ताजा अपडेट

जोखिममा वनहराका भूमिहीनको जीवन

जोखिममा वनहराका भूमिहीनको जीवन

ताजा अपडेट, वातावरण, समाचार
२८, भदौ कञ्चनपुर । डेढ दशकदेखि वनहरा नदी नजिक त्रिपालले छाएको झुपडीमा ५४ वर्षीय तुलाराम बोहरा बस्दै आएका छन् । दैनिक मजदुरी गरी उनले परिवारको भरणपोषण गर्दै आएका छन् । सामुदायिक वनको जग्गामा बोहोरासँगै २६ परिवारको त्यहाँ बसोबास छ । जोखिम मोलेर नदी किनारमा बसेका उनीहरू बाढीमा बगिने ठूलो चिन्ता छ । ‘चुरे क्षेत्रमा पानी दर्किन थालेपछि झोपडी छाडेर सुरक्षित स्थानमा जानुपर्छ’, बोहराले भने, ‘पूर्वमा वनहरा नदी, पश्चिममा खोल्सो, दुवैमा भेल आए भाग्न सकिँदैन, उत्तरतर्फको सामुदायिक वनको उच्च भाग हाम्रो शरण लिने स्थल हो । ’डेढ दशकअघिदेखि बस्दै आएको ठाउँ छाडेर अन्यत्र कुन ठाउँमा जाने भन्ने थाहासम्म नभएको सुनाउँदै बोहोरा भन्छन्, ‘त्यही ठाउँमा बस्दा कुन दिन ज्यान जाने हो भन्ने चिन्ता छ, नदीको बाढी र जङ्गली जनावरको पनि उत्तिकै डर छ ।’सुरक्षित स्थानमा झोपडी सार्न ठाउँ खोज्दै हिँडे पनि वनहराका भूमिहीनले...
सुनको मूल्य एकैदिन ३ हजार रुपैयाँ बढ्यो

सुनको मूल्य एकैदिन ३ हजार रुपैयाँ बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२८, भदौ काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धिका साथै आन्तरिक बजारमा सुनको भन्सार बढाइएका कारण मूल्यमा प्रभाव देखिएको बताइएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । यसैबिच शुक्रबार चाँदीको मूल्य पनि १ हजार ८६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको थियो । यस हिसाबले चाँदीको मूल्य प्रतितोला ५...
बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२८, भदौ काठमाडौं । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी मृत्यु भएका अन्य दुई जनाको परिचय खुल्न बाँकी छ । बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको बताए । उनले भने, ‘दुर्घटना स्थलमा उहाँ भुपेन्द्रा बुढाको परिचय पत्र भेटिएको छ । उपाध्यक्षको मृत्यु भएको पुष्टि भएको छ । अन्यको सनाखत हुन बाँकी छ । रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा उपाध्यक्षसहित पालिकाका केही कर्मचारीहरू सवार रहेको बताइएको छ ।...

कोशीमा काँग्रेसका मन्त्रीले लिए शपथ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२८, भदौ विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् । यसैगरी खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् भने मण्डल संस्थापन भित्रकै ज्ञानेन्द्र कार्की निकट मानिन्छन् । गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन । आज भने शेखर समूह विना कांग्रेस सरकारमा सहभागी भएको हो ।...
काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

ताजा अपडेट, शिक्षा, समाचार
२८, भदौ काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ । आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिए । गत आवमा रु २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा रु १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ ।...
बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
२८, भदौ  बागलुङ । गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ जाँदै गइरहेको जीप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन । दुर्घटनामा एक पुरूष घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।...
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
२८, भदौ काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न १२ः३० बजे बस्नेछ । बैठकले एक वर्षे कार्ययोजना पारित गर्ने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

धरहरा असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२८, भदौं काठमाडौं । सरकारले धरहरालाई असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको सुन्धारास्थित नवनिर्मित धरहरालाई आगामी असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए । २०७२ को भूकम्पले भत्किएपछि धरहराको पुनर्निर्माण गरिएको हो ।...
आजको मौसम: हावाहुरी सहित भारी वर्षाको सम्भावना

आजको मौसम: हावाहुरी सहित भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२८, भदौ काठमाडौं । मनसुनी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशनाखाले जनाएको छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव सँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधरणतया बदली रहने छ। सुदूरपश्चिम प्रदे...

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२७, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरिएको छ । यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो ।...