ताजा अपडेट

‘उत्पादन बढाउन माटो परीक्षण अनिवार्य रहेछ’

‘उत्पादन बढाउन माटो परीक्षण अनिवार्य रहेछ’

ताजा अपडेट, वातावरण, समाचार
२५, भदौ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१० बामेखोलाका शोभा बस्नेतले विगत लामो समयदेखि कृषि छिन् । उनले ५ कठ्ठा जग्गामा तरकारीखेती र १५ कट्टामा धानखेती गर्दै आएकी छन् । खेतीपाती गर्नअघि शोभाले माटो परीक्षण भन्ने त सुनेकी थिइन्, तर किन गरिन्छ भन्ने थाहा थिएन । भन्छिन्, ‘माटो परीक्षण गरेर के फाइदा होला र रु भन्ने लागेको थियो । वीरेन्द्रनगरमा माटो परीक्षणसम्बन्धी तालिम सञ्चालन भएपछि मेरो सोच नै बदलियो ।’ शोभाले माटो परीक्षण गरेपछि माटोमा भएको उर्वरा शक्तिको अवस्था र माटोमा लाग्ने रोगबारे सिकेपछि उनले आफ्नो जमिनको माटो परीक्षण गराइन् । ‘पहिले मलाई माटो परीक्षाबारे केही पनि थाहा थिएन, उत्पादन बढाउन माटो परीक्षण अनिवार्य रहेछ भन्ने तालिमबाट सिँके’, उनले भनिन्, ‘माटोको अवस्था कस्तो छ रु माटोमा समस्या केछ रु भन्ने हेरेर मात्रै थाहा हुँदोरहेनछ, त्यसपछि माटो परीक्षण गरायौँ, हाम्रो जग्गामा मोट...
राष्ट्रिय खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

राष्ट्रिय खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्वास्थ्य
२५, भदौ काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरूको स्वास्थ्य परीक्षण सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ ।देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता आज गरिएको हो । गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए । त्रिपक्षीय सम्झौताका लागि मन्त्री पौडेलले सक्रियता लिएका थिए ।मन्त्री पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद् राखेप र अस्पतालका बिच खेलाडीको मुटु परीक्षण हरेक वर्ष निःशुल्क गर्ने सम्झौता गरिएको हो । यो...
१८ वर्ष च्याङ्ग्रा चराएर बिताएका मेल्चा भन्छन्  मलाई यही भिरपाखा रमाइलो छु

१८ वर्ष च्याङ्ग्रा चराएर बिताएका मेल्चा भन्छन्  मलाई यही भिरपाखा रमाइलो छु

ताजा अपडेट, वातावरण, समाचार
२५, भदौ म्याग्दी । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन् । धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा र भेडाका बथान लिएर हिमालतिर उक्लेको गत जेठ अन्तिमतिर हो । भेडा र च्याङ्ग्रा चराउँदै तिब्बत नजिकै पुगेर घर फर्कँदै गर्दा उनी केही दिनअघि मुस्ताङको दामोदरकुण्ड नजिकै भेटिए । “१८ वर्ष भयो यसैगरी गोठालो भई हिँडेको, दौतरीहरु कति विदेश त कति सहरतिर लागे”, उनले भने “मलाई त यही भिरपाखामै रमाइलो छ ।” तामाङको दिनचर्या बिहानैदेखि राति अबेरसम्म भेडा र च्याङ्ग्रा स्याहार्दै बित्छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ यारा र घारा गाउँका किसानका भेडाच्याङ्ग्रा चराउँदै छ हजार मिटरसम्मको उचाइमा पुगेर फर्किंदै गर्दा उनले सुनाए । ...
प्रधानसेनापति सिग्देलद्वारा पदबहाली

प्रधानसेनापति सिग्देलद्वारा पदबहाली

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२५, भदौ काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जङ्गी अड्डामा पदबहाली गरेका छन् । यसअघि सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।त्यसैगरी उनले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धान्जलि अर्पण गरेका थिए । विसं २०२३ माघ १९ गते रुपन्देहीमा जन्मिएका प्रधान सेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए । गत साउन २५ गतेबाट उनले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।...
वनमन्त्री ऐनबहादुर शाही ब्राजिल प्रस्थान

