ताजा अपडेट

१ नं वडाका एक कर्मचारीको मृत्युपछि टोखा नगरपालिकाको वार्षिक समिक्षा कार्यक्रम स्थगित

१ नं वडाका एक कर्मचारीको मृत्युपछि टोखा नगरपालिकाको वार्षिक समिक्षा कार्यक्रम स्थगित

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय, स्वास्थ्य
 सीता पौडेल (अर्चना) २५ भदौ,काठमाडौं।टोखा नगरपालिकाको झोर माहांकालमा अवस्थित वडा नम्बर १ मा कार्यरत सहायक पाँचौं तहका कर्मचारी नवराज दुलालको मुत्युको खबर पाएपछि पालिकाले सञ्चालन गरिरहेको वार्षिक समिक्षा कार्यक्रम स्थगित गरेको छ । नगरपालिकाका मेयर प्रकाश अधिकारीका अनुसार आज मंगलबार टोखाको मैंजुहिटी स्थित नगरपालिकाको सभाहलमा आर्थिक वर्ष (आव) २०८०÷८१को वार्षिक समिक्षा कार्यक्रम भइरहेको थियो।आधाआधि कार्यक्रम बाँकी नै थियो।१ नं वडादेखि ३ नं सम्मका वडाहरुले मात्रै कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए।भने,८ वटा वडाको प्रगति समिक्षा विवरण प्रस्तुत गर्न बाँकी नै थियो। यत्तिकैमा वडा नं १ का वडा अध्यक्ष रमेश कुमार लामिछाने अस्पतालबाट हस्याङ–फस्याङ गर्दै कार्यक्रम स्थलमा आइपुगे।उनले कर्मचारी दुलालको उपचारका क्रममा मृत्यु भएको खबर सुनाए।तत्पश्चात मेयर अधिकारीले निन्याउरो मुख पार्दै यस्तो दुः...
वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन माग

वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन माग

ताजा अपडेट, राजनीति, समाचार
२५, भदौ ताप्लेजुङ । सिरिजंगा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडा अध्यक्ष फर्काउन माग गरेका छन् । एक वर्षदेखि वडा अध्यक्षविहीन बनेका वडाबासीले वडाध्यक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा तथा विकासका गतिविधि प्रभावित भएको गुनासो गरेका छन् । वडाध्यक्ष दिलप्रसाद बोखिम विसं २०८० कात्तिक २४ गते वैदेशिक रोजगारीका लागि हङकङ गएका थिए । त्यसपछि कार्यवाहक अध्यक्षमार्फत वडाका काम गरिए पनि स्थानीयवासीले विकासको गति सुस्त भएको गुनासो गरेका हुन् । वडा अध्यक्षको खोजी गरेर वडा कार्यालयमा कार्य सम्पादन गर्न माग राख्दै गत असोज ५ गते स्थानीयवासीले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका थिए । वडाध्यक्षको अनुपस्थितिमा वडाका अन्य जनप्रतिनिधिले समन्वय गरी योजना कार्यान्वयन गर्न कठिनाई भएको उनीहरूको भनाइ छ । गत साता स्थानीयले गाउँपालिका अध्यक्षलाई तत्काल वडाध्यक्षलाई फर्काउन वा काम...

रुग्ण आयोजनाको व्यवस्थापन हुने

ताजा अपडेट, राजनीति, समाचार
२५, भदौं काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रुग्ण आयोजनाका समस्या समाधान गर्नु आफ्नो मन्त्रालयको प्राथमिकता भएको बताएका छन् । राष्ट्रिय सभामा विभिन्न मितिमा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिने क्रममा उनले रुग्ण ठेक्का व्यवस्थापन गर्न आफू नेतृत्वको मन्त्रालयबाट सहसचिवको संयोजकत्वमा अध्ययन भइरहेको बताए। त्यस्ता आयोजनाको समस्या समाधानका लागि सुझाव दिन निर्माण व्यवसायी महासंघलाई पनि अनुरोध गरिएको उल्लेख गर्दै मन्त्री दाहालले अध्ययन प्रतिवेदन प्राप्त भएपछि आवश्यक निर्णय हुने जानकारी दिए। देशभर करिब पाँच हजार किलोमिटर सडक मर्मतका क्रममा रहेका जानकारी दिँदै उनले सबै सडकलाई खाल्डाखुल्डीरहित बनाउने योजना सुनाए। सवारी चालक अनुमतिपत्र वितरणमा समस्या भएको स्वीकार गर्दै मन्त्री दाहालले समाधानका लागि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको बताए ।...
पुँजीबजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो

पुँजीबजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२५, भदौ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँच कारोबार दिनदेखि घटिरहेको छ । आज नेप्से परिसूचक १३ दशमलव ०९ अंकले घटेर दुई हजार छ सय ३२ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज तीन सय २८ कम्पनीको एक करोड ९० लाख ७७ हजार पाँच सय ८३ कित्ता शेयर ९३ हजार चार सय ५९ पटक खरिदबिक्री हुँदा रु सात अर्ब २४ करोड ५५ लाख ६८ हजार चार सय २१ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम पछिल्लो करिब दुई महिनायताकै न्यून हो । आजको कारोबारमा ‘सेन्सेटिभ इन्डेक्स’ एक दशमलव ८० र ‘फ्लोट इन्डेक्स’ शून्य दशमलव ९१ अंकले घटेको छ ।...

