ताजा अपडेट

परिमार्जित पाठ्यक्रम कार्यान्वयन गर्न समकक्षता निर्धारण महाशाखाको निर्देशन(सूचना सहित)

परिमार्जित पाठ्यक्रम कार्यान्वयन गर्न समकक्षता निर्धारण महाशाखाको निर्देशन(सूचना सहित)

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
२३ भदौं,काठमाडौं ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् अन्तर्गतको पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले परिमार्जित पाठ्यक्रम कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। आइतबार सूचना जारी गर्दै महाशाखाले सो निर्देशन बारे उल्लेख गरेको हो । सूचनामा भनिएको छ– परिमार्जन गरिएका स्वास्थ्यतर्फका पाठ्यक्रमहरू परिषद् पाठ्यक्रम विकास समितिको विभिन्न मितिमा सम्पन्न बैठकबाट स्वीकृत भई यसै शैक्षिक सत्रबाट लागु गर्ने निर्णय भएको हुँदा परिषद्का आगिक, साझेदारी,सामुदायिक तथा सम्बन्धन प्राप्त सबै शिक्षण संस्थाहरूमा शैक्षिक सत्र २०६१ र ०६२ मा भर्ना भएका विद्यार्थीहरूलाई अनिवार्य रूपमा सोही बमोजिमको पाठ्यक्रम अध्ययन अध्यापन गराउन आग्रह गर्दछौं । साथै महाशाखाले यस सम्बन्धमा कुनै सोधपुछ भएमा कार्यालयमा सम्पर्क गर्न पनि भनेको छ। हेर्नुहोस् सूचना :    ...
आज ऋषिपञ्चमी पर्व,सप्तऋषिको पूजा गरी मनाइँदै

आज ऋषिपञ्चमी पर्व,सप्तऋषिको पूजा गरी मनाइँदै

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, विचार, समाचार
२३भदौ,काठमाडौं।आज ऋषिपञ्चमी पर्व । नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषि(अत्रि,गौतम,भारद्वाज,जमदग्नि,वशिष्ठ,कश्यप र विश्वामित्र)को पूजा आराधना गरी धुमधामका साथ मनाउँदैछन्। यसलाई ऋषिपञ्चमीको पूजा भन्ने गरिन्छ।सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो। प्रत्येक वर्ष भाद्र  शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा नेपाली नारीहरुले आज बिहानै उठेर कसैसँग नबोली नजिकको नदी,खोला,ताल,तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने,गाईको गोबर,माटो एवं खरानी लगाई स्नान गर्दछन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनृुसारा ऋषिपञ्चमी ब्रत महिलाहरुले मात्र गर्ने शास्त्रीय वर्णन रहेको छ । किनभने महिला रजस्वला भएका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्र...
जल विनायकमा गणेश चतुर्थीको मेला भर्ने भक्तजनको घुइँचो

जल विनायकमा गणेश चतुर्थीको मेला भर्ने भक्तजनको घुइँचो

ताजा अपडेट, वातावरण, समाचार
२२, भदौ काठमाडौं । काठमाडौँको उत्तरी भेगस्थित चोभारको जल विनायकमा गणेश चतुर्थीको मेला लागेको छ । विघ्न बाधा हटाउने गणेशको पूजा आराधना तथा दर्शन गर्न काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रबाट भक्तजनको घुइँचो लागेको हो । हिन्दु धर्मावलम्बीले गणेशको जन्मदिनका रूपमा आजको दिनलाई विशेष पर्व मानेर मनाउने प्रचलन छ । गणेश चतुर्थीका दिन मनाइने यस पर्वलाई गणेश चौथी पनि भनिन्छ । आजको दिन भक्तजनले पवित्र तलाउ, कुण्डमा स्नान गरी गणेशलाई दर्शन गरेर व्रत बस्ने, फलफूल चढाएर वरपर क्षेत्रमा परिक्रममा गर्ने प्रचलन छ । वैदिक धर्मावलम्बीले कुनै पनि पूजा तथा शुभ कार्य गर्दा गणेशलाई अग्र स्थानमा विराजमान गराई पहिलो पूजा गर्ने र गराउने गर्दछन् । यसो गर्नाले मनोकांक्ष पूरा हुने, पारिवारिक सुख, शान्ति तथा कल्याण हुने जनविश्वास रहेको मन्दिरका पुजारी अनिश श्रेष्ठले बताए । काठमाडौँ उपत्यकाका महत्त्वपूर्ण चार...

‘निजामती सेवा जनताको भरोसाको केन्द्र हो’

ताजा अपडेट, राजनीति, समाचार
२२, भदौ काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले स्थायी सरकारको रूपमा रहेको निजामती सेवा जनताको आशा र भरोसाको केन्द्र भएकाले जनताको घरदैलोमा पुगेर अहोरात्र सेवा प्रदान गरिरहेको बताएका छन् । २१ औं निजामती सेवा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सीमित स्रोत, साधन एवं पारिश्रमिकका बाबजुद राष्ट्र सेवामा निरन्तर खटिरहेका निजामती कर्मचारीको मनोबल उच्च बनाइ आफ्नो काममा थप उत्प्रेरित तुल्याउन आवश्यक भएको बताए । मन्त्री गुप्ताले भने,“कर्मचारीको क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता हो ।” नयाँ बन्ने सङ्घीय निजामती सेवा ऐनले कर्मचारीतन्त्रमा देखिएको अन्योल हटाइ सेवा प्रवाह प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उनले जनताको सबैभन्दा नजिकैको स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी सेवा प्रवाह र प्रवर्द्धनका लागि मन्त्रालयले काम गरिरहेक...
नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छ : ‘प्रचण्ड

