ताजा अपडेट

आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२४,भदौ काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भोलि मंगलबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।मौसम पूर्वानुमान महा...
आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११औँ जन्मजयन्ती मनाइँदै

आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११औँ जन्मजयन्ती मनाइँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२४, भदौ काठमाडौं । आज नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए । भारत निर्वासन कै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो ...
बिपी जयन्तीमा काँग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने

बिपी जयन्तीमा काँग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने

ताजा अपडेट, राजनीति, समाचार
२३, भदौ चितवन । नेपाली काँग्रेस चितवनले १११ औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्‍याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा विभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो । नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार नेपाली काँग्रेस चितवनका पूर्व सभापति एवं गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङसहित छ जनालाई विशिष्ट सम्मान गर्न लागिएको हो । बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलसहित ४१ जनालाई मरणोपरान्त र जिल्लाका ९८ वटा वडाबाट सिफारिस भई आएका १२५ जनालाई सम्मान गर्न लागिएको खनालले जानकारी दिए। पार्टीका महामन्त्री गगनकुमार थापा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा सम्मान कार्यक्रम गर्न लागिएको हो ।...
उपचारका लागि वर्षमान पुन चीन प्रस्थान

उपचारका लागि वर्षमान पुन चीन प्रस्थान

ताजा अपडेट, वातावरण, समाचार
२३, भदौ काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि चीन प्रस्थान गरेका छन् । उनी आइतबार मध्यान्न १२ बजे चीन प्रस्तान गरेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार पुन फलोअप उपचार गराएर तीन-चारदिनमा फर्किनेछन् । उनलाई विरलैमा देखिने वंशाणुगत जन्डिसको समस्या छ भने नेपालमा उपचार सम्भव नभएपछि २०७८ साल असोज १३ गते थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो ।  ...
चेक बाउन्स सम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने

चेक बाउन्स सम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२३, भदौ काठमाडौं । चेक बाउन्स (चेक अनादर) सम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । सिंहदरवारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंकीङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० उपर दफाबार छलफलका क्रममा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो । १५ लाखसम्मको चेक अनादरमा १ महिना कैद, ५० लाख सम्मकोमा तीन महिना, १ करोडसम्मकोमा १ वर्ष र करोडभन्दा माथिको चेक अनादर प्रमाणित भए दुई वर्षको कैद सजाय हुने विषयमा सहमति जुटेको समिति सभापति सन्तोष चालिसेले बताए ।सजाय दिएर पनि पैसा असुल नहुने अवस्थालाई पनि अन्त्य गर्नुपर्ने र पीडितलाई न्याय हुने गरिनै विधेयकलाई अन्तिम रूप दिइने उनले सुनाए । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कसु...
नेपाललाई विश्वसामु चिनाउने कडीको रूपमा खेल क्षेत्रलाई लिनुपर्छ : देउवा

नेपाललाई विश्वसामु चिनाउने कडीको रूपमा खेल क्षेत्रलाई लिनुपर्छ : देउवा

ताजा अपडेट, राजनीति, समाचार
२३, भदौ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा नेपालले प्राप्त गरेको कांस्य पदकले देश कै इज्जत बढेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित सम्मान कार्यक्रममा उनले नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनले कांस्य पदक हासिल गरेर राष्ट्रकै इज्जत बढाएको भन्दै आगामी दिनको सफलताको लागि शुभकामना दिएका हुन् । उनले भने,‘ नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कांस्य पदक प्राप्त हुनुले पनि नेपालकै इज्जत बढेको छ । त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडी अझ बढी उत्साहित हुन्, अझ बढी तपाईंलाई सफलता मिलोस् भन्ने कामना गर्न चाहन्छु।’ खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस सदैव प्राथमिकताका साथ सहयोग गरिरहेको छ । आगामी दिनमा पनि अझ सशक्त ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।’...
सम्पादक समाज नेपालले ग¥यो काठमाडौंदेखि लौके झरनासम्मको पदयात्रा,आन्तरिक पर्यटकको हब बन्दै लौके झरना