काभा महिला भलिबल टोलीको बिदाइ

खेलकुद, ताजा अपडेट, समाचार
२५, भदौं । यही भदौ ३० देखि असोज ५ गतेसम्म माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको आज बिदाइ गरिएको छ । नेपाल भलिबल सङ्घले मङ्गलबार नेपाली खेलाडी टोलीको बिदाइ गरेको हो । नेपाली टोली बिहीबार माल्दिभ्स जाने सङ्घले जनाएको छ । पुलिसले नेपालको लिगको विजेताका रूपमा च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेको हो । पुलिसले टोलीमा एपिएफ क्लबकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा टिप‌ टप न्यु डायमन्ड स्पोर्ट्स क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ। सरस्वती, निरुता र सुमित्रा सहित पुलिसका चार खेलाडी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ गत महिना काठमाडौँमा सम्पन्न काभा नेसन्स लिगको‌ रजत पदक विजेता टोली थियो ।टोलीमा भुटानमा सम्पन्न काभा बिच भलिबलमा स्वर्ण पदक विजेता कमला पुन र मनीषा चौधरी पनि समावेश हुनेछ ।...

देशको आवश्यकता अनुसार संविधान संशोधन हुन्छ : मन्त्री खड्का

ताजा अपडेट, राजनीति, समाचार
२५, भदौ काठमाडौं ।ऊर्जा,जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको आवश्यकता अनुसार संविधान संशोधन हुने बताएका छन् । गृहजिल्ला संखुवासभामा आज आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।मन्त्री खड्काले जनताहरूसँग छलफल,परामर्श गरी समायानुकुल हुनेगरी संविधान संशोधन हुने बताए । उनले संविधानका केही कारणले अहिलेको अवस्थामा आइपुगिएको निस्कर्ष दुई ठुला राजनीतिक दलहरूले निकालेको भन्दै संविधानमा भएका कमी,कमजोरीलाई सच्याउने बताए ।...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेस

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२५, भदौ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को पछिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपति भवन,शीतल निवासमा आज आयाजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले परिषद्को आर्थिक वर्षका २०७९/०८० र २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट मुख्य विषयबारे प्रकाश पार्दै राष्ट्रियरक्षेत्रीयरअन्तर्राष्ट्रिय सुरक्षा स्थिति र चुनौतीको विश्लेषण प्रतिवेदनमा गरिएको जानकारी गराए। उनले प्रतिवेदनमाथि संघीय संसदबाट प्राप्त हुने सुझावलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहने स्पष्ट पारे। कार्यक्रममा गृहमन्त्री रमेश लेखक,परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा,रक्षामन्त्री मानवीर राई,मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेन...

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकलाई प्रधानमन्त्रीको आग्रह

ताजा अपडेट, राजनीति, समाचार
२५, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ–नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधीको प्रयोगका कारण देशभरको माटो बिरामी भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्ने जस्ता विषयमा अनुसन्धान गर्न आग्रह गरेको हो । उनले तरकारी र उत्पादनमा विषादीयुक्त कीटाणुु कसरी रोक्ने र चाहिने कीटाणु कसरी कायम राख्ने भन्ने जस्ता विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुुग्ने विश्वास व्यक्त गरे ।...
कार्यालयमा बसेर सरकारी कर्मचारीले सेयर कारोबार गर्न नपाउने

कार्यालयमा बसेर सरकारी कर्मचारीले सेयर कारोबार गर्न नपाउने

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२५, भदौ काठमाडौं । सिंहदरबारसहित देशभरका सरकारी कार्यालयमा बसेर कर्मचारीले अनलाइनमार्फत सेयर कारोबार गर्न नपाउने भएका छन् । कर्मचारीहरू दिनभर काम भन्दापनि सेयर कारोबारमा लागेको गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूलाई पत्राचार गर्दै नेप्से अनलाइन ट्रेडिङ सिस्टम टीएमएस नचलाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । पत्रमा भनिएको छ, उपरोक्त सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र सङ्ख्या २०८१ र ८२ चलानी नं। ११८६५ मिति २०८१र०५र२१को कार्यालयमा त्ःक् नचलाउने व्यवस्था सम्बन्धमा विषय रहेको पत्रबाट नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरूमा कार्यालय समयमा त्ःक् नचलाउने व्यवस्था हुन र सो समयमा चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँच गर्न सकिने व्यवस्...

राष्ट्रिय सभा बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५, भदौ काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सदस्य मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । यस्तैगरी, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।...