ताजा अपडेट

बागमती प्रदेशको मुख्यमन्त्रीमा लामाले गरे दाबी पेस

बागमती प्रदेशको मुख्यमन्त्रीमा लामाले गरे दाबी पेस

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिं लामाले दाबी पेश गरेका छन् । कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ ९२० अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।मंगलबार नै साँझ पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । नुवाकोटका लामा बागमती प्रदेशमा कांग्रेसबाट र तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बन्दैछन् ।एमालेको समर्थनमा उनले ६४ प्रदेशसभा सदस्यको साथ लिएर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेश गरेका हुन् ।...
फिल्म ‘माउन्टेन क्वीन’ नेटफ्लिक्समा अर्को साता

फिल्म ‘माउन्टेन क्वीन’ नेटफ्लिक्समा अर्को साता

ताजा अपडेट, पर्यटन, ब्यानर-२, मनोरन्जन, समाचार
मनिषा गुरुङ काठमाडौं ।नेपाली महिला पर्वतारोही लाक्पा शेर्पा बारेको डकुमेन्ट्री÷ फिल्म ‘माउण्टेन क्वीन  : द समिट्स अफ लाक्पा शेर्पा’ अर्का साता नेटफ्लिक्समा रिलिज हुने भएको छ । नेटफ्लिक्सले सोमबार उक्त डकुमेन्ट्री यहि श्रावण १६ गते रिलिज गर्ने घोषणा गरेको हो।अफिल्मको कथाले लाक्पाको दशौं पटकको सगरमाथा आरोहणको यात्रालाई पछ्याएको छ।भने, हिमालभन्दा परको उनको निजी जीवनबारे समेत चित्रण गरेको छ। फिल्मले उनका पूर्वपति तथा रोमानियाली पर्वतारोही गेओर्गे डिजमारेस्कुसँगको हिंसापूर्ण सम्बन्धबारे पनि अन्वेषण गरेको छ।ओस्कार मनोनित लुसी वाकरले निर्देशन गरेको यो फिल्म बारे उनी आफू सधैं लाक्पा शेर्पाको कथाहरू खोज्ने र तिनलाई भन्नको लागि आफूसही व्यक्ति भएको दाबी गरिन् । सधैं चरित्रले पछ्याउने वृत्तचित्रको खोजीमा रहने उनी सो फिल्मको एउटा मार्गदर्शक सिद्धान्त भनेको आरोहणको अर्थ के हो भन्नेबारे विस्...
१५ अर्बको चिया, अलैँची र अदुवा निर्यात

१५ अर्बको चिया, अलैँची र अदुवा निर्यात

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०र८१ मा रु। १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा रु। १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ । आर्थिक वर्ष २०८०र८१ मा काँकडभिट्टाबाट रु। छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए। यो नाकाबाट सबैभन्दा धेरै अलैँची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ । सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ । आर्थिक वर्ष २०८०र०८१ मा यही नाका भएर रु। छ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैँची भारत निर्यात भएको छ । सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा रु। एक अर्ब २४ करोड आठ लाख ५० हजार मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत...
बागमती प्रदेशमा सवारी दुर्घटनामा तीन सय चार जनाको मृत्यु

बागमती प्रदेशमा सवारी दुर्घटनामा तीन सय चार जनाको मृत्यु

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
बागमती । सवारी दुर्घटना कम गर्न बागमती प्रदेशका जिल्लाहरूमा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले आर्थिक २०८०–८१ मा रु १७ करोड ७८ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । उपत्यकाका तीन जिल्लाबाहेक बागमतीका १० जिल्लामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा दुई लाख २८ हजार दुई सय दुई सवारीमाथि कारबाही गरी रु १७ करोड ७८ लाख १७ हजार राजस्व सङ्कलन गरेको हो । पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र रिडर गणबाट सवारी गति निगरानी गरिरहेको र सो क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई लाख २८ हजार दुई सय दुई सवारीमाथि कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाणले जानकारी दिए । सो अवधिमा बागमतीका १० जिल्लामा भएको एक हजार पाँच सय ३६ सवारी दुर्घटनामा तीन सय १५ जनाको मृत्यु भएको छ भने तीन हजार एक सय ९९...
सिमलताल पहिरो : बससहित यात्रुको खोजी जारी

