो दूरीका कुनै पनि बस बाहिर जान सक्ने अवस्था छैन । काठमाडौँ उपत्यकाभित्रको हकमा जमेको पानी खुलाउने क्रम जारी छ भने कोरिडोर क्षेत्रमा यातायात सञ्चालन हुन सकेको छैन । प्रहरीका अनुसार बल्खु–फर्पिङ, दक्षिणकाली–सिस्नेरी, चन्द्रागिरीको पृथ्वी राजमार्ग, ललितपुरको लेले, टीकाभैरव जाने बाटो, मकवानपुरको त्रिभुवन राजपथ, काभ्रेपलाञ्चोकतर्फ बीपी राजमार्ग, मध्य–पहाडी लोकमार्ग, सिन्धुलीको मदन भण्डारी राजमार्ग, धादिङको पृथ्वी लोकमार्ग, सिन्धुपाल्चोकतर्फ अरनिको राजमार्ग, बाह्रबिसे–तातोपानी सडकखण्ड पूर्णरुपमा अवरुद्ध छन् ।...

विद्यालय आइतबारदेखि तीन दिन बन्द

ताजा अपडेट, शिक्षा, समाचार
१३, असोज काठमाडौं । वर्षा र बाढीको प्रभावका कारण देशभरका शैक्षिक संस्था आइतबारदेखि तीन दिन बन्द गरिएको छ । विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । विपद्को दुःखद घडीमा तीनै तहका सरकार, गैरसरकारी क्षेत्र तथा आम नागरिक सबैले संयमता अपनाई समन्वयात्मक रूपमा विपद् व्यवस्थापनमा जुट्न मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद भट्टराईले आग्रह गरे । ‘देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जानकारी मन्त्रालयमा प्राप्त भइरहेको छ,’ उनले भने, ‘हाललाई विश्वविद्यालय परिषद्लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन गरी परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्...
एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बस्दै

एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१३, असोज काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए। बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हुने जानकारी उनले दिए । बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ ।...
आजदेखि सबै विमानस्थल खुला, नियमित उडान सुरु

आजदेखि सबै विमानस्थल खुला, नियमित उडान सुरु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१३, असोज काठमाडौं । तीन दिनदेखि प्रभावित भएको आन्तरिक उडान आजदेखि नियमित भएको छ । बिहीबार केही विमानस्थलमा उडान हुन सकेको थिएन । मौसमका कारण शुक्रबार र शनिबार भने अधिकांश विमानस्थल ठप्प रहे । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल आन्तरिक उडानको ३० प्रतिशत मात्रै भएको विमानस्थल कार्यालयले जनाएको छ । आज आइतबार भने देशका सबै विमानस्थल खुलेका छन् । हुस्सुका कारण बिहान केही बेर उडान प्रभावित भए पनि ९ बजेदेखि भने सबै विमानस्थलमा नियमित उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।...
झ्याप्ले खोलामा थप ३ शव भेटियो

झ्याप्ले खोलामा थप ३ शव भेटियो

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१३, असोज काठमाडौं । झ्याप्ले खोलामा पुरिएको अवस्थामा आज थप ३ शव फेला परेको छ । फेला परेका शव गोरखाबाट काठमाडौँतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसको हुनसक्ने आशंका गरिएको छ ।पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । फेला परेको बसको पहिचान भइसकेको छैन । सशस्त्र प्रहरीको डिएसपीको कमान्डमा र नेपाली सेना, नेपाल प्रहरी सहितको टोली उद्धारमा खटिएको छ ।झ्याप्ले खोलामै शनिबार दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो । तीमध्ये नौ जनाको सनाखत समेत भइसकेको छ ।...

गोरखाको लापुबेंसीबाट काठमाडौँ छुटेको बस शुक्रवारदेखि सम्पर्कविहीन

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१३, असोज काठमाडौं । उत्तरी गोरखाको लापुबेंसीबाट काठमाडौँको लागि छुटेको बस सम्पर्कविहीन भएको छ । शुक्रवार बिहान गोरखाको लापुबेंसीबाट काठमाडौँको लागि छुटेको ना ४ ख २२७० नम्बरको बस राती १० बजेसम्म धादिङको खानीखोलासम्म सम्पर्कमा आएको त्यसपछि अहिलेसम्म पनि सम्पर्कमा नआएको गोरखा दरौंदी यातायात कम्पनीका अध्यक्ष नारायण खत्रीले जानकारी दिए । उनका अनुसार शुक्रवार बिहान ७ बजे गोरखाबाट काठमाडौँका लागि ४ जना लिएर हिँडेको दुइसापटी बस सम्पर्कमा नआएपछि गोरखा दरौदी यातायात कम्पनीले एक सूचना जारी गर्दै कोही कसैको सम्पर्कमा नभएकाले कम्पनीले आफ्नोतर्फ खोजी कार्य गरिरहेको र आजसम्म पनि केही पत्ता नलागेकाले खोजी कार्यमा लागिदिन सम्बन्धित निकायलाई सूचनामार्फत अपिल गरेको उनले बताए । सम्पर्कविहीन भएका बसमा साहु तथा बस चालक मदन परियार, सहचालक विनायक भट्टराई र दुई जना नाम नखुलेका यात्रु लिएर लापुबेंसीबाट काठमाड...
काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१२, असोज काठमाडौं । वर्षाजन्य विपद्मा परी काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दिएको जानकारीअनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन् । बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको उनले बताए। बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने दुई सय २६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ ।विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिए। यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौँमा थप ४०, ललितपुरमा २५ र भक्तपुर...
मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा

मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१२, असोज मकवानपुर । भारी वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका(३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए । बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज विहान बाँधका दुई वटा ढोका खोलिएको थियो । विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ । बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ ।अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा(काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी(सिस्नेरी(दक्षिणकाली(काठमाडौँ, कुलेखानी–फाखेल(काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र...