निजामती सेवामा उच्च नैतिकता र निष्ठा आवश्यक : प्रधानमन्त्री ओली
२२, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ निजामती सेवा दिवसको अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई शुभकामना सन्देश व्यक्त गरेका छन्। उनले निजामती सेवाको योगदान र यसको ऐतिहासिक भूमिकालाई उच्च मूल्याङ्कन गर्दै निजामती कर्मचारीहरूले मुलुकको राजनीतिक परिवर्तनमा गरेको परोक्ष र प्रत्यक्ष योगदानलाई सराहना गरेका छन् ।
प्रधानमन्त्री ओलीले सन्देशमा तानाशाहीविरुद्धका संघर्षमा निजामती कर्मचारीहरूले खेपेको पीडा, बलिदान, र पेशागत हकहितका लागि गरेको आन्दोलनहरूलाई उल्लेख गर्दै ती संघर्षमा सहादत प्राप्त गर्ने शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले निजामती सेवामा रहेका कर्मचारीहरूका मागहरू क्रमशः पूरा हुँदै गइरहेको र कर्मचारीहरूको सहभागितामा भएका आन्दोलनहरू सफल भएको पनि स्मरण गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपालको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सफल पार्न निजाम...






