ताजा अपडेट

पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

अन्तर्राष्ट्रिय, अपराध, ताजा अपडेट, बिशेष, विचार, शिक्षा, समाचार
१९ भदौ,काठमाडौं।न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनपछि भारतीय राज्य पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ। अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि पश्चिम बङ्गालमा विरोध प्रदर्शन शुरु भएको थियो। सो कानूनलाई राज्य विधानसभाले पारित गरेको बताइएको छ । तर राष्ट्रपतिबाट अनुमोदन हुन बाँकी भएको जनाइएको छ । कानूनले बलात्कारका लागि सजायलाई वर्तमानको १० वर्षदेखि आजीवन जेल वा मृत्युदण्डसम्मको सजाय तोकेको छ। चिकित्सकको हत्यापछि चिकित्सकहरूले हडताल गरेर भारतभर हजारौँ सर्वसाधारणले समर्थनमा जुलुस निकालेका थिए। पश्चिम बङ्गालमा विरोध प्रदर्शनहरू सत्तारूढ अखिल भारतीय तृणमूल कांग्रेस (एआइटिसी) र प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा( सहित प्रतिद्वन्द्वी राजनीतिक दल...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१९ भदौ,काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,मधेस,गण्डकी प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर आंशिक देखि साधरणतया बदली रहने छ।कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी,मधेस,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाई छ। उता राति पनि कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम व...

सरकारविरुद्ध संघर्षको तयारीमा माओवादी,सदन र सडक संघर्ष चर्काउने उद्घोष

ताजा अपडेट, ब्यानर-२, राजनीति
१९ भदौं ।काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सरकारविरुद्ध संघर्ष गर्ने उद्घोष गरेको छ। भ्रष्टाचार नियन्त्रण,लोकतन्त्र र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने काममा सरकार लागि परेको भन्दै त्यसका विरुद्ध सदन र सडक संघर्ष दुवै चर्काउने तयारीमा रहेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन्। मंगलबार पार्टीको निर्वाचन आयोग,अनुशासन आयोग र लेखा आयोगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले सरकार र सत्तारुढ दलका नेताहरुविरुद्ध जनमत उर्लेको जिकिर गर्दै आफ्नो पार्टीले प्रतिरोध गरेर अघि बढ्ने बताएका हुन्। प्रवक्ता सापकोटाले सरकार राष्ट्रियताको सवालमा गम्भीर नभएको आरोप लगाएका छन्।उनले दुई दल सम्मिलित सरकारले जनताको अधिकार कुंठित गर्ने चेष्टा गरेकाले त्यसविरुद्ध जमेर प्रतिवाद गर्ने नीति पार्टीले लिएको उद...
नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने महानगरको निर्णय बारे एमाले काठमाडौंले ग¥यो कांग्रेस सभापति देउवासँग छलफल

नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने महानगरको निर्णय बारे एमाले काठमाडौंले ग¥यो कांग्रेस सभापति देउवासँग छलफल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
 सीता पौडेल(अर्चना) १८ भदौ,काठमाडौं ।नदीका दायाँबायाँ छोड्न निर्धारण गरिए भन्दा थप २० मिटर जग्गामा निर्माण निषेध गरिएको काठमाडौं महानगरको निर्णयप्रति आपत्ति जनाउँदै आएको एमाले काठमाडौंले यस सम्बन्धमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेको छ।  आज मंगलबार बिहान एमाले काठमाडौं जिल्ला कमिटिका अध्यक्ष दिपक निरौलासहितको टोली बुढानीलकण्ठमा रहेको देउवा निवास पुगेर यस विषयमा छलफल गरेको एमाले काठमाडौंका सचिव राजेश शाक्यले बताए ।  एमाले काठमाडौंका अध्यक्ष दिपक निरौलाका अनुसार छलफलमा उनीहरुले काठमाडौं उपत्यकाका नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरको निर्णय गलत रहेको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको र न्यायिक पुनरावलोकन गर्न समेत सरकारसँग माग गर्दै आएको पूनःस्मरण गराए।भने,साभापति देउवाले पनि एमाले काठमाडौंले सरकारसँग राखेको माग जाय...
दसैँमा राष्ट्र बैंकले नयाँको ठाउँमा सुकिला नोट साट्ने

दसैँमा राष्ट्र बैंकले नयाँको ठाउँमा सुकिला नोट साट्ने

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
१८,भदौ काठमाडौं । यो दसैँमा नेपाल राष्ट्र नयाँ नोटको ठाउँमा सुकिला नोट सटही गर्ने भएको छ । यसअघिको दसैँमा पुराना नोटसँग नयाँ नोट साट्ने चलन थियो । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा। डिल्लीराम पोखरेलका अनुसार नयाँ नभई यो वर्ष सुकिला नोट प्रयोग गरिने छ । उनले भने, ‘यो वर्ष सर्वसाधारणलाई सुकिला र सफा नोट दिइने छ । डिजिटल बैंकिङ प्रवर्द्धन गर्न र नोट छपाइको रकम बचाउन सुकिला नोट प्रयोगमा ल्याइने भएको हो ।’ यसअघि दसैँका लागि राष्ट्र बैंकले केही महिना अघि नै नयाँ नोट छापेर राख्ने गरेको थियो । यो वर्ष नयाँ नोट छापिएको छैन ।...
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिन आवेदन र सिफारिस माग

