ताजा अपडेट

विपद्‍ क्षेत्रमा रोग फैलिन नदिन सबै उपाय अपनाउनुस् : स्वास्थ्यमन्त्री पौडेल

विपद्‍ क्षेत्रमा रोग फैलिन नदिन सबै उपाय अपनाउनुस् : स्वास्थ्यमन्त्री पौडेल

ताजा अपडेट, समाचार, स्वास्थ्य
१६ असोज,काठमाडौं ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलन सक्ने भन्दै यसो हुन नदिन सतर्कताका सबै उपाय अपनाउन तीनवटै तह,खानेपानी मन्त्रालय तथा खानेपानी सम्बद्ध अधिकारीलाई आग्रह गरेका छन्। मन्त्रालयमा बसेको विशेष बैठकमा बोल्दै उनले बाढी पहिरोपछि पानीका श्रोत प्रदूषित भएको र यसकै कारण झाडापखाला,हैजा तथा डेंगुलगायतका संक्रामक रोग फैलन सक्ने भन्दै रोग लाग्न नदिन आ–आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोग बारे जानकारी गराउन आग्रह गरेका छन्। उनले खानेपानीको शुद्धता बढाउन र कुनै पनि संक्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।...

चोरीको जाहेरी दिएकी महिलालाई झुक्याएर बलात्कार गर्न खोजेको आरोपमा सहायक हवल्दार पक्राउ

ताजा अपडेट, बिशेष, समाचार
१६ असोज,काठमाडौं। प्रहरी वृत्त लैनचौरमा कार्यरत प्रहरी सहायक हवल्दार अनिलकुमार दाहाल चोरी मुद्दामा जाहेरी दिन आएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन्। स्वयम्भूमा बस्दै आएकी जाहेरवालाले कोठामा चोरी भएको भन्दै प्रहरी वृत्त स्वयम्भूमा जाहेरी दिन गएकी थिइन्।उनका अनुसार स्थानीय प्रहरीले लैनचौर प्रहरी वृत्तमा पनि उजुरी दिनु भनेपछि उनी त्यहाँ उजुरीका लागि गएकी थिइन् । चोरीमा संलग्न व्यक्तिको तस्बिर र आफ्नो मोबाइल नम्बर छोडेर उनी कोठामा फर्किइन्।केही दिनपछि बुझ्न जाँदा दाहालसँग कुराकानी भएको र चोर भेटिए आफूले खबर गरिदिने भन्दै नम्बर मागेको जाहेरीमा उल्लेख छ। जाहेरी अनुसार भदौ २९ गते राति ९ बजे दाहालले ‘चोर पक्राउ परेको छ तुरुन्त आउनु’ भन्दै ती महिलालाई फोन गरेका थिए।‘आफ्नो ८ वर्षको बच्चा छ,भोलिपल्ट आउँछु’ भन्दा दाहालले नआए चोरलाई छाडिदिन्छु भन्दै तत्काल आउन बाध्य बनाएक...
तारकेश्वर धामको प्रतिक्षालयमा एक महिला मृत अवश्थामा फेला

तारकेश्वर धामको प्रतिक्षालयमा एक महिला मृत अवश्थामा फेला

ताजा अपडेट, ब्यानर-२, समाचार
१६ असोज, काठमाडौं । बालाजु वाइपास नजिक एक महिला मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौं महानगरपालिका वडा नं १६ बालाजुको बाइपास नजिक गुणस्तर पछाडीको तारकेश्वर धामको प्रतिक्षालयको पेटीमा एक महिला मृत भेटिएकी हुन् । प्रहरी वृत्त बालाजुका अनुसार अन्दाजी ५० वर्षीया महिलाको पहिचान हुन सकेको छैन ।घटनाबारे अनुसन्धान अघि बढाएको छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको बालाजु प्रहरीले बताएको छ ।  ...
नागरिक उड्डयन प्राधिकरणको नयाँ भवनमा अख्तियारको छापा

