ताजा अपडेट

अवरुद्ध कान्तिलोकपथ सञ्चालनमा

अवरुद्ध कान्तिलोकपथ सञ्चालनमा

ताजा अपडेट, वातावरण, समाचार
२०, भदौ मकवानपुर । वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो । उक्त स्थानमा खसेको पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा यातायात सञ्चालन भइरहेको उनले बताए ।...
उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनसान

उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनसान

ताजा अपडेट, वातावरण, समाचार
२० भदौ, बागलुङ । उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनसान बनेको छ । बाटोको दूरावस्था र सुरक्षा चुनौती देखाउँदै व्यवसायीले आफ्ना सवारी साधन बसपार्कमा नराख्दा सुनसान भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत मंगलबारमात्रै चालक र सहचालकलाई टीका लगाए बसपार्क उद्घाटन गरेका थिए । बागलुङ नगरपालिका–४ दावगह्मा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो । व्यवसायी विष्णुराज पन्तले असुरक्षाका कारण व्यवसायीले बसपार्कमा बस राख्न नसकेको बताए । ‘बस ठोकिन्छ, कसरी त्यहाँ बस जान्छ र खै रु’ उनले आश्चर्य प्रकट गर्दै भने, ‘नगरले सुरक्षा दिनुपर्‍यो नि, अनि मात्र ठूला सवारी गन्तव्यमा पुग्छन् ।’ बसपार्क सञ्चालनमा ल्याएको नगरले भने व्यवसायीसँग सम्झौताको काम बाँकी रहेकाले केही दिन लाग्ने जनाएको छ । ‘व्यवसायीसँग सम्झौता भएको छैन, हामी छलफलमै छौँ, एक दुई दिनमा काम टुंगो लाग्छ’, ...
घरबाटै वर्गीकरण गरी फोहर उठाउँदै

घरबाटै वर्गीकरण गरी फोहर उठाउँदै

ताजा अपडेट, वातावरण, समाचार
२०, भदौ दमौली । व्यास नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ । फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको यस नगरपालिकामा स्थापनाको ३२ वर्षसम्म स्थायी फोहरमैला व्यवस्थापन केन्द्रसमेत छैन । पछिल्लो समय नगरपालिकाले घरबाटै वर्गीकरण गरी फोहर सङ्कलन गर्न थालेको जनाएको छ । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने काम भइरहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । “एकैठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले घरबाटै वर्गीकरण गरेर सङ्कलन भइरहेको छ,” उनले भने, “यसले गर्दा केही हदसम्म फोहर व्यवस्थापनमा सहयोग पुग्नेछ ।”फोहरमैला व्यवस्थापनका लागि सामना गर्नुपरेका समस्या समाधानमा सहयोगका लागि नगरपालिकाले छ महिनाअघि सरसफाइविज्ञका रूपमा कृष्ण भण्डारीलाई नियुक्त गरेको छ । भण्डारीकै सल्लाह बमोजिम कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापनको काम...
आज चार संसदीय समितिको बैठक बस्दै

आज चार संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२०, भदौ काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका चार वटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बस्नेछ । बैठकमा बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० मा दफावार छलफल हुनेछ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । यस्तैगरी, बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।...
आज दर खाने दिन

आज दर खाने दिन

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२०, भदौ काठमाडौं । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तिजपर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिनआज दर खाइन्छ । माइतीपक्षले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने अनुभवीको भनाइ छ ।तिजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज बर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाइ भोलिपल्टको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । महिलाहरूले वर्षदिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तिजलाई उपयोग गर्ने गरेक...
सेयर बजारमा उच्च गिरावट

सेयर बजारमा उच्च गिरावट

अर्थतन्त्र, ताजा अपडेट, समाचार
१९, भदौ काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७.३९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने एकको स्थिर रह्यो ।सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ३.१, विकास बैंक २.२, फाइनान्स ५।१, होटेल तथा पर्यटन ४.४, हाइड्रोपावर ३.५, लगानी ३.५, जीवन बीमा ३.७, उत्पादन २.५, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा २.७, अन्य ३.७ र व्यापार समूह २.६ प्रतिशत घटे । बजार घट्दा पनि ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।...
तीजका ३ दिनसम्म पशुपतिमा मासु, मदिरा तथा नशालु पदार्थ निषेध

तीजका ३ दिनसम्म पशुपतिमा मासु, मदिरा तथा नशालु पदार्थ निषेध

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१९ भदौ, काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीजका ३ दिन सम्म पशुपति क्षेत्रका ४ किल्लामा दिनसम्म मासु, मदिरा तथा नशालु पदार्थ निषेध गरेको छ । प्रशासनले आज एक सूचना जारी गरी भदौ २० देखि २२ गतेसम्म मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको जानकारी दिएको हो । तीजलाई मर्यादित, व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्न र पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्न चार किल्लामा उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको सूचनामा उल्लेख छ ।...

सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्छौं : गृहमन्त्री लेखक

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१९, भदौ धनगढी । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते भएको सहमति, सम्झौतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने बताएका छन् । । गृह जिल्ला कञ्चनपुरको महेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गदै गृहमन्त्रीले सहमति कार्यान्वयनमा कुनै पनि शङ्का नगर्न आग्रह गरेको हो । “यो सहमतिलाई कार्यान्वयन गर्ने भनेर नेपाली कांग्रेसको तर्फबाट हाम्रो पूर्ण प्रतिबद्धता छ”, उनले भने , “नेकपा (एमाले) ले पनि यो सहमतिको विकल्प नरहेको ठहर गर्दै यसलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरेको छ ।” देशको आवश्यकता र जनताको चाहना बमोजिम दुई ठुला दलले सातबुँदे सहमति गरेर सरकार बनाएको गृहमन्त्रीको भनाइ थियो । उनले कांग्रेस र एमाले मिलेर यो देशमा ऐतिहासिक सफलताहरु प्राप्त गरेको बताए । गृहमन्त्री लेखकले भने “२०४६(४७ को आन्दोलनमा हामी मिल्दा पञ्चायती व्यवस्थाको विरुद...

प्रधानमन्त्रीद्वारा एसियाली निर्वाचन व्यवस्थापन निकायको सम्मेलन उद्घाटन

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१९, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औँ सम्मेलनको आज उद्घाटन गरेका छन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्ब गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए । “कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ”, प्रधानमन्त्री ओलीले भने, “बसाइँसराइ, जलवायु परिवर्तन तथा सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश(विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजिम निर्वाचन प्रक्रियालाई सहज बनाउन हामीले साझा प्रयास गर्न आवश्यक छ ।” हिमाल पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीबीच लोकतन्त्रको अभिन्न अङ्गका रूपमा रहेको न...

जहाँ रहे पनि मतदान गर्न पाउने वातावरण बनाउन प्रयास हुनेछ : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१९ , भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकहरु जहाँ बसेका भए पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन प्रयास गर्ने बताएका छन् । दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च फेम्बोसाको १२ औँ सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘बसाइँ सराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन हामीले साझा प्रयास गर्न आवश्यक छ ।’ प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिविम्वित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए । हिमालहरु पग...