ताजा अपडेट

माओवादीका तीन आयोगको संयुक्त परामर्श बैठक सम्पन्न

माओवादीका तीन आयोगको संयुक्त परामर्श बैठक सम्पन्न

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१९, भदौं काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक सम्पन्न भएको छ । हिजोदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा हिजो नै ४० जनाले सुझाव राखेका थिए । आज बिहानबाट सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गरेपछि बैठक सम्पन्न भएको हो । आसन्न केन्द्रीय समितिको बैठकको तयारी स्वरूप आयोजना गरिएको बैठक अन्तर्गत यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा प्रदेश परामर्श बैठक सम्पन्न भइसकेको छ । अब प्रदेश नम्बर १ र मधेस प्रदेश तथा ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार समितिको बैठक बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।...

नापतौलका यन्त्रको दर्ता नवीकरण गर्न टोली परिचालन

ताजा अपडेट, वातावरण, समाचार
१९, भदौ कञ्चनपुर । नापतौलका यन्त्रको दर्ता–नवीकरण गर्नका लागि टोली परिचालन गरिएको छ । व्यवसायीको सहजताका लागि गुणस्तर तथा नाप तौल कार्यालय धनगढीले सहायक निरीक्षक चुडामणि जोशीको संयोजकत्वमा टोली खटाएको हो । टोलीले शुक्लाफाँटा नगरपालिकाको झलारी, वनसमिति, कलुवापुरसँगै बेदकोट नगरपालिकाको दैजी र सिसैयाका व्यापारी र व्यवसायीले प्रयोगमा ल्याउने नाप तौलका यन्त्रहरूको अनुमति प्रदान गर्ने, जाँच गर्ने, पुनः जाँच गर्ने, अनियमित क्रियाकलाप गर्ने व्यापारी–व्यवसायीलाई कारबाही गर्ने अख्तियारीसहित डोर टोलीलाई सात दिनका लागि खटाइएको नापतौल कार्यालयका प्रमुख शम्भु आचार्यले जानकारी दिए । उनका अनुसार नापतौलका यन्त्रको प्रयोग प्रचलित कानुनको पालना गरी प्रयोग भए÷नभएकोबारे टोलीले अनुगमन पनि गर्नेछ । टोलीले मङ्गलबारदेखि झलारी बजारमा नापतौलका यन्त्रको अनुमति दिने र जाँच गर्ने कार्य गरेको छ । टोली प्रमुख ज...

पोखराको खानेपानी तथा सरसफाईका समस्याको दीर्घकालीन समाधान खोज्न नीति बहस

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१९, भदौ पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरमा खानेपानी र सरसफाईका समस्या समाधानका लागि जनताको सक्रिय सहभागिता अनिवार्य रहेको बताएका छन्। फ्रेस वाटर एक्सन नेटवर्क (फान्सा) को सहकार्यमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल )फेडवासन) द्वारा आयोजित नीति बहस कार्यक्रममा उनले पोखराका विभिन्न वडामा पानीको आपूर्तिमा असमानता, गुणस्तर र फोहोर व्यवस्थापनका समस्या रहेको उल्लेख गरे । उनले भने, ‘यी समस्याको समाधानका लागि जनताले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बेला आएको छ । जनताको सहभागिता आवश्यक छ ।’ उनले महानगरले खानेपानी समस्या समाधानमा दीर्घकालीन कार्य योजना बनाउन आवश्यक रहेको बताए । ‘शुद्ध पानी पिउन पाउने सबैको अधिकार हो र यसलाई सुनिश्चित गर्न हामीले दीर्घकालीन योजना बनाउनुपर्छ त्यही बनाउनको लागि धेरै कामहरू हामीले अगाडि बढाइरहेका छौं, ’ उनले भने, ‘जाइकासँग मिलेर ठूलो ...

एमाले पोलिटब्युरो बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१९, भदौ काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ । बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ । मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोनामा आज नेताहरूले आफ्नो धारणा राख्ने छन् । कार्ययोजनामाथि राय राख्न नेताहरूलाई ३ मिनेटको समय छुट्याएको छ । त्योभन्दा बढी धारणा राख्ने सदस्यहरूलाई लिखित रूपमा दिन एमालेले भनेको छ ।  ...
मौसममा सुधार आएसँग सुकेटार विमानस्थलमा पुनः उडान

मौसममा सुधार आएसँग सुकेटार विमानस्थलमा पुनः उडान

ताजा अपडेट, वातावरण, समाचार
१९, भदौ ताप्लेजुङ । प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुआत भएको छ । नेपाल वायु सेवा निगमले बुधबार उडान सुरु गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिए । उनले भने, “ मौसममा सुधार आएसँगै उडान गर्न सम्भव भएको हो । ” निगमले केही साताअघि नै उडान तालिका तोकेको भए पनि प्रतिकूल मौसमले गर्दा उडान हुनसकेको थिएन । बुधबारको उडानले मौसम पूर्ण रूपमा सुधार नभए पनि यात्रा सम्भव भएको देखाएको छ । निगमले हाललाई हप्तामा एक दिनमात्र उडान तालिका राखेको छ, यो तालिका आगामी भदौ ३० गतेसम्म बुधबारका दिन सञ्चालन हुनेछ । मौसम खुला रहेमा र यात्रुको चाप बढेमा निगमले उडान तालिका थप्ने तयारी गरिरहेको छ । बर्खायाम सुरु भएपछि जेठ ११ गतेदेखि सुकेटारमा उडान बन्द भएको थियो । तीन महिना लामो अवरोधपछि सुरु भएको उडानले स्थानीयमा केही आशा जागृत गरेक...

