ताजा अपडेट

सबै स्थानीय तहमा ‘एफटिटिएच’

सबै स्थानीय तहमा ‘एफटिटिएच’

ताजा अपडेट, वातावरण, समाचार
२३, भदौ काठमाडौं। सरकारी लगानीको नेपाल टेलिकमले देशका सबै स्थानीय तहमा फाइबर टु दी होम (एफटिटिएच) इन्टरनेट पुर्‍याउने भएको छ । टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले नवीनतम प्रविधिको अवलम्बनसहित सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्‍याउन एफटिटिएच विस्तार गर्ने योजनालाई प्राथमिकतामा राखिएको जानकारी दिए। “सबै स्थानीय तहमा क्रमिक रूपमा एफटिटिएच पुर्‍याउने गरी योजना बनाएका छौँ,” उनले भने। फिक्स्ड प्रविधिमा आधारित टेलिकमको एफटिटिएच अहिले ७७ जिल्लाका तीन सय वटा स्थानीय तहमा विस्तार भइसकेको छ । प्रायः धेरै स्थानीय तहमा अनलाइनमा आधारित सेवा उपलब्ध रहेकाले बाँकीमा पनि सो प्रविधिमार्फत उच्च गतिको इन्टरनेट पु¥याउने योजनामा काम हुने प्रबन्ध निर्देशक अर्यालले बताए। टेलिकमले उपलब्ध गराउने एफटिटिएचमा इन्टरनेट, टेलिभिजन र टेलिफोन सुविधासमेत उपलब्ध छ । अहिले ७७ जिल्लामध्ये...

माओवादी पार्टी संविधान संशोधन विरोधी होइन : अध्यक्ष दाहाल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, भदौ विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनका नाममा जनताको हक अधिकार र प्राप्त उलब्धिलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने धारणा व्यक्त गरे। उत्पीडित वर्ग र समुदायका उत्थानका लागि ल्याइएको समानुपातिक एवं समावेशी व्यवस्था हटाउने भन्ने कुरा कदापि मान्य नहुने भन्दै अध्यक्ष दाहालले माओवादीले सुरु गरेको जनयुद्धबाट नै मधेसी, दलित, मुस्लिम, आदिवासी र जनजातिको अधिकार स्थापित भएको स्पष्ट गरे। भ्रष्टाचारी एवं बिचौलियालाई कारबाही प्रक्रिया सुरु गरेपछि आफ्नो नेतृत्वको सरकार सत्ताबाट बाहिरिनुपरेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “माओवादी पार्टी सत्ताबाट बाहिरिएपछि देशव्यापी रूपमा पार्टी...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

ताजा अपडेट, शिक्षा, समाचार
२३ भदौ, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनिएको प्रथम दीक्षान्त समारोह स्थगित भएको छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसक्ने भएपछि अन्तिम समयमा दीक्षान्त समारोह स्थगित भएको हो । आज स्थगित दीक्षान्त समारोह आगामी २८ कात्तिक बुधबारका दिन हुने भएको छ । प्रतिष्ठानले पहिलोपटक दीक्षान्त समारोह आयोजना गर्न लागेको हो । स्थापना भएको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन लागेको प्रतिष्ठानका उपकुलपति डा। मङ्गल रावलले जानकारी दिए । उपकुलपति रावलका अनुसार प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुनेछन् । प्रतिष्ठानबाट हालसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ विद्यार्थी उत्तीर्ण भएका छन् ।    ...
नदी किनाराको २० मिटर निर्णयविरुद्ध उठे स्थानीय

नदी किनाराको २० मिटर निर्णयविरुद्ध उठे स्थानीय

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
२३ भदौ,काठमाडौं ।सर्वोच्च अदालतले नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ ठाउँका स्थानीयहरु विरोधमा उत्रिएका छन्। सर्वोच्च अदालतको आदेशसँगै काठमाडौं महानगरले थप गरिएको २० मिटरमा कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै रोक लगाएपछि आन्दोलित हुन थालेका स्थानीयहरुले यस मुद्दालाई झन चर्काएका छन्। आइतबार गोकर्णेश्वर नगरपालिकाका स्थानीयले पनि मापदण्डको विरोध गर्दै जोरपाटीमा प्रदर्शन गरेका छन्। उनीहरुले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने हो भने धेरै नागरिकहरुलाई अन्याय हुने भन्दै आन्दोलन गरेको बताएका छन्।...
ऋषिपञ्चमीका अवसरमा राजधानीका नदी किनारमा स्नान गर्ने महिलाको भीड