सिमलताल पहिरो : बससहित यात्रुको खोजी जारी

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
चितवन । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूलीमा खसेका दुई वटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्‍याएर खोजतलास गर्न लागिएको हो । नेपालको सुरक्षाकर्मी सहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त खोजतलास भइरहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज बिहान पुनः खोजतलास थालिएको छ ।भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको जनाउँदै उनले शङ्कास्पद वस्तु भएको अनुमानसँगै पुनः सोही ठाउँमा खोजतलास थालिएको बताए । यसअघि भेटिएका भनेका २५ शवमध्ये सनाखत नभएका सातमध्येको एक शव यो घटनाभन्दा बाहिरको रहेको खुलेको छ ...
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद्को राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक समितिको बैठक कक्ष सिंहदरवारमा बस्नेछ । आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको छ । सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ छ भने चाँदीको मूल्य १ हजार ७ सय ९० रुपैयाँ छ । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता तोलामा ३ हजार ५ सय रुपैयाँ मूल्य घटेको छ ।...
काभा महिला भलिबलको सेमिफाइनलमा पुगेर बाहिरियो नेपाल

काभा महिला भलिबलको सेमिफाइनलमा पुगेर बाहिरियो नेपाल

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं ।नेपाल काभा यू २० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेर बाहिरिएको छ। गएराति माल्दिभ्सको मालेमा सम्पन्न खेलमा किर्गिस्तानसँग नेपाल ३.० ले पराजित भएसँगै सेमिफाइनलमा पुगेर बाहिरिएको हो।नेपालले पहिलो सेट १४.२५, दोस्रो सेट २२.२५ र तेस्रो सेट १३.२५ ले गुमाएको थियो। लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए।लिग चरणमा पनि नेपाल किर्गिस्तानसँग ३.० कै सोझो सेटमा पराजित भएको थियो। तर नेपालले तेस्रो स्थानका लागि भने खेल्ने अवसर कायमै राखेको छ।नेपालले आजै माल्दिभ्सको सामना गर्नेछ।...
कोदोको उत्पादन घट्दै जाँदा आयात बढ्यो, पूर्वीनाकाबाट ८५ करोडको आयात

कोदोको उत्पादन घट्दै जाँदा आयात बढ्यो, पूर्वीनाकाबाट ८५ करोडको आयात

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
झापा । पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिए । उनका अनुसार आव २०७९र८० मा रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको सूचना अधिकारी ठाकुरले बताए । पूर्वी पहाडी जिल्लामा यथेष्ट उत्पादन हुने फर्सी विक्री नहुँदा किसान गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । उनले सोही अवधिमा फर्सी मात्र रु २१ करोड १४ लाख ८० हजारको १० हजार पाँच सय ७४ मेट्रिक टन आयात भएको जानकारी दिए ।...
म्याग्दीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’

म्याग्दीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
म्याग्दी । म्याग्दीमा गण्डकी प्रदेश सरकारमार्फत सञ्चालन भएका आयोजनाबाट आठ किलोमिटर बढी सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेका सडक योजनामार्फत करिव आठ किमी सडक कालोपत्र र चार किमी सडक ढलान भएको हो । सडक स्तरोन्नति आयोजनामार्फत सडक ढलान, कालोपत्र र पहुँच विस्तारको काम भएका पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर विष्णुप्रसाद पौडेलले जानकारी दिए। प्रदेश सरकारमार्फत सञ्चालित रणनीतिक महत्वको बेनी–दरबाङ सडकखण्डअन्तर्गत मङ्गला गाउँपालिका–२ सिमबाट तोराखेत–बाबियाचौर–लाम्पाटा–पानाबगर हुँदै रणवाङको सिमानासम्म तीन किमी सडक डिबिएसडी कालोपत्र गरिएको कार्यालय प्रमुख पौडेलले बताए । त्यसैगरी ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’अन्तर्गत गलेश्वर–पिप्ले–भगवती–बेग सडकको पिप्ले–भगवती खण्डमा पाँच किमी डिबीएसडी प्रविधिको कालोपत्र र पाँच स...