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिन आवेदन र सिफारिस माग

ताजा अपडेट, राजनीति, समाचार
१८ भदौ, काठमाडौं । सरकारले यो वर्ष प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरणका लागि तयारी थालेको छ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७८ अनुसार अनुदान सहयोग वितरण मापदण्ड २०८१ बमोजिम पुरस्कार र प्रोत्साहन वितरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तयारी गरेको हो । १५ साउनमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रदान गरिएको पुरस्कार वार्षिक रुपमा वितरण हुन नसकेको भन्दै ध्यानाकर्षण जनाएका थिए । त्यसपछि प्रधानमन्त्री कार्यालयले त्यसको तयारी गरेर १ असोजमा पुरस्कार वितरण गर्ने तय गरेको छ । १४ भदौमा सार्वजनिक सूचना प्रकाशन गरेर पुरस्कार तथा अनुदान सहयोगका लागि आवेदन माग गरिएको छ । मुलुकमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा अन्वेषणको क्षेत्र...

निर्धारित समयमै काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सम्पन्न गर्न रक्षामन्त्रीको निर्देशन

ताजा अपडेट, राजनीति, समाचार
१८, भदौ काठमाडौं । रक्षामन्त्री मानवीर राईले रणनीतिक महत्वको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग ९फास्ट ट्र्याक० तोकिएकै समयमा सम्पन्न हुने गरी निर्माणलाई तीव्रता दिन नेपाली सेनालाई निर्देशन दिएका छन् । रक्षा मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले मुलुकको प्रतिष्ठासँग जोडिएको द्रुतमार्ग जुनसुकै हालतमा पनि निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् । “द्रुतमार्ग राष्ट्रियतासँग जोडिएको छ, यससँगै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई पनि तोकिएकै समयभित्र सम्पन्न गर्नुपर्छ”, मन्त्री राईले भने । सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गको हालसम्म समष्टिगत भौतिक प्रगति ३५ दशमलव ३८ र वित्तीय प्रगति ३६ दशमलव ६६ प्रतिशत छ । सो आयोजनामा हालसम्म रु ६४ अर्ब ६२ करोड खर्च भइसकेको छ । रु दुई खर्ब ११ अर्ब...

डेंगु सङ्क्रमणबाट चारको मृत्यु

ताजा अपडेट, समाचार, स्वास्थ्य
१८, भदौ काठमाडौं । डेंगु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडिसिडी अन्तर्गतको कीटजन्य शाखाका प्रमुख डा। गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको हो । पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। देशका ७५ जिल्लामा गरी ६ हजार ८३१ जनामा डेंगु पुष्टि भएको इडिसिडीले जनाएको छ । इडिसिडीको तथ्याङ्कअनुसार तनहुँमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। सोही जिल्लामा एक हजार १४९, कास्कीमा ७६४, पर्वतमा ६५७, चितवनमा ५३३, काठमाडौँमा ५५२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी गोरखामा २६२, झापामा १६८, मकवानपुरमा १२५, ललितपुरमा ११९ स्याङ्जामा ११५ जनामा डेंगु पुष्टि भएको इडिसिडीले जनाएको छ। प्रदेश अनुसारमा बागमती र गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। बागमती प्रदेशमा एक हजार ७२३, गण्डकी प्रदेशमा तीन...
समाजको रूपान्तरणका लागि नागरिक समाजको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री राणा

समाजको रूपान्तरणका लागि नागरिक समाजको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री राणा

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१८, भदौ काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको बृहत्तर विकासमा नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन् । मंगलबार ललितपुरमा आयोजित ‘नेपाल सिभिल सोसाइटी कन्फरेन्स् फर द समिट अफ द फ्युचर’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले सामाजिक आर्थिक विकासका माध्यमबाट समाजको रूपान्तरणका लागि नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहेको बताइन् । संयुक्त राष्ट्रसङ्घको आसन्न महासभासँगै हुन लागेको ‘समिट अफ द फ्युचर’लाई नेपालले महत्त्व दिएको र सो समिटमा नेपालका प्रधानमन्त्रीको सहभागिता हुनेगरी तयारी भइरहेको जानकारी मन्त्री डा राणाले दिइन् । यस समिटमा विश्वव्यापी सुशासन, बहुपक्षीयताको प्रवर्धन तथा अन्तर्राष्ट्रिय ऐक्यबद्धताका पक्षमा नेपाल रहेको पनि मन्त्री डा राणाले स्पष्ट पारिन् ।...

काँग्रेस र एमालेबीच कुनै समस्या छैन : गृह मन्त्री लेखक

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१८, भदौै काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सरकार गृह मन्त्री रमेश लेखकले वर्तमान सरकार र समीकरणमा कुनै समस्या नरहेको बताएका छन् । प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले र काँग्रेसबीच राम्रो वातावरण रहेको र कसैले पनि अफ्ठयारो पार्न नसक्ने बताएका थिए ‘अहिले समीकरणमा नेपाली काँग्रेस र नेकपा एमालेकाबीचमा अत्यन्त स्वहार्दपूर्ण, सरल र राम्रो वातावरण छ । कुनै खालको पनि कन्फ्युजन, कुनै खालको अफ्ठेरो, समस्या छैन । यसमा अफ्ठेरो समस्या पार्न खोजे पनि पार्न सक्ने अवस्था छैन’ पत्रकार सम्मेलनमा उनले भने ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिका विषयमा आफूले मन्त्रीसँग कुरा गरेको र त्यो विषय सन्किसकेको समेत उनले टिप्पणी गरेका थिए । मन्त्री गुरुङले राजधानीमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्...