ताजा अपडेट

सर्वोच्चको परमादेश पुनरावलोकनका लागि शहरी विकास मन्त्रीलाई एमालेको ९ बुँदे पत्र

सर्वोच्चको परमादेश पुनरावलोकनका लागि शहरी विकास मन्त्रीलाई एमालेको ९ बुँदे पत्र

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२४, भदौ काठमाडौं । नेकपा एमाले उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ‘नागरिकका लागि नगर’ भन्ने मूल भावनालाई समेट्ने गरी नागरिकलाई विस्थापन नगर्ने गरी मापदण्ड निर्धारण गरी पुनरावलोकनका लागि कानूनी प्रबन्ध गर्न ध्यानाकर्षण गराएको छ। एमालेका शहरी विकास विभागका प्रमुख शेरबहादुर तामाङको नेतृत्वमा उपप्रधानमन्त्री सिंहलाई भेटेर शहरी विकासका लागि आवश्यक अन्य कानूनी विषयमा ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो। आफूहरूले उठाएका विषयलाई उपप्रधानमन्त्रीले सकारात्मक रूपमा लिएको बताउँदै आगामी दिनमा थप सहकार्य गरेर अघि बढ्ने बताएका नेता तामाङले बताए । उनले एमालेले उठाएका विषय आगामी दिनमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे। सर्वोच्च अदालतको २०८० पुस ३ गतेको परमादेशले काठमाडौं उपत्यकाभित्रका नदी सहायक नदी र खोला लगायतका तटीय क्षेत्रमा नक्सा पास गरी वैध संरचना बनाएर बसोबास गरिरहेका र व्य...
प्रधानमन्त्रीलाई उपत्यका सडक विस्तार सङ्घर्ष समितिको ध्यानाकर्षण

प्रधानमन्त्रीलाई उपत्यका सडक विस्तार सङ्घर्ष समितिको ध्यानाकर्षण

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, भदौ काठमाडौं । काठमाडौँ उपत्यकाका खोला किनारमा थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला कार्यान्वयन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयप्रति आपत्ति जनाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार उपत्यका सडक विस्तार पीडित समिति तथा खोला मापदण्ड सरोकार समूहका अध्यक्ष सुमन सायसी नेतृत्वको टोलीले ध्यानाकर्षणपत्र बुझाउँदै पुनरावलोकनको माग गरेको छ । ‘‘सर्वोच्च अदालतबाट खोला किनारमा थप अर्को २० मिटर छोड्नु पर्ने गरी भएको फैसलाले लाखौँलाख जनता विस्थापित हुने, सम्पत्तिको मूल्याङ्कन शून्य पार्ने अवस्था सिर्जना भएकोमा त्यसलाई बेवास्ता गरी त्यस्तो अव्यवहारिक फैसला उपर काठमाडौँ महानगरपालिकाबाट पुनरावलोकन गर्नुपर्नेमा उल्टै साउन २४ गते काठमाडौँ महानगरपालिकाको प्रमुख स्तरीय निर्णय गरिनु घोर आपत्तिजनक छ ।’’ ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘‘काठमाडौँ महानगरपालि...
नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४, भदौ काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई समृद्ध र नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको बताउका छन् । सोमबार मन्त्रालयमा नेकपा (एमाले) को शहरी विकास हेर्ने विभागको तर्फबाट नेता शेरबहादुर तामाङ नेतृत्वले बुझाएको ज्ञापनपत्र ग्रहण गदैं उनले यस्तो बताए हो । मन्त्री सिंहले जनतालाई सन्तोष पार्न सरकारले आवश्यक पहलकदमी लिइरहेको जिकिर गरे। ऐनहरुको अभावका कारण शहरी विकासलाई व्यवस्थित गर्न नसकिएको भदैं अहिले सरकारले पुराना ऐनहरुको संशोधन गरी नयाँ ऐन बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ । आफू मन्त्री बनेर आइसकेपछि सबैभन्दा बढि जोड विकास निर्माणका कामहरु र नीति बनाउने कामलाई दिएको उनले स्पष्ट पारे । उनले नीति निर्माण र कार्यान्वयनमा सबैले सहयोग गर्ने अपेक्षा राखे ।उपप्रधानमन्त्री सिंहले गाउँपालिका वा नगरपालिकाभित्र बस्ने मानि...
नदी किनारको मापदण्ड सम्बन्धी सर्वोच्चको फैसला पुनरावलोकन गर्न काठमाडौं उपत्यका मेयर्स फोरमको माग