सम्पादक समाज नेपालले ग¥यो काठमाडौंदेखि लौके झरनासम्मको पदयात्रा,आन्तरिक पर्यटकको हब बन्दै लौके झरना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) २३ भदौ,काठमाडौं।विभिन्न किमिसमका सञ्चार माध्यमहरुमा कार्यरत समाचार सम्पादकहरु आवद्ध रहेको ‘सम्पादक समाज नेपाल’ले काठमाडौंदेखि नुवाकोटको लौके झरनासम्मको पदयात्रा गरेको छ। जलवायु परिवर्तनका असरहरु विरुद्ध जनचेतना जगाउने र त्यसबाट बच्ने उपायहरुको खोजी गर्ने उद्देश्यले समाजले हिजो शनिबार सम्पादकहरुसँगको पदयात्रा कार्यक्रमको आयोजना गरेको समाजका महासचिव तथा कार्यक्रम संयोजक श्यामकाजी डोटेलले जानकारी दिए । महासचिव डोटेलले काठमाडौंका विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत सम्पादक र पत्रकारहरु गरि एक सय भन्दा बढी पत्रकारहरुको पदयात्रामा सहभागिता रहेको  बताए।सो पदयात्रामा काठमाडौंदेखि नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ मा रहेको लौके(ठूलो छहरे)झरनाको मनोरम दृश्यको अवलोकनसँगै नुवाकोटको सूइरेचौर÷सूर्याचौर लगायतका विभिन्न स्थानहरुको स्थलगत भ्रमण गरेर त्यहाँको वस्तुस्थि...
कोरोना बीमा रकम भुक्तानी माग्दै सर्वोच्चमा रिट

कोरोना बीमा रकम भुक्तानी माग्दै सर्वोच्चमा रिट

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२३, भदौ काठमाडौं । कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आइतबार रिट दायर गरेको हो । सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ ।सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सरकारसँग भएको सम्झौता र कोरोना बीमा मापदण्ड अनुसार उक्त दायित्व सरकारले ब्यहोर्नुपर्ने भए पनि भुक्तानी नभएको भन्दै सरकारविरुद्ध रिट दायर गरिएको संघले जनाएको छ ।...
बाटोको असुविधाले गलेखामकोट ओझेलमा

बाटोको असुविधाले गलेखामकोट ओझेलमा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२३, भदौ तनहुँ । गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ । व्यास नगरपालिका(६ मा पर्ने गलेखामकोट समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा अवस्थित छ । यहाँबाट व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, लमजुङको मध्य नेपाल नगरपालिकालगायतका स्थान सहजै देख्न सकिन्छ । सदरमुकामबाट नजिकै रहेर पनि बाटोको असुविधाले गलेखामकोट ओझेलमा परेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका(५ कन्टरबाट पश्चिम लागेपछि गलेखामकोट पुगिन्छ । आधा जसो पक्की र आधी कच्ची सडक हुँदै पुगिने गलेखामकोट सडक असुविधाकै कारण पर्यटकको रोजाइमा परेको छैन । गलेखामकोट आउने पर्यटकको व्यवस्थापनमा खटिएकी स्थानीय चिजमाया श्रेष्ठ गलेखामकोटसम्म पुग्न बाटोघाटोको असुविधा रहेको बताउँछिन्। गलेखामकोटमा एकटकमा २०(२५ जनासम्मले रात बिताउन सक्ने व्यवस्था मिलाइएको छ । व्यास(२ का सुदीप गफ्फार ऐतिहासिक महत्त्व बोके...
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

ताजा अपडेट, वातावरण, समाचार
२३ ,भदौ काठमाडौं । रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जाडिने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुने उक्त प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत टोलीले शनिबार प्रसारण लाइन निर्माण कार्यको स्थलगत अनुगमन गरेका छन् । अनुगमनपछि सो प्रसारण लाइन निर्माणको काम दसैंअघि नै सक्ने समयसीमा तय गरिएको प्राधिकरणले जनाएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचे चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीस्थित त्रिशूल...