वनमन्त्री ऐनबहादुर शाही ब्राजिल प्रस्थान

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५ भदौ, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ब्राजिल प्रस्थान गरेका छन् । को रियो दि जेनेरियो सहरमा हुने ‘वन प्लानेट नेटवर्क फोरम’को सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । ब्राजिल सरकार तथा संयुक्त राष्ट्रसङ्घअन्तर्गत वातावरण संस्था ‘युएनइपी’को संयुक्त आयोजनामा हुने सम्मेलन यही भदौ २७ र २८ गतेसम्म हुने मन्त्रालयले जनाएको छ ।‘दिगो उत्पादन तथा प्रयोग र चलायमान अर्थतन्त्र अवधारणा’ विषयक ज्ञानलाई सम्बोधन गरी समझदारी तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यका साथ हुन लागेको सम्मेलनलाई मन्त्री शाहीले भदौ २८ गते सम्बोधन गर्नेछन् । न्यायोचित तथा दिगो भविष्य बनाउनका लागि जलवायु परिवर्तनजस्ता सङ्क्रमण अवस्थालाई गतिशील गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज र सम्बन्धित सरोकारवालाबीच सहकार्य र समझदारीको विकास गर...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२५, भदौ काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्...
बिपीको चिन्तन अनुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

बिपीको चिन्तन अनुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४, भदौ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बिपी कोइरालाको दर्शन, सोच र चिन्तनलाई पूर्णरुपले अनुसरण गरी पार्टीलाई अझ बढी सुदृढ बनाउनुपर्ने बताएका छन् । । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्तीका अवसरमा सोमबार नेपाली लेखक सङ्घ काठमाडौँ शाखाले बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजना गरेको साहित्यिक महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले बिपीले प्रजातन्त्रका लागि गर्नुभएको सङ्घर्षबाट पार्टीका नेता, कार्यकर्ता एवम् शुभेच्छुकले प्रेरणा लिनुपर्ने बताए। बिपीले प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना, नेपालको दिगो विकास र नेपाली साहित्यमा पुर्‍याउनु भएको योगदानलाई देशव्यापीरुपमा प्रचारप्रसार गरी कांग्रेसलाई थप सशक्त बनाउने अभियानमा लाग्न सभापति देउवाले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। बिपी कोइरालाको राष्...
नेप्से परिसूचक पछिल्लो चार कारोबार दिनदेखि निरन्तर ओरालो

नेप्से परिसूचक पछिल्लो चार कारोबार दिनदेखि निरन्तर ओरालो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२४,भदौ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अंकले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५ दशमलव ४६ अंकले घटेको थियो । पुँजी बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ५५ दशमलव ८६ अंकले घटेर दुई हजार छ सय ४६ दशमलव ०३ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ०६ प्रतिशतको गिरावट हो । नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ । कारोबार रकम गत असार मसान्तको हाराहारीमा खुम्चिएको छ । आज तीन सय २७ कम्पनीको दुई करोड १० लाख ४८ हजार नौ सय ११ कित्ता शेयर एक लाख ११ हजार नौ सय ८६ पटक खरिदबिक्री हुँदा रु। नौ अर्ब ४३ करोड ९१ लाख छ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएक...
नदी किनारबाट थप बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री

नदी किनारबाट थप बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने जनाएका छन् । उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको आज ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुद्दालाई सम्बोधन गर्न सरकार तत्पर रहने स्पष्ट गरेका हुन् । “सम्मानित अदालतका फैसलालाई हामी मान्छौँ । विविध कारणले कुनै कुनै फैसला त्रुटीपूर्ण हुन सक्छन् । फैसला उपयुक्त नलागेमा त्यसलाई सच्याउने कानुनी बाटो पुनरावलोकन नै हो । मलाई विश्वास छ, अदालतले जनताका पीरमर्कालाई बुझ्नेछ र तपाईँहरूले न्याय पाउनुहुनेछ ।’’ प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित उक्त भेटमा प्रधानमन्त्री ओलीले भने, “नेपाली संस्कृति एकता र मित्रताको संस्कृत...
उपराष्ट्रपतिबाट पलेशा सम्मानित

उपराष्ट्रपतिबाट पलेशा सम्मानित

ताजा अपडेट, वातावरण, समाचार
२४, भदौ काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पेरिस पारा ओलम्पिकमामा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् । सोमबार उपराष्ट्रपति कार्यालयमा पलेशालाई सम्मान गरिएको उपराष्ट्रपति यादवको सचिवालयले जानकारी दिएको छ । पलेशाले नेपालका लागि पहिलोपटक कांस्य पदक जितेकी हुन् । ‘पलेशाले देशको नाम उच्च राख्नु भएकोमा सम्पूर्ण नेपाली खुसी छौँ’ उपराष्ट्रपति यादवले भने, ‘पलेशाले नेपालका लागि इतिहास रच्दै विश्वभरि छरिएर रहेका नेपालीहरुलाई गौरवान्वित हुने सुनौलो अवसर प्रदान गर्नुभएको छ ।’ उपराष्ट्रपति यादवले पलेशाको यो ऐतिहासिक सफलता उनको अथक परिश्रम, दृढ संकल्प, उत्कृष्ट प्रदर्शन तथा समर्पणबाटै प्राप्त भएको बताए ।...