ऋषिपञ्चमीका अवसरमा राजधानीका नदी किनारमा स्नान गर्ने महिलाको भीड

ताजा अपडेट, वातावरण, समाचार
२३ भदौ काठमाडौं । नेपाली नारीको पर्व तीजअन्तर्गत ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदी किनारका मुहानस्थलमा स्नान गर्ने महिलाको भीड लागेको छ । महिलाले वर्षमा एकपटक आजका दिनमा सकेसम्म नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्नुपर्ने शास्त्रीय विधि छ । तुलनात्मक रुपमा वाग्मती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका महिलाको समूहले स्नान गर्न भीड लागेको छ । गोकर्णबाट सुन्दरीजलसम्मको करिब सात किमी नदी किनारको दायाँ बायाँ दुई नगरपालिकाका हजारौँ महिलाले आज ऋषिपञ्चमीका अवसरमा स्नान गरिरहेका छन् । राजधानी शहरको मुख्य भागमा बसोवास गर्ने महिला भने सार्वजनिक सवारी रिजर्भ गरेर वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदीको मुहान क्षेत्रमा गई स्नान गरिरहेका छन् । स्नानपछि आज भाद्र श...

नयाँ मापदण्ड अन्तर्गत कुनै घर भत्किने छैनन् : मेयर साह

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
२३, भदौ काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नयाँ मापदण्डअनुसार बनेका खोला किनारका घर नभत्किने बताएका छन् ।आज आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले नयाँ  मापदण्डभित्र परेका घर नभत्किने र भत्काउन परेमा सरकारले मुआब्जा दिनुपर्ने बताएका हुन् । ‘तपाईँ को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निश्चिन्त रहनुहोस् भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले, ५० वर्ष पहिलेको तिनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाईँलाई दिन नि सक्दैन भत्काउन नि सक्दैन’, उनले भनेका छन्, ‘तपाईँको लागि हामी छँदै छौँ ।केन्द्र सरकारलाई दबाब दिनुहोस् नियम परिवर्तनको लागि ।’ मेयर बालेनले खोला किनारको मापदण्ड महानगरले नभई संघीय सरकारले नै बनाएको समेत स्पष्ट पारेका छन् ।...
बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन

बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन

ताजा अपडेट, वातावरण, समाचार
२३, भदौ बागलुङ । पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो । आयोजनाबाट उत्पादन बन्द भएसँगै सो बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायत ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । निरन्तर वर्षासँगै खसेको पहिरोले आयोजनाको नहरमा ठूलो क्षति गरेको उनले बताए ।...

नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो : मन्त्री पाण्डे

ताजा अपडेट, ब्यानर-२, राजनीति
२३, भदौ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् । भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल एयरलाइन्सले नै नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने बताए । उनले नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने बताए । मन्त्री पाण्डेले मन्त्रालयको बारेमा सम्पूर्ण जानकारी पाइसकेको र आफूले बुझेको भन्दै अब रिफर्मको शुरुवात कहाँबाट गर्नुपर्छ भन्नेकुरा बुझिसकेको बताए । सत्य र निष्ठाबाट विचलित नभइ नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउने बताए । भाषाहरुको संरक्षण, संवद्र्धन र विकासबाट नेपालको बहुसांस्कृतिक पक्षलाई बलियो र समृद्ध बन्ने बताए । उनले संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा जानुपर्ने आवश्यकता रहेको बताए ।...
प्रतिक्रान्तिका प्रयासविरुद्ध थप संघर्ष आवश्यक : माओवादी अध्यक्ष प्रचण्ड

प्रतिक्रान्तिका प्रयासविरुद्ध थप संघर्ष आवश्यक : माओवादी अध्यक्ष प्रचण्ड

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२३ भदौं,काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका विरुद्ध फेरि एउटा थप संघर्ष आवश्यक भएको जिकिर गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिद सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयास विरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको जिकिर गरेका हुन् । क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसर भइरहेको भन्दै अध्यक्ष प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरुले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताएका छन् । उनले भने, ‘हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको ब्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौं’ ।‘तर, जसको मुख्य का...

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन,हामी त जति बेला पनि तयार छौं : प्रधानमन्त्री ओली

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२३ भदौ,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले बुझ्न समय ननिकालेको तर नेपाल भने जतिबेला पनि तयार रहेको बताएका छन् ।  उनले छिट्टै बुझ्नेमा आफू आशावादी रहेको पनि बताएका छन्। शनिबार  सरकारी निवास बालुवाटारमा सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तकको विमोचन गर्दै उनले ईपीजी पनि आफू र भारतीय प्रधानमन्त्री मोदीको सल्लाहमा नै बनेकाले त्यो प्रतिवेदन बुझ्नेमा आशावादी रहेको बताए। प्रधानमन्त्री ओलीले भने, ‘हामी बनाउने नै मान्छे,उहाँ (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) पनि छानिएर आउनुभएको छ।म पनि छानिएर आएको छु।दुईवटै प्रधानमन्त्री त्यही ईपीजी निर्माण गर्नेहरु नै छौं ।त्यो अगाडि बढ्ला।’ कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिवेदन बुझ्न नेपालका प्रधानमन्त्रीले समय दिन सक्ने तर अहिलेसम्म भारतले समय दिन नसकेको समेत स्पष्ट...