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छ : ‘प्रचण्ड

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२, भदौ काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझ प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको बाह्र वर्षे मेलामा समापन मन्तव्य व्यक्त गर्दै उनले नेवाः सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए । गणराज्यकै झल्को दिने गरी नेवार समुदायमा रहेको आर्थिक आत्मनिर्भरता, सामाजिक सद्भाव र सौहार्द अनि सांस्कृतिक मौलिकपनलाई समाजवादी व्यवस्थाको भ्रूणका रूपमा औँल्याउँदै उनले यसले नेवा सभ्यताको संरक्षणमा मात्र नभई समग्र मुलुककै संस्कृति संरक्षण र समाज व्यवस्थाका लागि महत्त्वपूर्ण योगदान दिइरहेको स्पष्ट गरे। मुलुकको आर्थिक विकास, सामाजिक सौहार...

कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ : मुख्यमन्त्री कार्की

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२२ भदौ विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन् । २१ औँ निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले कर्मचारीहरूले स्वच्छ आचरण र उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ भने । सुशासन र विकासमा सबै अग्रसर हुनुपर्ने जनाउँदै उनले निष्ठापूर्वक जनताको सेवामा कर्मचारीहरू समर्पित हुनु जरुरी रहेकामा जोड दिए। मुख्यमन्त्री कार्कीले नेपालको हरेक राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको प्रत्यक्ष तथा परोक्ष योगदान रहेको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउनुको विकल्प नरहेको कुरामा जोड दिए । निजामती सेवाको आदर्श र व्यवहार नै सुशासन र प्रशासनप्रति जनताको विश्वास देखिने जनाउँदै उनले दिवसले निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष ...
अवरुद्ध पृथ्वीराजमार्गमा यातायात सञ्चालनमा

अवरुद्ध पृथ्वीराजमार्गमा यातायात सञ्चालनमा

ताजा अपडेट, वातावरण, समाचार
२२, भदौ चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो । सडक विभागको समन्वयमा पहिरो हटाएपछि पौने ९ बजेदेखि यातायात दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।...
इन्द्रजात्राको लिङ्गो भोटाहिटी पुर्‍याइयो

इन्द्रजात्राको लिङ्गो भोटाहिटी पुर्‍याइयो

ताजा अपडेट, वातावरण, समाचार
२२, भदौ भक्तपुर । यस वर्षको इन्द्रजात्रा अर्थात् येँयाःको क्वहनेयाः कुमारी यात्राका लागि आवश्यक पर्ने इन्द्रध्वजा फहराउने लिङ्गो आज राति भक्तपुरबाट काठमाडौँ पुर्याइएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका‐१० स्थित चित्तपोलको सामुदायिक वनबाट नेपाल पञ्चाङ्ग निर्णायक समितिको शुभसाइतमा भक्तपुरको जङ्गलमा काटेर ल्याइएको यःसिं अर्थात् लिङ्गो गएराति काठमाडौँ पुर्याइएको केन्द्रीय मानन्धर सङ्घका सदस्य एवं प्रचार संयोजक केके मानन्धरले जानकारी दिए । यही भदौ ३० गते आइतबार बिहान ८ः२६ बजे इन्द्रध्वजोत्थान अर्थात् इन्द्रध्वजासहितको लिङ्गो उठाउन गत बिहीबार बिहान १० बजेर ४७ मिनेटको साइतमा वसन्तपुरबाट भक्तपुर प्रस्थान गरेकोे केन्द्रीय मानन्धर सङ्घको टोलीले सोही दिन बेलुकी ७ बजे भक्तपुरको चित्तपोलमा पुगेर हनुमानढोका दरबारबाट आएको ब्राह्मणद्वारा पूजा विधि सम्पन्नगरी राति ८ः२७ बजेको साइतमा यःसिंको लागि रान...
आज गणेश चतुर्थी पर्व मनाइँदै

आज गणेश चतुर्थी पर्व मनाइँदै

ताजा अपडेट, राजनीति, समाचार
२२,भदौ काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधनागरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । हरितालिका तिज पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजागरी गणेशको प्राकट्य उत्सव मनाउने गरिन्छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । हरितालिका तिजको व्रत भोलिपल्ट गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरे...
राजनीतिक परिवर्तनमा कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ : प्रधानमन्त्री

राजनीतिक परिवर्तनमा कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ : प्रधानमन्त्री

ताजा अपडेट, राजनीति, समाचार
२२, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको बताएका छन् । निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई बधाई तथा शुुभकामना दिँदै प्रधानमन्त्री ओलीले तानाशाही विरुद्धको सङ्घर्ष, त्यस सङ्घर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेसागत हकहितका भएका आन्दोलन उल्लेखनीय रहेको बताए । निजामती सेवाले कानुनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिएको छ । प्रधानमन्त्री ओलीले कर्मचारीहरुले सहभागिता जनाएका र योगदान पुर्याएका आन्दोलनहरु सफल भएका र कर्मचारीका मागहरु क्रमशः पूरा हुँदै गएका उल्लेख गरे । “आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प...