ताजा अपडेट

दाउन्नेमा सडक भासियो,राजमार्ग अवरुद्ध

दाउन्नेमा सडक भासियो,राजमार्ग अवरुद्ध

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
१५ असोज काठमाडौं ।नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सोमबार साँझ बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित दाउन्नेमा सडक भासिएपछि बाटो अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार सडक अनुमानित डेढ फिट भासिएको छ। सडक भासिएर राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । यस्तै बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युतको ‘हाइटेन्स पोल’ पनि सडकमा ढलेको प्रहरी नायब उपरीक्षक बोहराले बताए। बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीले प्रयास गरिरहेको बताइएको छ । आज १० बजेसम्ममा बाटो खुलाउने प्रयास गरेको पनि उनले बताए।  ...
सरकारद्वारा राष्ट्रिय शोकको घोषणा,झण्डा आधा झुकाइने,‘राहत कोषमा’१अर्ब रुपैयाँ दिइने

सरकारद्वारा राष्ट्रिय शोकको घोषणा,झण्डा आधा झुकाइने,‘राहत कोषमा’१अर्ब रुपैयाँ दिइने

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
मनिषा गुरुङ १५ असोज,काठमाडौं ।सरकारले बाढी,पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आज मंगलबारदेखि तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ। हिजो सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को‍ बैठकले तीन दिन राष्ट्रिय शोकको घोषणा गरी राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्। प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री  गुरुङका अनुसार प्रधानमन्त्री ओली सोमबार साँझ मात्र अमेरिका भ्रमणबाट फर्किएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले ‘प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा’ सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय समेत गरेको छ ।उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिनेछन् । मन्त्रिपरिषद्‍ बैठकले चाडपर्वका बेला कालोबजारी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने पनि निर्णय गरेक...
विपद् व्यवस्थापन कार्यकारिणी समिति बैठक बस्दै

विपद् व्यवस्थापन कार्यकारिणी समिति बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१४, असोज काठमाडौं । अविरल वर्षाले भएको जनधनको क्षतिबारे छलफल गर्न विपद व्यवस्थापन कार्यकारिणी समितिको बैठक सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक जारी छ । असोज ११ र १२ गते बाढी, पहिरो र डुबानका कारण भएको क्षतिबारे छलफल गरी खोज, उद्धार, राहत र पुनर्निर्माणबारे निर्णय गर्न बैठक बोलाइएको हो ।...
अवरुद्ध हेटौँडा(भैसे, सिमभन्याङ(पालुङ(नौबिसे, हेटौँडा(सिन्धुली(धरान चतरा सडक खुल्यो

अवरुद्ध हेटौँडा(भैसे, सिमभन्याङ(पालुङ(नौबिसे, हेटौँडा(सिन्धुली(धरान चतरा सडक खुल्यो

ताजा अपडेट, वातावरण, समाचार
१४, असोज बागमती । भारी वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा(काठमाडौँ र हेटौँडा(धरान चतरा जोड्ने तीन वटा सडक सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा(भैसे, सिमभन्याङ(पालुङ(नौबिसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा(सिन्धुली(धरान चतरा सडक आज बिहानबाट खुलेका छन् । यस्तै त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा(भैसे(चित्लाङ(चन्द्रागिरि(काठमाडौँ जाने सडक आइतबार साँझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । वर्षासँगै खसेको पहिरो पन्छाएपछि ती सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।...

बाढीपहिरो र डुबान प्रभावितलाई तत्काल राहत प्रदान गर्न अध्यक्ष नेपालद्वारा माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४, असोज काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अविरल वर्षाबाट प्रभावितलाई उद्धार, राहतमा थप क्रियाशील हुन आफ्ना स्थानीय तहका पार्टीपङ्क्तिलाई आह्वान गरेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अविरल वर्षापछि बेपत्ता भएकाको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा स्वयंसेवक संस्थासँग समन्वय गरेर काम गर्न नेता कार्यकर्ता सबैलाई विशेष अपिल गरेका छन् । अध्यक्ष नेपालद्वारा आइतबार जारी विज्ञप्तिमा बाढीपहिरो र डुबानले देशका विभिन्न भागमा नागरिकको ज्यान गएको, नागरिक सम्पर्कविहीन भएका र घाइते भएका जनाउँदै प्राकृतिक विपद्बाट नागरिकका घर क्षतिग्रस्त भएका तथा भौतिक सम्पत्ति नष्ट हुँदा पार्टीलाई मर्माहत तुल्याएको उल्लेख गरेका छन् ।...
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

ताजा अपडेट, राजनीति, समाचार
१४, असोज काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर आज स्वदेश फर्किँदै छन् । उनी आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै यहि असोज ४ गते न्युयोर्क गएका थिए ।  ...

नेपाललाई सघाउन पाकिस्तान तत्पर छ : पाकिस्तानी प्रधानमन्त्री

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, समाचार
१४, असोज काठमाडौं । पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर रहेको जनाएको छ । प्रधानमन्त्री शेहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र आफ्नो देशका जनताको तर्फबाट सहानुभूति प्रकट गरेका छन् । यहाँस्थित पाकिस्तानी राजदूतावासका अनुसार सन् २०२२ मा विनाशकारी बाढीको सामना गरेको पाकिस्तानले दुःखको यस घडीमा ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारलाई आवश्यक सहयोग गर्न तत्पर रहेको जनाएको छ ।...
दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४, असोज काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । दिउँसो १ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।...

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १८८ पुग्यो,

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१४ असोज, काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् । गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ । गृहमन्त्रालयको आज बिहानको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता हुनेहरूमा उपत्यकाका २०, बागमतीका ११, कोशीका ७, लुम्बिनीका २ र मधेशका एक जना रहेका छन् । यस्तै ४५ जना घाइतेको उपचार भइरहेको छ । देशभर १३२७ घरमा क्षति पुगेको छ भने राजमार्ग तथा सडकका १९ सडकमा भत्किएका छन् ।...

ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
१३, असोज ललितपुर । बिहीबारदेखि परेको भारी वर्षाले ललितपुरको दक्षिणी भेगका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन भएका छन् । विपत्तिका कारण महाङ्काल, बागमती, कोञ्ज्योसोमका स्थानीयले धनजनको क्षति व्यहोर्नु परेको भन्दै राहत तथा उद्धारका लागि सञ्चार समन्वयसमेत हुन नसकेको महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले बताए । “लेले चन्दनपुर सडक, मध्यमार्गी लोकमार्ग बन्द छ, विद्युत्का पोल ढलेका छन् । उद्धार गरिएकालाई थप उपचारका लागि ल्याउन सकिएको छैन”, उनले भने । बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कान्ति लोक पथ अवरुद्ध हुँदा सवारीसाधन प्रयोग गरेर राहत तथा उद्धार गर्न नसकिएको बताए। “माल्टामा दुई र आश्राङमा दुई वटा घर बगाएको छ, गिम्दीमा झोलुङ्गे पुल बगाएको छ, कतिपय स्थानमा खानेपानीको पाइप नष्ट भएका छन्, भट्टे डाँडामा एउटा गोठ पुरिएर पाँच वटा दुहुना भैँसी पुरिएक...