नागरिक उड्डयन प्राधिकरणको नयाँ भवनमा अख्तियारको छापा

ताजा अपडेट, ब्यानर-१, समाचार
१६ असोज,काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा छापा हानेको छ। अख्तियारले आज क्यानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको नयाँ भवनमा छापा हानेको हो।उक्त भवन निर्माणमा अरबौंको भ्रष्टाचार भएको उजुरीपछि अनुसन्धान थालेको थियो। अख्तियारले निर्माणसँग सम्बन्धित कागजपत्र र अनुसन्धानका लागि आवश्यक प्रमाण समेत हाता लिएको स्रोतले बताएको छ।...
राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय,पार्टीको काम रोकेर राहत र उद्धारमा परिचालित हुन निर्देशन

राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय,पार्टीको काम रोकेर राहत र उद्धारमा परिचालित हुन निर्देशन

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, राजनीति, वातावरण, समाचार
१६ असोज काठमाडौं ।नेकपा (एमाले)ले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ। महासचिव शंकर पोखरेलले हिजो मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको बताए । साथै बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको पनि जानकारी दिए ।बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा एमालेले जोड दिएको उनको भनाई छ। एमालेले क्षतिको यकिन विवरण संकलन गर्न र कृषि बालीमा परेको असर हेरेर सम्बोधन गर्नेमा पनि जोड दिएको जनाएको छ ।  ...

बाढीपहिरो प्रभावितलाई कर्णाली सरकारले पनि ग¥यो ५० लाख सहयोग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
१६ असोज सुर्खेत ।कर्णाली प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को हिजो मंगलबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले बताएका छन् । त्यस्तै बैठकले प्रदेशसभाको चालू अधिवेशन पनि अन्त्य गरेको उनको भनाई छ।प्रदेशसभाको चालु अधिवेशन १५ असोज राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको जनाएको छ। केही दिन अघिदेखि परेको वर्षाले काठमाडौं उपत्यका लगायत मध्य र पूर्वी नेपाल बढी प्रभावित बनेको छ।    ...

प्रधानमन्त्री उद्धार कोषमा झण्डै साढे तीन करोड थपियो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१६ असोज काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै साढे तीन करोड आर्थिक सहयोग सङ्कलन भएको छ।वाणिज्य बैंक,भाटभटेनी र युनिलिभरको तर्फबाट उपलब्ध भएको रकमबाट सो संख्यामा रकम संकलन भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई करोडको चेक हस्तान्तरण गर्नुका साथै भाटभटेनी सुपरमार्केटद्वारा एक करोड ११ लाख ११ हजार एक सय ११ र युनिलिभर नेपाल लिमिटेडले २० लाखको आर्थिक सहयोग प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपद्‍ले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्‍याएको छ। प्रधानमन्त्री ओलीले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत सामग्री वितरण,उद्धार र पुनःस्थापनाका लागि सबैलाई सहयोग गर्न आह...
नागढुंगा–झ्याप्ले सडक खण्डमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी सञ्चालनमा रोक

नागढुंगा–झ्याप्ले सडक खण्डमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी सञ्चालनमा रोक

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण
१५, असोज काठमाडौँ । काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगादेखि धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोला सड्क खण्डमा मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । अहिले सो सड्क खण्डमा एकतर्फी मात्रै सवारी चलिरहेका छन् । मोटरसाइकल पनि रोकेर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बाटोमा भएको पहिरो पन्छाउन लागिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘पहिरो पन्छाएर दुईतर्फी नै सड्क सञ्चालनका लागि दुई घण्टा सवारी साधन चलाउन रोक लगाइएको हो ।’ धुनिवेशी नगरपालिका स्थित झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले बताए...
आज तीनवटा संसदीय समितिको बैठक बस्दै

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१५, असोज काठमाडौं । संघीय संसद्अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार आज राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे समितिको सभाकक्ष सिंहदरवारमा बस्नेछ । बैठकमा देशभर बाढी पहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान साढे ११ बजे नै सिंहदरवारमा बस्नेछ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात सम्बन्धी विषयमा छलफल हुनेछ । छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आमन्त्रण गरिएको छ । यस्तैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी व...
पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
 १५असोज,काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ। मूल्य घटेपछि चारआली, विराटनगर,जनकपुर,अमलेखगञ्ज, भलबारी,नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ।काठमाडौं,पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ।...