एमालेको निष्कर्ष : यौन आचरणको कारबाही नहुँदा विकृति बढ्यो

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१९ भदौ, काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन् ।मंगलबार पोखरेलले पेश गरेको २३ पृष्ठ लामो वार्षिक कार्ययोजना मूलतः संगठनात्मक विषयमा केन्द्रित छ । केन्द्रीय कार्यालयमा तयार भएर सचिवालयले अनुमोदन गरेको कार्ययोजना पोलिट्ब्यूरो हुँदै केन्द्रीय कमिटीबाट पारित हुनेछ । पोलिट्ब्यूरो सदस्यहरुलाई अध्ययनका निम्ति दिइएको प्रस्तावित कार्ययोजनामा पार्टी सदस्यता नवीकरण, वितरण जस्ता संगठन निर्माणदेखि आर्थिक तथा नैतिक आचरणसम्मका विषय समेटिएका छन् । जसमध्ये नेताहरुको आचरण शुद्धीकरणलाई पनि प्राथमिकतामा राखिएको छ । कम्युनिष्ट पार्टीमा आवद्ध हुने सदस्यहरुको जीवनशैली, आचरण र व्यवहार महत्वपूर्ण हुने भएकाले यो प्रस्तावलाई महत्व दिइएको महासचिव पोखरेलले उल्लेख गरेका छन् । नेताहरुको आचरण शुद्धीकरणको प्रस्तावलाई छुट्टै शीर्षकमै छलफल गरिएको छ । ‘प...
सुकिलुम्बा विमानस्थल बिहीबारदेखि पुन : सञ्चालन हुँदै

सुकिलुम्बा विमानस्थल बिहीबारदेखि पुन : सञ्चालन हुँदै

ताजा अपडेट, वातावरण, समाचार
१९ भदौ, इलाम । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए । गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन । त्यस्तै गत जेठ १७ गते काठमाडौंबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौं नै फर्केको थियो ।गत बिहीबार पनि उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान हुन सकेको थिएन । इन्चार्ज सुन्दासले मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिंदै साताको प्रत्येक बिहीबार उडान गर्ने योजना रहेको बताए ।...
अस्वस्थ जीवनशैलीले बढ्यो नसर्ने रोगको जोखिम

अस्वस्थ जीवनशैलीले बढ्यो नसर्ने रोगको जोखिम

ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
१९, भदौ काठमाडौंं । नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ। विश्वव्यापीकरण, सहरीकरण, जनसंख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञहरू बताउँछन्। विज्ञहरूका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ। मुटु रोग विशेषज्ञ डा।राजेन्द्र कोजु ओपिडीमा आइपुग्ने धेरै जसो बिरामीमा उच्च रक्तचाप, मधुमेह, छाती दुख्ने, मुटुको समस्या देखिन्छ। यी सबै नसर्ने रोग हुन्। स्वस्थ खानपान तथा व्यायामले शरीर तन्दुरुस्त हुन्छ भन्ने चेत हुँदा पनि धेरै जनाले यसलाई बेवास्ता गरिरहेको उनको अनुभव छ। खानेकुरामा अनुशासन नहुँदा बालबालिकामा पनि मोटोपन बढ्दो छ। ‘धेरै चिल्लो र गुलियो खाने तर शारीरिक व्यायाम छैन अनि बोसो जम्छ। अर्कातिर प्रदूषणले पनि धेरैलाई रोगी बनाउँदै लगेको छ,’ डा।कोजु भन्छन्। नसर्ने ...
आज पाँच संसदीय समितिको बैठक बस्दै

आज पाँच संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१९, भदौं काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज पाँच संसदीय समितिका बैठक बस्दै छन् । संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो । शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ । संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ । यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा नै बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ । यसैगरी, विधायन व्यवस्थापन समितिको दिउँसो २ बज...
कांग्रेस सभापति देउवासँग एमाले नेताहरूको भेट

कांग्रेस सभापति देउवासँग एमाले नेताहरूको भेट

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१९, भदौ काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले) का बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराई नेतृत्वको टोलीले हिजो भेट गरेको हुन् । नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौँ महानगर पालिकाका प्रमुखले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यानाकर्षण गराउन डा भट्टराई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले कांग्रेस सभापति देउवालाई बूढानीलकण्ठस्थित निवासमा भेट गरेको हो । भेटमा सभापति देउवाले सर्वोच्च अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानुपर्ने विषयमा सहमति जनाउँदै कानुनमन्त्रीलाई छिटोभन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन दिए । भेटमा एमालेका बागमती प्रदेश इन्चार्ज डा भट्टराई, काठमाडौँ जिल्ला इन्चार्ज आनन्द पोखरेल, काठमाडौँ जिल्लाका अध्यक्ष दीपक निरौलालगायत पदाधिकारीहर...