नदी किनारको मापदण्ड सम्बन्धी सर्वोच्चको फैसला पुनरावलोकन गर्न काठमाडौं उपत्यका मेयर्स फोरमको माग

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२४, भदौ काठमाडौं । बागमती र यसका सहायक नदी किनाराको मापदण्ड २० मिटर बढाउने सर्वोच्च अदालत फैसला पुनरावलोकन गर्न काठमाडौँ उपत्यका मेयर फोरमले माग गरेको छ । हाल प्रचलित मापदण्डमा २० मिटर थप गर्दा थुप्रै सर्वसाधारण मारमा पर्ने निष्कर्ष निकाल्दै फोरमले अदालतको फैसला पुनरावलोकन गर्न माग गरेको हो । सरकारले नै निर्धारण गरेको मापदण्डका आधारमा जमिनको कित्ताकाट, खरिदबिक्री, स्वामित्व हस्तान्तरण भइरहेकोमा हाल अदालतको फैसलाले आजीवन संघर्ष गरी कमाएको सम्पत्तिबाट विमुख हुनुपर्ने स्थिति आएको फोरमको आइतबार बसेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतको उक्त फैसला पुनरावलोकन गर्न अति आवश्यक भएकोले काठमाडौँ उपत्यका मेयर्स फोरम उक्त फैसला पुनरावलोकनका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’ सर्वोच्चले बागमती र उपत्यकाका अन्य नदी किनारामा बसेकाहरूलाई अन्यत्र स्थानान्तर...
खोलाले बगाउँदा २ जनाको मृत्यु

खोलाले बगाउँदा २ जनाको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
२४, भदौ काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्वर ६ की अन्दाजी ३० वर्षीया निर्मला केसी थापा र वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय सर्जन पुन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिए । रा ६ प २९६१ नम्बरको मोटरसाइकल चढेर आइतबार बेलुकी साँखबाट कानेबाङतर्फ जाँदै गर्दा उनीहरुलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार मोटरसाइकल निर्मलाले चलाएकी थिइन् । उनीहरुको शव सोमबार बिहान प्रहरीले फेला परेको थियो । सर्जनको शव खोला तर्ने स्थानबाट करिब २० मिटर तल मोटरसाइकलले च्यापेको अवस्थामा र निर्मलाको शव करिब तीन सय मिटर तल शरीरको आधा भाग माटोले पुरिएको अवस्थामा फेला परेको थियो ।...
सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२४, भदौ काठमाडौं । त्रिभुवन विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ । श्री एयरलाइन्सको ‘एसएचए १२१’ विमान सुर्खेतका लागि उडेको थियो । तत्काल प्राविधिक समस्या पहिचान भएपछि चालकदलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् । अवतरण क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज ह्विल लक’ को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।यो श्रीको आजका लागि पहिलो उडान थियो । अहिले उडान अवतरण सामान्य भएको छ ।...
राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२४, भदौ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहबिच राष्ट्रपति पौडेलले शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए । सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ मा प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गरेका थिए । राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ ।  ...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, राजनीति, समाचार
२४,भदौ काठमाडौं । संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछिन्। यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछिन्। यस्तैगरी, नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।...
डेङ्गीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित

डेङ्गीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित

ताजा अपडेट, समाचार, स्वास्थ्य
२४, भदौ झापा । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना संक्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र बिर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ । कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको संख्या पाँच सय ३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका सङ्क्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गीको एक जना पनि सङ्क्रमित पाइएको छैन । स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेङ्गीको सङ्क्रमण भएको छ । यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८,...
सरकारी कार्यालयमा खाजा समय आधा घण्टा कायम

सरकारी कार्यालयमा खाजा समय आधा घण्टा कायम

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२४, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय आधा घण्टा कायम गरिएको छ । सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएको भन्दै प्रधानमन्त्री ओलीले अबदेखि दिउँसो १ : ३० देखि २ बजेसम्मका लागि खाजा समय कायम गरिएको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन । अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ ।’ प्रधानमन्त्री ओलीले कार्यालयको खाजा समयको नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न अनुरोध गरेका छन् ।...